ताप्लेजुङको ‘ख’ प्रदेशमा एमालेबाट पोमुको दाबी

२०७९ भाद्र ६ गते, सोमबार

काठमाडौं । ताप्लेजुङको ‘ख’ प्रदेशबाट एमालेको तर्फबाट पार्टीका उपसचिव मणिशंकर पोमुले उम्मेदवारी दाबी गरेका छन् ।
लामो समयदेखि राजनीति गर्दै आएका युवा नेता पोमुले आफूले टिकट पाउँदा सजिलै जित्न सकिने पनि बताएका छन् । ‘यो क्षेत्रमा एमालेको राम्रो सम्भावना छ तर जस्तोसुकै असहज परिस्थिति आयो भनें पनि म त्यसको सामना गर्न सक्छु’ उनले भने ‘ म एमालेको राजनीति गर्छु तर अरु पार्टीसँग पनि मेरो राम्रो सम्बन्ध छ, यसको अर्थ म सबै जनताको साझा मान्छे हुँ ।’ उनले आगामी निर्वाचनमा जतिसुकै पार्टीको गठबन्धन भए पनि आफूलाई फरक नपर्ने बताएका छन् । ‘एमालेको धरातल बलियो छ, जग नै बलियो भएपछि गठबन्धन त के महागठबन्धन भए पनि हामीलाई कुनै असर पर्दैन’ उनले भने ‘पूर्वी पहाडी जिल्ला ताप्लेजुङबाट एमाले उदाएको छ त्यसैले पनि त्यसको प्रभावस्वरुप पूर्वका सबै जिल्लातिर एमाले फैलिएको छ ।’
यसअघि एमालेले सरकार चलाउँदा जनताका पक्षमा राम्रो काम गरेकाले पनि एमालेको पक्षमा अधिक मत आउने उनको तर्क छ । राजनीतिसँगै सामाजिक गतिविधिमा संलग्न उनी अवसर पाए आफ्नो क्षेत्रमात्र होइन जिल्लाकै लागि केही गर्ने सोच भएको बताउँछन् । ‘अबको समय भनेको युवाको हो, युवाको जोश, जाँगर र उत्साहमा अरुले पनि साथ दिनुपर्छ’ उनले भने ‘राजनीति दिनका लागि हो भन्ने एकमात्र उद्येश्य लिएर हिँडेको छु, जिम्मेवार ठाउँमा पुगेपछि जनताको पक्षमा थप काम गर्न सकिन्छ भन्ने लाग्छ ।’ उनले आफूसँग प्रतिस्पर्धामा अरु पनि साथीहरु भए पनि आफू बढी दाबेदार भएको बताउँछन् ।
ताप्लेजुङमा प्रतिनिधिसभामा एउटा मात्र क्षेत्र रहेको छ । २०७० सालसम्म दुइवटा क्षेत्र रहेको थियो । २०६४ र २०७० सालमा पनि अहिलेको ‘ख’ क्षेत्रबाट एमालेका उम्मेदवार डम्बरध्वज तुम्बाहाम्फेले संविधानसभाको निर्वाचन जितेका थिए । २०७० सालमा दुइवटै क्षेत्र एमालेले जित्यो । अहिले एमालेकै योगेशकुमार भट्टराई ताप्लेजुङबाट निर्वाचित भएका छन् । पोमुले स्थानीय तहमा पनि एमालेको राम्रो मत आएकाले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ३ वटै क्षेत्र एमालेले जित्ने दाबी गरेका छन् । उनले पार्टी नेतृत्वलाई जनताको माझमा सक्रिय रहेको, जनताका सुखदुःखमा साथ दिएको र सबैले आफ्नो पनि उम्मेदवार हो भन्ने अनुभूति दिलाउन सक्नेलाई पार्टीले टिकट दिनुपर्ने बताउँछन् ।

206 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal