ताप्लेजुङको ‘ख’ प्रदेशमा एमालेबाट पोमुको दाबी
काठमाडौं । ताप्लेजुङको ‘ख’ प्रदेशबाट एमालेको तर्फबाट पार्टीका उपसचिव मणिशंकर पोमुले उम्मेदवारी दाबी गरेका छन् ।
लामो समयदेखि राजनीति गर्दै आएका युवा नेता पोमुले आफूले टिकट पाउँदा सजिलै जित्न सकिने पनि बताएका छन् । ‘यो क्षेत्रमा एमालेको राम्रो सम्भावना छ तर जस्तोसुकै असहज परिस्थिति आयो भनें पनि म त्यसको सामना गर्न सक्छु’ उनले भने ‘ म एमालेको राजनीति गर्छु तर अरु पार्टीसँग पनि मेरो राम्रो सम्बन्ध छ, यसको अर्थ म सबै जनताको साझा मान्छे हुँ ।’ उनले आगामी निर्वाचनमा जतिसुकै पार्टीको गठबन्धन भए पनि आफूलाई फरक नपर्ने बताएका छन् । ‘एमालेको धरातल बलियो छ, जग नै बलियो भएपछि गठबन्धन त के महागठबन्धन भए पनि हामीलाई कुनै असर पर्दैन’ उनले भने ‘पूर्वी पहाडी जिल्ला ताप्लेजुङबाट एमाले उदाएको छ त्यसैले पनि त्यसको प्रभावस्वरुप पूर्वका सबै जिल्लातिर एमाले फैलिएको छ ।’
यसअघि एमालेले सरकार चलाउँदा जनताका पक्षमा राम्रो काम गरेकाले पनि एमालेको पक्षमा अधिक मत आउने उनको तर्क छ । राजनीतिसँगै सामाजिक गतिविधिमा संलग्न उनी अवसर पाए आफ्नो क्षेत्रमात्र होइन जिल्लाकै लागि केही गर्ने सोच भएको बताउँछन् । ‘अबको समय भनेको युवाको हो, युवाको जोश, जाँगर र उत्साहमा अरुले पनि साथ दिनुपर्छ’ उनले भने ‘राजनीति दिनका लागि हो भन्ने एकमात्र उद्येश्य लिएर हिँडेको छु, जिम्मेवार ठाउँमा पुगेपछि जनताको पक्षमा थप काम गर्न सकिन्छ भन्ने लाग्छ ।’ उनले आफूसँग प्रतिस्पर्धामा अरु पनि साथीहरु भए पनि आफू बढी दाबेदार भएको बताउँछन् ।
ताप्लेजुङमा प्रतिनिधिसभामा एउटा मात्र क्षेत्र रहेको छ । २०७० सालसम्म दुइवटा क्षेत्र रहेको थियो । २०६४ र २०७० सालमा पनि अहिलेको ‘ख’ क्षेत्रबाट एमालेका उम्मेदवार डम्बरध्वज तुम्बाहाम्फेले संविधानसभाको निर्वाचन जितेका थिए । २०७० सालमा दुइवटै क्षेत्र एमालेले जित्यो । अहिले एमालेकै योगेशकुमार भट्टराई ताप्लेजुङबाट निर्वाचित भएका छन् । पोमुले स्थानीय तहमा पनि एमालेको राम्रो मत आएकाले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ३ वटै क्षेत्र एमालेले जित्ने दाबी गरेका छन् । उनले पार्टी नेतृत्वलाई जनताको माझमा सक्रिय रहेको, जनताका सुखदुःखमा साथ दिएको र सबैले आफ्नो पनि उम्मेदवार हो भन्ने अनुभूति दिलाउन सक्नेलाई पार्टीले टिकट दिनुपर्ने बताउँछन् ।
ताजा
पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार
२०८३ भाद्र ९ गते, मंगलवार
पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार
२०८३ भाद्र ९ गते, मंगलवार
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
२०८३ भाद्र ८ गते, सोमबार
‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश
२०८३ भाद्र ८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक
२०८३ भाद्र ८ गते, सोमबार
पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक
२०८३ भाद्र ८ गते, सोमबार
लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)
२०८३ भाद्र ८ गते, सोमबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





