प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता
नयाँ दिल्ली । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा उनीहरूबीच भेटवार्ता सुरु भएको हो ।
भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे सहभागी छन् । भारतीय पक्षबाट विदेशमन्त्री डा एस जयशङ्करसहित उच्च सरकारी अधिकारी सहभागी छन् ।
त्यसअघि हैदराबाद हाउसमा प्रधानमन्त्री शाहलाई उनका भारतीय समकक्षी मोदीले स्वागत गरेका थिए। यसलगतै नेपाल र भारतबीचको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्नुभएको दिवाभोजमा सहभागी हुनेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यसअघि आजै राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको सम्मानमा भारतीय सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
ताजा
प्रधानमन्त्री बालेनद्वारा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण
२०८३ मंसिर ७ गते, सोमबार
प्रधानमन्त्री बालेनद्वारा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण
२०८३ मंसिर ७ गते, सोमबार
प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता
२०८३ मंसिर ७ गते, सोमबार
सहकर्मीलाई अपमानजनक गालीगलौज गरेको आरोपमा प्रहरी हवल्दार महतो निलम्बित
२०८३ मंसिर ७ गते, सोमबार
सुनील थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा
२०८३ मंसिर ७ गते, सोमबार
नेपाल सनातन धर्म संस्कृति संगठनमा खराल र सुवेदी
२०८३ मंसिर ७ गते, सोमबार
देवघाटधामको प्रचारप्रसार गर्ने उद्देश्यका गण्डकी परिक्रमा महोत्सव आजदेखि
२०८३ मंसिर ७ गते, सोमबार
यस्तो छ प्रधानमन्त्रीको सोमबारको कार्यतालिका
२०८३ मंसिर ७ गते, सोमबार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





