रचनाको जीवनशैली : आफैँ खाना पकाउँछु, मेकअप गरेर हिँड्दिनँ

२०७९ आश्विन २७ गते, बिहीबार

रचना रिमाल पछिल्लो पुस्ताकी लोकप्रिय गायिका हुन् । ‘नेपाल आइडल सिजन–३’ मा सहभागी भएपछि चर्चामा आएकी रचनाले दुई वर्षको अवधि नपुग्दै झण्डै ९ सय गीतमा स्वर दिइसकेकी छन् ।

उनले स्वर भरेका फोटो फिरिममा’ उनको प्रीति’, ‘मिनिरल वाटर आयौं चेली भन साइँला’ जस्ता दर्जनौं गीत लोकप्रिय छन् । एकैदिन ५ वटासम्म गीत रेकर्डिङ गर्ने यी गायिकाको दैनिकी कसरी बित्छ ? उनको जीवनशैली कस्तो छ ? अनलाइनखबरले कुराकानी गरेको छ ।

बिहान कतिबजे उठ्नुहुन्छ ?
अहिले ६ देखि ७ बजेभित्र उठछु । प्रायः उठ्ने समय त्यही हो ।

उठेपछि शारीरिक व्यायाम, ध्यान केही गर्नुहुन्छ ?
उठेपछि फ्रेस हुन्छु । फ्रेस भएपछि तातोपानी पिउँछु । त्यसपछि झण्डै एक घण्टा रियाज गर्छु । शारीरिक व्यायाम, ध्यान चाहिँ गर्ने गरेकी छैन ।

बिहानको खाना कतिबजे खानुहुन्छ ? कसले बनाउनुहुन्छ ?
९ बजेदेखि १० बजेभित्र खान्छु । बिहानमा प्रायः म आफैँ बनाउँछुु । मलाई एक्लै भएपनि खाना पकाउन जाँगर चल्छ ।

खाना मीठो बनाउनुहुन्छ ? खानामा के–के हुन्छ ?
आफूले पकाएको मीठो लाग्छ । मीठो नै पकाउँछु जस्तो लाग्छ । खानामा त भात, दाल, तरकारी हो । अचार सधैं हुन्छ । मासु भने म एकदमै कम खान्छु ।

घरबाहिर निस्कने समय कतिबजे हो ?
११ बजेतिर निस्कन्छु । मेरो प्रायः रेकर्डिङहरू नै ११ बजेबाट सुरु हुन्छ । कहिलेकाँही बिहान रेकर्डिङ गर्नुपर्ने भयो भने चाँडै पनि निस्कन्छु ।

घरबाट बाहिर निस्कनुअघि तयार हुन वा मेकअपमा कति समय लाग्छ ?
म प्रायः मेकअप गरेर हिँड्दिनँ । रेकर्डिङदेखि अन्यत्र कतै जाँदा मेकअप गर्ने गरेकी छैन ।

मेकअप गरेर हिँड्ने बानी छैन । मेकअप गर्दा कस्तो अप्ठ्यारो लागेजस्तो हुन्छ । भिडियोमा लिप्सिन छ भने सुटिङस्थलमै गएर अरूले मेकअप गरिदिनुहुन्छ ।

स्टेज कार्यक्रम छ भने सामान्य मेकअप गर्छु । नत्र, मेकअपमा रूचि लाग्दैन । म झापा (घर)सम्म जाँदा नि मेकअपबिना गइरहेकी हुन्छु ।

कस्तो कपडा सहज लाग्छ ?
म पाइन्ट र टिसर्ट बढी लगाउँछु । त्यो सहज लाग्छ । कुर्ता–सुरुवाल पनि लगाउँछु । वान पिस पनि मनपर्छ ।

कपडामा चाहिँ कत्तिको सौखिन हुनुहुन्छ ?
कतै देख्दा मनप¥यो भने गएर किनिहाल्छु । आफूलाई मन परेको लुगा किनिहाल्ने बानी छ । सपिङ नै गर्छु भनेर चाहिँ खासै जाँदिनँ ।

कति खर्च गर्नुहुन्छ कपडामा ?
मेरो धेरै खर्च कपडामै हुन्छ । ठ्याक्कै यति भन्ने त हुँदैन ।

दिनभर कसरी बित्छ ?
काठमाडौंमा हुँदा प्रायः रेकर्डिङमै दिन बितिरहेको हुन्छ । कहिले लिप्सिन पर्छ । कहिलेकाहीँ गीत सार्वजनिकको प्रेसमिट हुन्छ । त्यसरी नै बितिरहेको हुन्छ ।

रेकर्डिङ पनि छैन, कार्यक्रम पनि छैन भने कसरी दिन बिताउनुहुन्छ ?
प्रायः गीतसंगीतको काममै व्यस्त भइरहेकी हुन्छु । जहिले हिँडिराख्ने बानी भएर होला कहिलेकाँही खाली भए भने मलाई दिन काट्न एकदमै गाह्रो हुन्छ । खाली भए भने चाहिँ दिनभर सुतेर बिताउँछु ।

चलचित्रहरु म कमै हेर्छु । बेलाबेला नयाँ गीतहरू हेरिरहेकी हुन्छु । खाली समयमा फेसबुक चलाउने, टिकटक बनाउने, टिकटकमा लाइभ पनि बस्ने गरेकी छु ।

तर, टिकटक लाइभ प्रायः साँझ ८ बजेतिर बस्ने गरेकी हुन्छु । काठमाडौंमा हुदा घुम्न जान भने खासै मन लाग्दैन । दिउँसोमा खाली भएँ भने प्रायः चाहिँ सुतेरै बित्छ ।

184 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

पाख्रीबास नगरपालिकाद्वारा ‘अलौकिक उपचार’ शिविर आयोजना, जनस्वास्थ्य र कानुनी प्रक्रियामाथि प्रश्न

२०८३ असार २६ गते, शुक्रबार

शरीरमा आगो लगाएका गणेश नेपालीलाई तत्काल भारत नलगिने

२०८३ असार २६ गते, शुक्रबार

मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

२०८३ असार २६ गते, शुक्रबार

तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

Miss Mhendomaya Beauty Queen 2026 भव्य सम्पन्न, उपाधि सविता तामाङले उचालिन्

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal