काँग्रेसका समानुपातिक सांसद ‘रेड जोन’मा
काठमाडौं । नेपाली काँग्रेसको निर्णय अनुसार हाल समानुपातिक तर्फबाट सांसद बनेका र सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको आशीर्वादले गृहमन्त्री खाइरहेका बालकृष्ण खाँण, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी महिला मन्त्रीलाई आगामी निर्वाचनमा समानुपातिकमै अवसर नदिने निर्णय कांग्रेसको केन्द्रीय समितिले गरेको छ ।
नीतिगत रुपमा समानुपातिक सांसदलाई फेरि नदोहो¥याउने निर्णयले काँग्रेसका धेरै नेता कि त चुनाव लड्नुपर्ने कि ‘रिङ आउट’ हुने अवस्थामा पुगेका छन् । काँग्रेसबाट अव खाँण, बडु, किशोरसिंह राठोर, सत्यनारायण खनाल, मोहन पाण्डे, सुजाता कोइराला, पुष्पा भुसाल, डा. डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा समानुपातिकमा रहन पाउने छैनन् । त्यसैगरी बहादुर सिंह लामा, जिपछिरिङ्ग लामा, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, ज्ञानकुमारी छन्त्याल, दिव्यमणि राज भण्डारी, प्रमिला राई, महेन्द्रकुमारी लिम्बु, हिरा गुरुङ, मीना सुब्बा पनि समानुपातिक सांसद बनेर संसद छिर्न पाउने छैनन् ।
यसैगरी अर्बपति सांसद विनोद चौधरी अब प्रत्यक्ष चुनाव नवलपुरबाट लड्ने तयारी गरेका छन् भने स्मृतिनारायण चौधरी, नागेन्द्रकुमार राय, सीतादेवी यादव, चित्रलेखा यादव, मीनाक्षी झा, मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा, प्रकाश रसाइली, सुजाता परियार, लक्ष्मी परियार, विमला नेपाली, प्रभुनारायण चौधरी, पार्वती डिसी चौधरी, नमिताकुमारी चौधरी, अतहर कमाल मुसलमान र पर्वतआरा खानम पनि समानुपातिकमा बस्न नपाउने सूचीमा परेका छन् ।
२०७४ सालको निर्वाचनमा काँग्रेसले ४० सिट हात पारेको थियो । उल्लेखित समानुपातिकहरु सांसदहरुमध्ये बालकृष्ण खाँण रुपन्देही, दिलेन्द्रप्रसाद बडु दार्चुला, सुजाता कोइराला मोरङ, मोहन पाण्डे स्याङ्जा, विनोद चौधरी नवलपुर, उमेश श्रेष्ठ चितवनबाट प्रत्यक्ष चुनाव लड्ने बताइएको छ । बाँकी अरु सबै ‘पार्टीलाई सहयोग गरेको, समानुपातिकमा परेको’ भनेजस्तै सांसद हुन् । यी सांसदहरुको कार्यकाल भत्ता खाने, तलब बुझ्ने बाहेक दलको संगठनमा कुनै भूमिका नरहेको काँग्रेस वृत्तमा चर्चा चलेको छ ।
२०७४ मा समानुपातिकमा परेका काँग्रेसका अधिकाँश महिलाहरुले सांसदको लोगो लगाएर हिँड्ने बाहेक सिन्को नभाँचेको जानकारहरुले बताएका छन् ।
ताजा
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवार
परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै
२०८३ जेष्ठ ३१ गते, आईतवार
न्याय जनताको घरदैलोमा न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता
२०८३ जेष्ठ ३१ गते, आईतवार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





