होली वाइनदेखि संविधान च्यात्नेहरू समेत एमालेका उम्मेदवार बनेका छन । भोट माग्न सक्दिन – रावल
काठमाण्डाै, नेकपा एमालेका नेता भीम रावलले आउँदो चुनावमा आफूले एमालेका उम्मेदवारलाई जिताउनका लागि कसैलाई पनि आग्रह नगर्ने र मत नमाग्ने घोषणा गर्नु भएको छ ।”
काठमाण्डौमा आज बिहीवार पत्रकार सम्मेलन गरेर उहाँले अहिले धेरै ठाउँमा एमाले पार्टी बनाउन रगत पसिना बगाएका भन्दा पनि हिजोका प्रतिगामी र पार्टीभित्र चाकरी गर्नेहरू उम्मेदवार बनेको भन्दै एमालेका उम्मेदवारका नाममा मत माग्न नसक्ने बताउनु भयो ।
उहाँले देशभक्त तथा देशको सार्व भौमसत्ताको माया गर्ने उम्मेदवारलाई विजयी गराउनमात्रै आफ्नो आग्रह रहने बताउनु भयो । उहाँले आफूले पार्टी नछाड्ने र पार्टीभित्रै बसेर निरन्तर सङ्घर्ष गरिरहने पनि प्रतिबद्धता व्यक्त गर्नु भयो ।
नेपालको कानुन पार्टीका नीति र सिद्धान्त विपरीत उम्मेदवार उठाइएको छ। हिजोको प्रतिगामीले समेत टिकट पाएका छन ।बहोली वाइन देखि संविधान च्यात्नेजलाउनेहरू सम्म एमालेका उम्मेदवार बनेका छन्, उनीहरूका लागि मत माग्न मेरो नैतिकताले दिँदैन । देशभक्त स्वाधीनताको पक्षमा रहेका र मार्क्सवादप्रति समर्पित उम्मेदवारलाई जिताउनुहोस् मात्रै भन्न सक्छु। रावलले भन्नु भयो ।
कार्यक्रममा बोल्दै नेता रावलले पार्टीले षड्यन्त्रपूर्वक आफूलाई उम्मेदवार नबनाएको आरोप लगाउनु भयो । उहाँले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै बहुमतको सरकार हुँदा आधा समय बालकोट र अस्पतालमा समय बिताउनेले टिकट पाउने तर देश र जनताको हितका लागि आवाज उठाउने व्यक्तिलाई टिकट नदिएको प्रति आक्रोश व्यक्त गर्नु भयो । ”