रचनाको जीवनशैली : आफैँ खाना पकाउँछु, मेकअप गरेर हिँड्दिनँ
रचना रिमाल पछिल्लो पुस्ताकी लोकप्रिय गायिका हुन् । ‘नेपाल आइडल सिजन–३’ मा सहभागी भएपछि चर्चामा आएकी रचनाले दुई वर्षको अवधि नपुग्दै झण्डै ९ सय गीतमा स्वर दिइसकेकी छन् ।
उनले स्वर भरेका फोटो फिरिममा’ उनको प्रीति’, ‘मिनिरल वाटर आयौं चेली भन साइँला’ जस्ता दर्जनौं गीत लोकप्रिय छन् । एकैदिन ५ वटासम्म गीत रेकर्डिङ गर्ने यी गायिकाको दैनिकी कसरी बित्छ ? उनको जीवनशैली कस्तो छ ? अनलाइनखबरले कुराकानी गरेको छ ।
बिहान कतिबजे उठ्नुहुन्छ ?
अहिले ६ देखि ७ बजेभित्र उठछु । प्रायः उठ्ने समय त्यही हो ।
उठेपछि शारीरिक व्यायाम, ध्यान केही गर्नुहुन्छ ?
उठेपछि फ्रेस हुन्छु । फ्रेस भएपछि तातोपानी पिउँछु । त्यसपछि झण्डै एक घण्टा रियाज गर्छु । शारीरिक व्यायाम, ध्यान चाहिँ गर्ने गरेकी छैन ।
बिहानको खाना कतिबजे खानुहुन्छ ? कसले बनाउनुहुन्छ ?
९ बजेदेखि १० बजेभित्र खान्छु । बिहानमा प्रायः म आफैँ बनाउँछुु । मलाई एक्लै भएपनि खाना पकाउन जाँगर चल्छ ।
खाना मीठो बनाउनुहुन्छ ? खानामा के–के हुन्छ ?
आफूले पकाएको मीठो लाग्छ । मीठो नै पकाउँछु जस्तो लाग्छ । खानामा त भात, दाल, तरकारी हो । अचार सधैं हुन्छ । मासु भने म एकदमै कम खान्छु ।
घरबाहिर निस्कने समय कतिबजे हो ?
११ बजेतिर निस्कन्छु । मेरो प्रायः रेकर्डिङहरू नै ११ बजेबाट सुरु हुन्छ । कहिलेकाँही बिहान रेकर्डिङ गर्नुपर्ने भयो भने चाँडै पनि निस्कन्छु ।
घरबाट बाहिर निस्कनुअघि तयार हुन वा मेकअपमा कति समय लाग्छ ?
म प्रायः मेकअप गरेर हिँड्दिनँ । रेकर्डिङदेखि अन्यत्र कतै जाँदा मेकअप गर्ने गरेकी छैन ।
मेकअप गरेर हिँड्ने बानी छैन । मेकअप गर्दा कस्तो अप्ठ्यारो लागेजस्तो हुन्छ । भिडियोमा लिप्सिन छ भने सुटिङस्थलमै गएर अरूले मेकअप गरिदिनुहुन्छ ।
स्टेज कार्यक्रम छ भने सामान्य मेकअप गर्छु । नत्र, मेकअपमा रूचि लाग्दैन । म झापा (घर)सम्म जाँदा नि मेकअपबिना गइरहेकी हुन्छु ।
कस्तो कपडा सहज लाग्छ ?
म पाइन्ट र टिसर्ट बढी लगाउँछु । त्यो सहज लाग्छ । कुर्ता–सुरुवाल पनि लगाउँछु । वान पिस पनि मनपर्छ ।
कपडामा चाहिँ कत्तिको सौखिन हुनुहुन्छ ?
कतै देख्दा मनप¥यो भने गएर किनिहाल्छु । आफूलाई मन परेको लुगा किनिहाल्ने बानी छ । सपिङ नै गर्छु भनेर चाहिँ खासै जाँदिनँ ।
कति खर्च गर्नुहुन्छ कपडामा ?
मेरो धेरै खर्च कपडामै हुन्छ । ठ्याक्कै यति भन्ने त हुँदैन ।
दिनभर कसरी बित्छ ?
काठमाडौंमा हुँदा प्रायः रेकर्डिङमै दिन बितिरहेको हुन्छ । कहिले लिप्सिन पर्छ । कहिलेकाहीँ गीत सार्वजनिकको प्रेसमिट हुन्छ । त्यसरी नै बितिरहेको हुन्छ ।
रेकर्डिङ पनि छैन, कार्यक्रम पनि छैन भने कसरी दिन बिताउनुहुन्छ ?
प्रायः गीतसंगीतको काममै व्यस्त भइरहेकी हुन्छु । जहिले हिँडिराख्ने बानी भएर होला कहिलेकाँही खाली भए भने मलाई दिन काट्न एकदमै गाह्रो हुन्छ । खाली भए भने चाहिँ दिनभर सुतेर बिताउँछु ।
चलचित्रहरु म कमै हेर्छु । बेलाबेला नयाँ गीतहरू हेरिरहेकी हुन्छु । खाली समयमा फेसबुक चलाउने, टिकटक बनाउने, टिकटकमा लाइभ पनि बस्ने गरेकी छु ।
तर, टिकटक लाइभ प्रायः साँझ ८ बजेतिर बस्ने गरेकी हुन्छु । काठमाडौंमा हुदा घुम्न जान भने खासै मन लाग्दैन । दिउँसोमा खाली भएँ भने प्रायः चाहिँ सुतेरै बित्छ ।
ताजा
रास्वपाका सन्तोष परियारले छाडे पार्टी
२०८२ कार्तिक २८ गते, शुक्रबार
रास्वपाका सन्तोष परियारले छाडे पार्टी
२०८२ कार्तिक २८ गते, शुक्रबार
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
२०८२ कार्तिक २७ गते, बिहीबार
डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
कांग्रेस नेता पौडेल भन्छन्, नाम दर्ता गराउने वातवरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ
२०८२ कार्तिक २७ गते, बिहीबार
शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल
२०८२ कार्तिक २७ गते, बिहीबार
चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
जनअपेक्षा पूरा गर्ने आईजीपी कार्कीको प्रतिबद्धता
२०८२ कार्तिक २७ गते, बिहीबार
निर्वाचन अघि कुनै हालतमा अधिवेशन हुन सक्दैनः राठौर
२०८२ कार्तिक २७ गते, बिहीबारकेपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँः बस्नेत
२०८२ कार्तिक २७ गते, बिहीबार
उच्च अदालतमा रवि र छविको मुद्दामा बहस सुरु
२०८२ कार्तिक २७ गते, बिहीबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





