प्रधानमन्त्री बालेनको लिखित सन्देशः ‘करुणा नै सर्वोच्च शक्ति हो’
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले साँचो नेतृत्व समाजका सबैभन्दा विनम्र तथा कमजोर वर्गको निःस्वार्थ सेवामा निहित रहेको बताएका छन्। भारत भ्रमणमा रहेका शाहले सोमबार नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरेपछि आगन्तुक पुस्तिकामा उक्त धारणा व्यक्त गरेका हुन्।
भगवान् बुद्धको जन्मभूमि नेपालबाट आएको उल्लेख गर्दै उनले गान्धीको विरासतमा त्यही अमर प्रकाश देखेको र करुणा नै सर्वोच्च शक्ति भएको बताएका छन्। आगन्तुक पुस्तिकामा लेखिएको सन्देशमा प्रधानमन्त्री शाहले गान्धीको जीवनले सत्यको शक्ति अन्य कुनै पनि बलभन्दा अतुलनीय रहेको विश्वलाई प्रमाणित गरेको उल्लेख गरेका छन्।
नेपाली जनता र नेपाल सरकारका तर्फबाट गहिरो श्रद्धाञ्जलि अर्पण गर्दै उनले नेपाल र भारत साझा भूगोलले मात्र नभई विश्वास, आत्मीयता र दिगो मैत्रीको शाश्वत सम्पदाबाट जोडिएको बताएका छन्। गान्धीको कालजयी भावनाको सम्मान गर्दै प्रधानमन्त्री शाहले गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ दुई देशबीचको दिगो सम्बन्धलाई अझ प्रगाढ बनाउने नेपालको दृढ प्रतिबद्धता पुनः दोहोर्याएका छन्। उनले गान्धीका आदर्शहरूले शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्वतर्फको साझा यात्रालाई निरन्तर मार्गदर्शन गरिरहने विश्वास पनि व्यक्त गरेका छन्।
ताजा
भारतद्वारा २४ हजार करोडको सहयोग प्याकेज घोषणा
२०८३ मंसिर ७ गते, सोमबार
भारतद्वारा २४ हजार करोडको सहयोग प्याकेज घोषणा
२०८३ मंसिर ७ गते, सोमबार
प्रधानमन्त्री बालेन र मोदीद्वारा जनकपुरधाम–अयोध्या रेल सेवाको संयुक्त रुपमा उद्घाटन
२०८३ मंसिर ७ गते, सोमबार
प्रधानमन्त्री बालेनको लिखित सन्देशः ‘करुणा नै सर्वोच्च शक्ति हो’
२०८३ मंसिर ७ गते, सोमबार
सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहः डा. केसी
२०८३ मंसिर ७ गते, सोमबार
प्रधानमन्त्री बालेनद्वारा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण
२०८३ मंसिर ७ गते, सोमबार
प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता
२०८३ मंसिर ७ गते, सोमबार
सहकर्मीलाई अपमानजनक गालीगलौज गरेको आरोपमा प्रहरी हवल्दार महतो निलम्बित
२०८३ मंसिर ७ गते, सोमबार
सुनील थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा
२०८३ मंसिर ७ गते, सोमबार
नेपाल सनातन धर्म संस्कृति संगठनमा खराल र सुवेदी
२०८३ मंसिर ७ गते, सोमबार
देवघाटधामको प्रचारप्रसार गर्ने उद्देश्यका गण्डकी परिक्रमा महोत्सव आजदेखि
२०८३ मंसिर ७ गते, सोमबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





