रेखालाई राजनीतिक चस्का

२०७९ भाद्र १७ गते, शुक्रबार

मोरङ÷ ¥याप गायकका रुपमा परिचित बालेन्द्र साह (वालेन) को काठमाडौं महानगरपालिकाको प्रमुखमा विजयसँगै अन्य कलाकारहरुले पनि आफूलाई उम्मेदवार बनाउने होडबाजी गर्न थालेका छन् । वालेनले स्वतन्त्रको रुपमा निर्वाचन जितेको अवस्थामा विभिन्न व्यक्तिहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिने तयारी गरिरहेका कुरा सार्वजनिक भैरहेको छ । यसक्रममा कलाकार रेखा थापाले आगामी संघीय निर्वाचनमा प्रतिनिधिसभाको सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारी थालेकी छिन् । उनले स्वतन्त्र रुपमा नभई राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिने तयारी गरेको समाचार स्रोतले जानकारी दिएको छ ।


राप्रपाकी केन्द्रीय सदस्य समेत रहेकी थापाले मोरङ क्षेत्र नं.३ बाट उम्मेदवारी दिने भएकी हुन् । राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले उनको उम्मेदवारी करिब करिब निश्चित रहेको जानकारी दिएका छन् ।
आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिसिसभा सदस्यको निर्वाचनमा उनले उम्मेदवारी दिएका खण्डमा त्यसले निर्वाचनमा के कस्तो असर पार्ला भनी यहाँका जनतामा चर्चा चल्न थालेको छ । त्यसो त सत्तारुढ दलहरुको गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डा. सुनिल शर्माले उक्त क्षेत्रमा उम्मेदवारी दिने चर्चा चलेको छ । यसअघि नेकपा (एमाले) र माओवादी केन्द्रका बीचमा गठबन्धन हुँदा शर्मा २०७४ सालमा एमालेका भानुभक्त ढकालसँग पराजित भएका थिए । झिनो मतले पराजित भएका शर्माले आफूलाई क्षेत्रको सामाजिक काममा समेत लगाई निर्वाचनको तयारी गरिरहेको अवस्थामा गत स्थानीय तहको निर्वाचन परिणामले सो क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई जित निकाल्न सहज हुने प्रक्षेपण गरिएको छ । यस्तो अवस्थामा कलाकार रेखा थापाको उम्मेदवारी परेको अवस्थामा त्यसले कस्तो असर पार्ला भनी मतदाताहरुका बीचमा चर्चा चल्न थालेको हो ।
शान्ति विद्यागृहको हीरक वार्षिकोत्सव
काठमाडौं÷ देशकै पुरानोमध्येको एक शिक्षण संस्था शान्ति विद्यागृहले भोलिसम्म ७५औं वार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले बुधबारदेखि शुरु गरेको विभिन्न कार्यक्रमहरुलाई भोलि शनिबार समापन गर्ने भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वर्षाराम भण्डारीका अनुसार यो विद्यागृह विक्रम संवत् २००४ बैशाख १९ गते स्थापना भएको थियो ।
विद्यालयको हीरक महोत्सवगत बैशाख १९ गते मनाउने तयारी गरिए पनि कोरोना महामारीका कारण स्थगित गर्नुपरेको बताइएको छ । शनिबार स्मारिका र शान्ति कविता विमोचन, संस्थापकहरु, पूर्वप्रधानअध्यापकहरु, संस्थापक शिक्षकहरु, पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, कवि, एवं अन्य व्यक्तित्वलाई अभिनन्दन र सम्मान गर्ने कार्यक्रम छ ।
विद्यागृहका संस्थापक शिक्षक ९५ वर्षीय शंकरलाल मानन्धरलाई सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ । शुरुमा लैनचौर, ठमेल, गल्कोपाखा, पकनाजोल क्षेत्रका करिब तीन सय छात्रछात्रामध्ये छात्रहरूलाई शान्ति विद्यागृह प्राथमिक विद्यालयपट्टि र छात्रालाई शान्ति विद्यागृह कन्या प्राथमिक विद्यालयपट्टि राखेर पढाइने गरिएको बताइएको छ । २०५२ सालदेखि यो विद्यालय सह शिक्षालयमा परिणत भयोर । अहिले विद्यालयमा पूर्वप्राथमिक‘ ईसीडी’ देखि १२ कक्षासम्म पढाइ हुन्छर । यस विद्यालयमा अहिले छ सय दुई छात्र र पाँच सय १८ छात्रा अध्ययन गरिहेका छन् ।
राणा प्रधानमन्त्री पद्मशमशेर राणाका पालामा २००४ सालमा स्थापित यो विद्यालय राणाकालमा खुलेका विद्यालयमध्येको एक पनि होर । विद्यालयले २००९ सालदेखि प्रवेशिका परीक्षामा विद्यार्थीहरू सहभागी गराउँदै आएको छ । २०३० सालसम्म सामुदायिक रूपमा चलेको यो विद्यालय त्यसपछिको १६ वर्ष सामुदायिक तथा सरकारी अवधारणामा सञ्चालन गरियो । २०४६ सालयता भने विद्यालय पूरै सरकारी अवधारणा अनुसार चल्दै आएको छ ।

212 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal