कमल थापाले ‘गाई’ नपाएपछि राणा मख्ख
काठमाडौं । पटक पटक पेशी सर्दा राप्रपा नेपालले चुनाव चिन्हका रुपमा माग्दै आएको ‘गाई’ चिन्ह पाउन सकेको छैन । सर्वोच्च अदालतमा यससम्बन्धी वहस हुन नपाउँदा राप्रपा (नेपाल) र अध्यक्ष कमल थापाको इच्छा पूरा हुन पाएन ।
थापाले आफूलाई जसरी भए पनि चुनाव चिन्हका रुपमा ‘गाई’ नै चाहिने भन्दै आएका छन् । थापाको भावनामाथि राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले खेल खेलेका छन् । थापा दुःखी भए पनि राणा भनें मख्ख परेका छन् । अब भदौ ८ गतेका लागि पेशी तोकिएको छ । राणा र थापाबीच पार्टीको आधिकारिकताको विवाद पनि अदालतसम्म पुगेको छ । राणाले अझै पनि पार्टी आफूले बनाएको र पार्टीमा थापाको कुनै अधिकार नभएको भन्दै आएका छन् ।
केही समयअघि नै आफूहरुले ‘गाई’ चिन्ह पाएको भन्दै राप्रपा नेपालले खुशियाली मनाएको थियो । सर्वोच्च अदालतले साउन २४ गते मंगलबारको लागि तोकिएको पेसी २९ गतेसम्मका लागि सारेको थियो तर २९ गतेको पेशी स्थगित भयो । यो दिन १७ नम्बरमा पेशी राखिएको थियो । राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष प्रदीपबिक्रम राणाले राप्रपा नेपाललाई गाई चिन्ह दिन नहुने भनेर सर्वोच्चमा गत साउन ८ गते निवेदन दिएका थिए । राणाले ‘गाई’ चिन्ह कुनै पनि अवस्थामा थापाले नपाउने दाबी गरेका छन् । अदालतमा समेत आफूलाई कमजोर पार्ने गरी काम भएकोमा राणाले आपत्ति जनाएका छन् । राणाले थापासरह आफ्नो राजनीतिक हैसियत भएकाले कतै पनि बिभेद नगर्नसमेत सम्बन्धित निकायलाई आग्रह गरेका छन् । थापाले गाई चिन्ह र राजसंस्थाको नामलाई बेचेर खाएको राणाले आरोप लगाएका छन् । उनले कमल थापाले हिजोदेखि नै पार्टीलाई समाप्त गर्ने योजना बनाएकाले थापाबाट पार्टी नचल्नेसमेत ठोकुवा गरेका छन् ।
राणाले निवेदन दिएपछि विवादित बन्दै आएको ‘गाई’ चिन्ह राप्रपा नेपाललाई दिन नमिल्ने भन्दै राप्रपाले पनि आपत्ति जनाएको छ । राप्रपाले आफ्नो झण्डामा गाई भएकाले अर्को पार्टीलाई निर्वाचन चिन्ह दिनु अव्यवहारिक भएको जनाएको छ । कुनै समय राप्रपा नेपालको निर्वाचन चिन्ह गाई थियो । गाई चिन्ह भएकाले नै राप्रपाले समानुपातिकतर्फ धेरै मत ल्याएको थियो । निर्वाचन आयोगले राप्रपा नेपाललाई गाई चिन्ह दिन नमिल्ने जनाइसकेको छ । आफ्नो पार्टीमा आएर साधारण सदस्य हुँदै अध्यक्ष भएर थापाले पार्टी कब्जा गरेकामा राणाले आपत्ति जनाएका छन् । त्यतिमात्र होइन राणाले हिम्मत भए अर्को पार्टी गठन गरेर राजनीति गर्न पनि थापालाई चुनौती दिएका छन् ।
गत फाल्गुण १ गते थापा अध्यक्ष बनेका थिए । राणाले राप्रपा नेपालले मुद्धा फिर्ता लिएर सहयोग गर्न आफूलाई पार्टीले विभिन्न प्रलोभन दिएको भए पनि त्यसलाई बेवास्ता गरेको बताएका छन् । राणा २०७३ सालमा भएको राप्रपाको एकता महाधिवेशनमा थापासँग अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । राणाले आफ्नो पक्षमा धेरै मत आए पनि गणना गर्दा सबै नदेखाइएको आरोपसमेत लगाएका छन् ।
ताजा
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





