होली वाइनदेखि संविधान च्यात्नेहरू समेत एमालेका उम्मेदवार बनेका छन । भोट माग्न सक्दिन – रावल

२०७९ आश्विन २७ गते, बिहीबार

काठमाण्डाै, नेकपा एमालेका नेता भीम रावलले आउँदो चुनावमा आफूले एमालेका उम्मेदवारलाई जिताउनका लागि कसैलाई पनि आग्रह नगर्ने र मत नमाग्ने घोषणा गर्नु भएको छ ।”

काठमाण्डौमा आज बिहीवार पत्रकार सम्मेलन गरेर उहाँले अहिले धेरै ठाउँमा एमाले पार्टी बनाउन रगत पसिना बगाएका भन्दा पनि हिजोका प्रतिगामी र पार्टीभित्र चाकरी गर्नेहरू उम्मेदवार बनेको भन्दै एमालेका उम्मेदवारका नाममा मत माग्न नसक्ने बताउनु भयो ।

उहाँले देशभक्त तथा देशको सार्व भौमसत्ताको माया गर्ने उम्मेदवारलाई विजयी गराउनमात्रै आफ्नो आग्रह रहने बताउनु भयो । उहाँले आफूले पार्टी नछाड्ने र पार्टीभित्रै बसेर निरन्तर सङ्घर्ष गरिरहने पनि प्रतिबद्धता व्यक्त गर्नु भयो ।

नेपालको कानुन पार्टीका नीति र सिद्धान्त विपरीत उम्मेदवार उठाइएको छ। हिजोको प्रतिगामीले समेत टिकट पाएका छन ।बहोली वाइन देखि संविधान च्यात्नेजलाउनेहरू सम्म एमालेका उम्मेदवार बनेका छन्, उनीहरूका लागि मत माग्न मेरो नैतिकताले दिँदैन  । देशभक्त स्वाधीनताको पक्षमा रहेका र मार्क्सवादप्रति समर्पित उम्मेदवारलाई जिताउनुहोस् मात्रै भन्न सक्छु। रावलले भन्नु भयो ।

कार्यक्रममा बोल्दै नेता रावलले पार्टीले षड्यन्त्रपूर्वक आफूलाई उम्मेदवार नबनाएको आरोप लगाउनु भयो । उहाँले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै बहुमतको सरकार हुँदा आधा समय बालकोट र अस्पतालमा समय बिताउनेले टिकट पाउने तर देश र जनताको हितका लागि आवाज उठाउने व्यक्तिलाई टिकट नदिएको प्रति आक्रोश व्यक्त गर्नु भयो । ”

164 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ

२०८३ जेष्ठ ७ गते, बिहीबार

श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु

२०८३ जेष्ठ ७ गते, बिहीबार

हर्कराज राईले मागे प्रधानमन्त्रीको राजीनामा

२०८३ जेष्ठ ७ गते, बिहीबार

तारकेश्वरको तिनपिप्लेमा चल्यो डोजर

२०८३ जेष्ठ ७ गते, बिहीबार

कमल लामिछाने नेपाल टेलिकमको प्रवक्ता

२०८३ जेष्ठ ७ गते, बिहीबार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal