काँग्रेसका समानुपातिक सांसद ‘रेड जोन’मा

२०७९ भाद्र १७ गते, शुक्रबार

काठमाडौं । नेपाली काँग्रेसको निर्णय अनुसार हाल समानुपातिक तर्फबाट सांसद बनेका र सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको आशीर्वादले गृहमन्त्री खाइरहेका बालकृष्ण खाँण, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी महिला मन्त्रीलाई आगामी निर्वाचनमा समानुपातिकमै अवसर नदिने निर्णय कांग्रेसको केन्द्रीय समितिले गरेको छ ।


नीतिगत रुपमा समानुपातिक सांसदलाई फेरि नदोहो¥याउने निर्णयले काँग्रेसका धेरै नेता कि त चुनाव लड्नुपर्ने कि ‘रिङ आउट’ हुने अवस्थामा पुगेका छन् । काँग्रेसबाट अव खाँण, बडु, किशोरसिंह राठोर, सत्यनारायण खनाल, मोहन पाण्डे, सुजाता कोइराला, पुष्पा भुसाल, डा. डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा समानुपातिकमा रहन पाउने छैनन् । त्यसैगरी बहादुर सिंह लामा, जिपछिरिङ्ग लामा, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, ज्ञानकुमारी छन्त्याल, दिव्यमणि राज भण्डारी, प्रमिला राई, महेन्द्रकुमारी लिम्बु, हिरा गुरुङ, मीना सुब्बा पनि समानुपातिक सांसद बनेर संसद छिर्न पाउने छैनन् ।


यसैगरी अर्बपति सांसद विनोद चौधरी अब प्रत्यक्ष चुनाव नवलपुरबाट लड्ने तयारी गरेका छन् भने स्मृतिनारायण चौधरी, नागेन्द्रकुमार राय, सीतादेवी यादव, चित्रलेखा यादव, मीनाक्षी झा, मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा, प्रकाश रसाइली, सुजाता परियार, लक्ष्मी परियार, विमला नेपाली, प्रभुनारायण चौधरी, पार्वती डिसी चौधरी, नमिताकुमारी चौधरी, अतहर कमाल मुसलमान र पर्वतआरा खानम पनि समानुपातिकमा बस्न नपाउने सूचीमा परेका छन् ।
२०७४ सालको निर्वाचनमा काँग्रेसले ४० सिट हात पारेको थियो । उल्लेखित समानुपातिकहरु सांसदहरुमध्ये बालकृष्ण खाँण रुपन्देही, दिलेन्द्रप्रसाद बडु दार्चुला, सुजाता कोइराला मोरङ, मोहन पाण्डे स्याङ्जा, विनोद चौधरी नवलपुर, उमेश श्रेष्ठ चितवनबाट प्रत्यक्ष चुनाव लड्ने बताइएको छ । बाँकी अरु सबै ‘पार्टीलाई सहयोग गरेको, समानुपातिकमा परेको’ भनेजस्तै सांसद हुन् । यी सांसदहरुको कार्यकाल भत्ता खाने, तलब बुझ्ने बाहेक दलको संगठनमा कुनै भूमिका नरहेको काँग्रेस वृत्तमा चर्चा चलेको छ ।
२०७४ मा समानुपातिकमा परेका काँग्रेसका अधिकाँश महिलाहरुले सांसदको लोगो लगाएर हिँड्ने बाहेक सिन्को नभाँचेको जानकारहरुले बताएका छन् ।

208 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal