निधि पहाडी जिल्ला जान खोज्नु अर्थपूर्ण
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सत्ता गठबन्धनमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रयासले हालसम्म मूर्त रुप लिन सकेको छैन । लोसपालाई गठबन्धनमा भित्र्याउन नेपाली काँग्रेस बाहेकका दलहरु बाधक बनेको जानकारहरुले बताएका छन् । बरु आत्मालोचना गरेर आ–आफ्नो गल्ती स्वीकारे जसपा र लोसपाको फेरि एकीकरण हुने चर्चा चलेको भए पनि यी दुबै दलका नेता तथा कार्यकर्ताहरु सि.के. राउत नेतृत्वको जनमत पार्टीतिर धमाधम प्रवेश गर्ने लहर चलेको छ ।
लोसपालाई सत्ता गठबन्धनमा समावेश नगरिए धनुषा–३ बाट काँग्रेस नेता एवं पूर्वउपसभापति विमलेन्द्र निधिलाई आगामी मंसिर ४ गते हुने निर्वाचन लड्न सहज हुने नत्र गठबन्धन भएमा लोसपा नेता राजेन्द्र महतोसँग चुनाव लड्न समस्या पर्ने देखिएको छ । गठबन्धन भएमा धनुषा–३ निधिले महतोलाई छाड्नुपर्ने निश्चित छ ।
काँग्रेसको १४औं महाधिवेशन अगाडि नङ र मासुको जस्तो रहेको देउवा–निधि सम्बन्ध अहिले नदीको दुई किनार जस्तै बनेको छ । मधेश प्रदेशमा लोसपासँग तालमेल गरेर काँग्रेसको सिट बढे देउवाले निधिलाई धनुषा–३ बाट जिताउन आवश्यक देखेका छैनन् । तसर्थ निधिले यी सबै कुराको अध्ययन गरेर नै आफू धनुषा–३ आफ्नो निर्वाचन क्षेत्र छाड्ने निर्णयमा पुगेको राजनीतिक वृत्तमा चर्चा चलेको छ ।
कुनै बेला मधेशका पिलर भनिने निधि १४औं महाधिवेशन पछि टेकोमा परिणत भएका छन् । काँग्रेसका संस्थापक नेता समेत रहेका पिता महेन्द्रनारायण निधिले २०४८ मा निर्वाचन जितेपछि २०५१ को मध्यावधि र त्यसपछि निर्वाचन क्षेत्र हेरफेर भएपछि २०६४ र २०७० को निर्वाचनमा विमलेन्द्र निधिले धनुषा–३ बाट चुनाव जितेर भौतिक योजना र गृहजस्तो मालदार मन्त्रालयको मन्त्री बनेका थिए ।
२०७४ को निर्वाचनमा निधिले लोसपाका नेता राजेन्द्र महतोसँग तीन हजार बढी मतले चुनाव हारे । चुनावी राजनीतिमा सधैं मधेश र धनुषालाई कर्मथलो बनाएर मधेशी जनताको सेवामा लग्दै आएका निधि २०७४ को चुनाव र १४औं महाधिवेशनमा प्राप्त मतले विक्षिप्त भै समानुपातिक वा पहाडी जिल्लाबाट चुनाव लड्ने निर्णयमा पुगेको जानकारहरुले बताएका छन् । नेता निधिले काठमाडौं, मुगु, रोल्पा, पाँचथर, ताप्लेजुङ र सिन्धुलीबाट चुनाव लड्ने चासो देखाएका छन् । त्यसमा पनि सिन्धुली उनको रोजाईमा परेको छ ।
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





