शेखर समूह सभापति देउवासँग रुष्ठ

२०७९ भाद्र २ गते, बिहीबार

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाको मनोमानि विरुद्ध कडा ढंगले प्रस्तुत हुन थालेको नेपाली काँग्रेसको शेखर कोइराला समूह यतिबेला आफ्नो शक्तिलाई एकीकृत गर्ने अभियानमा जुटेको छ । मुलुकव्यापी रुपमा कार्यकर्ताहरुलाई एकठिक्का बनाउन नसके पार्टीभित्र अपहेलित हुनुपर्ने निष्कर्ष सहित अगाडि बढेको सो समूहले सम्मानजनक भूमिकाका लागि दबाव बढाउन थालेको हो । यसैक्रममा सो समूहका भातृ संगठनहरुले समेत सक्रिय रुपमा संस्थापन पक्षमाथि खबरदारी गर्न थालेका छन् ।

सभापति देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको भन्दै अब भागवण्डा खोज्नुपर्ने अवस्था आएको उनीहरुको निष्कर्ष छ । संस्थापनमाथि अहिलबाट नै दबाव बढाउन नसके कोइराला समूहका नेताहरुले निर्वाचन लड्नबाट वञ्चित हुनुपर्ने अवस्था आउन सक्ने निष्कर्ष समेत उनीहरुले निकालेका छन् । यसको अन्त्यका लागि पार्टीभित्र चल्दै आएको ६०–४० को भागवण्डा कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ । पार्टीको १४औं महाधिवेशनमा निकटतम प्रतिद्वन्दी कोइरालालाई मर्यादाक्रममा समेत निकै तल राखेका देउवाले भातृ संस्थाको अध्यक्ष मनोनयन गर्दा समेत आफ्नै पक्षलाई प्राथमिकतामा राखेका छन् । कुनै पनि भातृ संस्थाको नेतृत्व आफूले पाउन नसके पछि देउवाको निर्णय विरुद्ध आक्रोशित कोइराला समूहले आफू पक्षीय नेताहरुको भेला समेत आयोजना समेत गरिसकेको छ । न्यायोचित निर्णय नहुने भए भागवण्डामा जानुपर्ने उनले बताए । ‘न्यायोचित निर्णय गर्नुुहुन भने ४० प्लस चाहियो’ घिमिरेले भने, ‘सभापतिको अभिभावकीय ठाउँबाट सोचेर अगाडि बढाउनुभएको भए यो विवाद आउने थिएन नि । अब अस्तित्वको लडाइ लड्नुपर्ने भयो ।’

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal