सधैं ज,लाउँछु मा,र्छु भन्थ्यो, ज,लाएरै छाड्यो’ (पा,पि श्रिमान)
कीर्तिपुर अस्पतालको बर्नवार्ड बेड नम्बर ४०७ लमतन्न छिन्। महोत्तरी भंगाहाकी प्रमिला देवी सदा (३५) उनको शरीरभरि सेतो पट्टी बाँधिएको छ ।
पी,डा बढ्दा छ,टपटिन खोज्छिन् । ७० प्रतिशत जलेको शरीर, छ,टपटिन पनि कहाँ मिल्छ र ? पी,डा व्यक्त गर्ने एक मात्रै माध्यम छ उनीसँग, लामो-लामो सुस्केरा र ऐया ! ऐया !! आवाजसँगै बगिरहने आँ,सु ।
शरीर मात्रै जलेको छैन, उनको मनसमेत जलेको छ । तन र मन दुवै ज,लाएर बे,पत्ता छन् उनले सर्बस्व सुम्पिएका श्रीमान् शंकर सदा ।
शंकरले श्रीमती प्रमिलालाई मात्रै होइन, सासू रेशमा (६५)लाई पनि आ,गोले ज,लाएका छन् । आमा-छोरी दुवै कीर्तिपुर अस्पतालको बर्न वार्डमा उपचाररत छन् ।
‘सधैं मार्छु-जलाउँँछु त भन्थ्यो, पापीले आखिर ज,लाएरै छोड्यो, म,र्नु न बाँच्नु बनाएर गयो, प्रमिलाकी आमा रेशमाले भनिन् ।
छोरी प्रमिलाको तुलनामा आमा रेशमाको शरीर कम जलेको छ । उनी यताउता हिँडडुल गर्न र कुराकानी गर्न सक्छिन् । उनीहरूको उपचारमा संलग्न चिकित्सक डा. विनोद लामाका अनुुसार प्रमिलाको ७० प्रतिशत र उनकी आमा रेशमाको १० प्रतिशत शरीर ज,लेको छ ।
शनिबारको त्यो त्रासदीपूर्ण रात – शंकर पछिल्लो एक वर्षदेखि श्रीमती प्रमिलासँगै ससुरालीमा बस्दै आएका थिए । घरायसी वि,वादका कारण उनीहरूबीच बेला-बेला झ,गडा परिरहन्थ्यो ।
रेशमाका अनुसार जाँ,डरक्सी खाएर मा,तेपछि शंकरले प्रमिलालाई ‘तँलाई मा,र्छु, आ,गो ल,गाइदिन्छु’ भन्थे । तर उनले नशाको तालमा भनेका होलान्, त्यस्तो नीच हर्कत गर्दैनन् होला भन्ने लाग्थ्यो रेशमालाई तर शनिबार नहुनुपर्ने भइदियो ।
सदाझैं बेलुकाको खाना खाएर सुतिरहेका थिए प्रमिला र उनकी आमा रेशमा । सानो कच्ची घरको एउटै कोठाभित्र खाटमा प्रमिला र भुईंमा रेशमा सुतेका थिए ।
शंकर सो दिन पनि र,क्सीले मा,तेका थिए । राति करिब ११ बजेतिर उनले श्रीमती प्रमिलाको शरीरमा मट्टीतेल खन्याएर आ,गो लगाइदिए र कोठाको ढोका बाहिरबाट बन्द गरेर फ,रार भए ।
आ,गोको लप्कामा परेपछि प्रमिला चिच्याउन थालिन् । आमा ब्युँझिइन् । छोरीको शरीरमा आ,गो दन्किएको देखिन् । कोठाभित्र भएका लत्ताकपडा प्रयोग गरेर आ,गो निभाउने कोसिस गरिन् ।
पानी लिन बाहिर निस्किन खोजिन् तर कोठा बाहिरबाट बन्द थियो । छोरीलाई जोगाउने कोसिस गर्दागर्दै उनी आफैं पनि ज,लिन् ।
बन्द कोठाभित्र दन्किएको आ,गोको अगाडि उनको केही सिप लागेन । त्यो झुपडीभित्रको को,लाहल र चि,च्याहट छिमेकीले थाहा पाए र ढोका खोलेर आमा-छोरीको उद्धार गरे ।
प्रमिलाकी आमा रेशमा ‘दिनभर काम गरेर थाकेकी थिएँ शरीरमा मट्टीतेल परेको थाहा नै पाइनँ, बाहिर जाउँ भने ढोका बन्द थियो आ,गो निभाउँ भने न कपडा सद्दे थिए, न पानी, रेशमाले शनिबार मध्यरातको त्यो त्रासदी सम्झिइन् छिमेकीहरूले उद्धार गर्दा प्रमिला बे,होस् थिइन् ।
उनको शरीरको अधिकांश भाग जलेको थियो भने रेशमाको पिठ्युँ र दाहिने हात जलेको थियो ।
प्रमिलालाई आफन्तहरूले जनकपुर प्रादेशिक अस्पताल पुर्याए । त्यहाँका डाक्टरले काठमाडौं लैजान सुझाए । तर, घरको आर्थिक अवस्था नाजुक भएकाले आफ्नै खर्चमा उपचार गराउन सक्ने अवस्था थिएन ।
त्यसैले बर्न भ्वाइलेन्स सर्भाइबर्स (बीभीएस) संस्थाको सहयोगमा उनीहरुलाई उपचार गर्न काठमाडौंको कीर्तिपुर अस्पताल ल्याइयो । आईसीयूमा राखेर प्रमिलाको उपचार थालियो ।
डा. लामाका अनुसार प्रमिलाको स्वास्थ्य अवस्था गम्भीर छ । उनको स्वास्थ्यबारे अहिल्यै केही भन्न सकिने अवस्था छैन । तर उनकी आमा रेशमाको जलेको घाउमा मल्हमपट्टी लगाए पनि उनलाई भने वार्डमा भर्ना गरिएको छैन ।
तर जलेको घाउमा इन्फेक्सन बढेमा कुनै पनि बेला भर्ना गर्नुपर्ने अवस्था आउनसक्ने डा. लामा बताउँछन् ।
प्रमिला घरेलु हिं,सामा परेको यो पहिलो घ,टना होइन । श्रीमानले कु,टपिट गरेको भन्दै यसअघि प्रमिला र उनका माइती पक्षका अभिभावक प्रहरीकोमा पुगेका थिए । तर सुरुमा प्रहरीले उनीहरु बीचको वि,वाद साम्य पारेको थियो ।
महोत्तरी प्रहरी प्रमुख एसपी कृष्णप्रसाद पंगेनीले शंकरको ज्यादतीको रिपोर्ट पहिले पनि आफूहरुकहाँ आएको र अहिलेको घ,टना घरायसी वि,वादकै कारण भएको बताए । ‘प्रारम्भिक अनुसन्धानमा श्रीमानले श्रीमतीलाई शंकाको दृष्टिले हेर्दा पछिल्लो घ,टना भएको देखिन्छ’ उनले भने ।
प्रहरी भने घ,टना भएकै दिन शंकर भागेर भारत पुगेको जानकारीमा आएको र उनलाई खोजिरहेको बताउँछ ।
घ,टनाबारे तीन घण्टा ढिलो जानकारी हुँदा उसले भाग्ने मौका पायो । तर हामी उसलाई ट्रयाक गरेर खोजिरहेका छौं, महोत्तरीका प्रहरी प्रमुख पंगेनीले भने ।
ताजा
नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक
२०८२ फाल्गुन २९ गते, शुक्रबार
नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक
२०८२ फाल्गुन २९ गते, शुक्रबार
अनावश्यक ‘रोइलो’ नगर्न हर्क साम्पाङको कडा चेतावनी
२०८२ फाल्गुन २९ गते, शुक्रबार
तीन हप्तासम्म राहदानी वितरण अवरुद्ध हुने
२०८२ फाल्गुन २९ गते, शुक्रबार
आजदेखि आधा सिलिन्डर ग्यास मात्र पाइने
२०८२ फाल्गुन २९ गते, शुक्रबार
इनिसाको न्याय मात्र होइन, बलात्कार हुनै नदिने संस्कारको निर्माण
२०८२ फाल्गुन २९ गते, शुक्रबार
रुपन्देहीको चिलियामा बारासिङ्गे बियर गार्डेनः पश्चिम नेपालका बियर पारखीहरूको नयाँ गन्तव्य
२०८२ फाल्गुन २९ गते, शुक्रबार
दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू
२०८२ फाल्गुन २७ गते, बुधबार
दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते
२०८२ फाल्गुन २७ गते, बुधबार
विश्व कीर्तिमानी डा. डीआर उपाध्यायको ‘धागोले बाटेको’ टिकटकमा भाइरल
२०८२ फाल्गुन २७ गते, बुधबार
भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा
२०८२ फाल्गुन २६ गते, मंगलवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





