राष्ट्रसङ्घमा पाकिस्तानले कश्मीर मु द्दा उठाए पछि भारत द्वारा आलाेचना

२०७९ आश्विन २७ गते, बिहीबार

संयुक्तराष्ट्र सङ्घको महासभामा रुसमाथिको बहसका क्रममा पाकिस्तानले कश्मीर मुद्दा उठाएपछि भारतले त्यसको आलोचना गरेको छ । भारतले पाकिस्तानको टिप्पणीलाई निरर्थक भन्दै त्यसको क डा शब्दमा आपत्ति जनाएको छ । 

रुसयुक्रेन युद्धलाई लिएर बुधवारको महासभा बैठकमा मस्को विरुद्ध प्रस्तुत प्रस्तावमाथिको छलफलमा भाग लिँदै पाकिस्तानी कुटनीतिज्ञ मुनिर अक्रमले कश्मीरको मुद्दा उठाएपछि भारतले त्यसको प्रतिवाद गरेको हो ।  मतदानअघि मन्तव्य व्यक्त गर्दै पाकिस्तानका कुटनीतिज्ञले रुसले युक्रेनी भू–भाग कब्जा गरेझैँ भारतले पनि पाकिस्तानी भूमि कश्मीर कब्जा गरेको आरोप अप्रत्यक्षरूपमा लगाएपछि संयुक्त राष्ट्र सङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले भारत विरुद्ध तुच्छ एवम् व्यर्थ टिप्पणी गरिएको बताउनु भयो ।  

जम्मु र कश्मीरको सम्पूर्ण क्षेत्र भारतको अभिन्न अङ्ग हो र त्यो सधैँ भारतमा नै रहने बताउँदै उहाँले पाकिस्तानलाई सीमापार आतङ्कवाद रोक्न आह्वान गर्नु भयो ।  

संयुक्त राष्ट्र सङ्घले चार युक्रेनी क्षेत्रलाई रुसले गाभेको निन्दा गर्न प्रस्तुत गरेको प्रस्ताव माथिको मतदानका बेला अनु पस्थित रहेको भारतले राष्ट्र सङ्घका सिद्धान्तको पालना हुनु पर्नेमा जोड दिएको छ ।

बुधवार भएको मतदानमा एक सय ४३ देशले प्रस्तावको पक्षमा आफ्नो मत दिएका थिए । भारतसहित ३५, देश भने मतदानका बेला अनु पस्थित रहेका थिए । प्रस्तावको विपक्षमा ५, देशले मतदान गरेका थिए । यद्यपि भारतले युक्रेनमा नागरिक पूर्वाधारलाई निसाना बनाएर सर्व साधारणको ज्यान जाने गरी द्वन्द्व बढेकामा गहिरो चिन्ता व्यक्त गरेको छ । 

युक्रेनयुद्ध तत्काल अन्त्य हुनुपर्ने तथा त्यस निम्ति वार्ता र कुटनीतिको बाटोमा सम्बद्ध पक्ष अग्रसर हुनुपर्नेमा पनि भारतले जोड दिएको छ । ‘तत्काल युद्धविराम र द्वन्द्वको समाधान गर्न शान्ति वार्ताको शीघ्र पुन सुरुवातका लागि इमानदार प्रयास हुनु पर्छ ।तनाव कम गर्ने उद्देश्यले हुने सबै प्रयासलाई भारत समर्थन गर्न तयार छ । भारतीय स्थायी प्रतिनिधिले भन्नु भयो । 

121 Views

ताजा

Pakistan Embassy Kathmandu Alumni Event

२०८२ कार्तिक २९ गते, शनिबार

Pakistan Embassy Kathmandu Alumni Event

२०८२ कार्तिक २९ गते, शनिबार

रास्वपाका सन्तोष परियारले छाडे पार्टी

२०८२ कार्तिक २८ गते, शुक्रबार

रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश

२०८२ कार्तिक २७ गते, बिहीबार

डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक

२०८२ कार्तिक २७ गते, बिहीबार

कांग्रेस नेता पौडेल भन्छन्, नाम दर्ता गराउने वातवरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ

२०८२ कार्तिक २७ गते, बिहीबार

शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल

२०८२ कार्तिक २७ गते, बिहीबार

चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक

२०८२ कार्तिक २७ गते, बिहीबार

जनअपेक्षा पूरा गर्ने आईजीपी कार्कीको प्रतिबद्धता

२०८२ कार्तिक २७ गते, बिहीबार

निर्वाचन अघि कुनै हालतमा अधिवेशन हुन सक्दैनः राठौर

२०८२ कार्तिक २७ गते, बिहीबार

केपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँः बस्नेत

२०८२ कार्तिक २७ गते, बिहीबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal