ताप्लेजुङको ‘ख’ प्रदेशमा एमालेबाट पोमुको दाबी
काठमाडौं । ताप्लेजुङको ‘ख’ प्रदेशबाट एमालेको तर्फबाट पार्टीका उपसचिव मणिशंकर पोमुले उम्मेदवारी दाबी गरेका छन् ।
लामो समयदेखि राजनीति गर्दै आएका युवा नेता पोमुले आफूले टिकट पाउँदा सजिलै जित्न सकिने पनि बताएका छन् । ‘यो क्षेत्रमा एमालेको राम्रो सम्भावना छ तर जस्तोसुकै असहज परिस्थिति आयो भनें पनि म त्यसको सामना गर्न सक्छु’ उनले भने ‘ म एमालेको राजनीति गर्छु तर अरु पार्टीसँग पनि मेरो राम्रो सम्बन्ध छ, यसको अर्थ म सबै जनताको साझा मान्छे हुँ ।’ उनले आगामी निर्वाचनमा जतिसुकै पार्टीको गठबन्धन भए पनि आफूलाई फरक नपर्ने बताएका छन् । ‘एमालेको धरातल बलियो छ, जग नै बलियो भएपछि गठबन्धन त के महागठबन्धन भए पनि हामीलाई कुनै असर पर्दैन’ उनले भने ‘पूर्वी पहाडी जिल्ला ताप्लेजुङबाट एमाले उदाएको छ त्यसैले पनि त्यसको प्रभावस्वरुप पूर्वका सबै जिल्लातिर एमाले फैलिएको छ ।’
यसअघि एमालेले सरकार चलाउँदा जनताका पक्षमा राम्रो काम गरेकाले पनि एमालेको पक्षमा अधिक मत आउने उनको तर्क छ । राजनीतिसँगै सामाजिक गतिविधिमा संलग्न उनी अवसर पाए आफ्नो क्षेत्रमात्र होइन जिल्लाकै लागि केही गर्ने सोच भएको बताउँछन् । ‘अबको समय भनेको युवाको हो, युवाको जोश, जाँगर र उत्साहमा अरुले पनि साथ दिनुपर्छ’ उनले भने ‘राजनीति दिनका लागि हो भन्ने एकमात्र उद्येश्य लिएर हिँडेको छु, जिम्मेवार ठाउँमा पुगेपछि जनताको पक्षमा थप काम गर्न सकिन्छ भन्ने लाग्छ ।’ उनले आफूसँग प्रतिस्पर्धामा अरु पनि साथीहरु भए पनि आफू बढी दाबेदार भएको बताउँछन् ।
ताप्लेजुङमा प्रतिनिधिसभामा एउटा मात्र क्षेत्र रहेको छ । २०७० सालसम्म दुइवटा क्षेत्र रहेको थियो । २०६४ र २०७० सालमा पनि अहिलेको ‘ख’ क्षेत्रबाट एमालेका उम्मेदवार डम्बरध्वज तुम्बाहाम्फेले संविधानसभाको निर्वाचन जितेका थिए । २०७० सालमा दुइवटै क्षेत्र एमालेले जित्यो । अहिले एमालेकै योगेशकुमार भट्टराई ताप्लेजुङबाट निर्वाचित भएका छन् । पोमुले स्थानीय तहमा पनि एमालेको राम्रो मत आएकाले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ३ वटै क्षेत्र एमालेले जित्ने दाबी गरेका छन् । उनले पार्टी नेतृत्वलाई जनताको माझमा सक्रिय रहेको, जनताका सुखदुःखमा साथ दिएको र सबैले आफ्नो पनि उम्मेदवार हो भन्ने अनुभूति दिलाउन सक्नेलाई पार्टीले टिकट दिनुपर्ने बताउँछन् ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





