शेखर समूह सभापति देउवासँग रुष्ठ

२०७९ भाद्र २ गते, बिहीबार

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाको मनोमानि विरुद्ध कडा ढंगले प्रस्तुत हुन थालेको नेपाली काँग्रेसको शेखर कोइराला समूह यतिबेला आफ्नो शक्तिलाई एकीकृत गर्ने अभियानमा जुटेको छ । मुलुकव्यापी रुपमा कार्यकर्ताहरुलाई एकठिक्का बनाउन नसके पार्टीभित्र अपहेलित हुनुपर्ने निष्कर्ष सहित अगाडि बढेको सो समूहले सम्मानजनक भूमिकाका लागि दबाव बढाउन थालेको हो । यसैक्रममा सो समूहका भातृ संगठनहरुले समेत सक्रिय रुपमा संस्थापन पक्षमाथि खबरदारी गर्न थालेका छन् ।

सभापति देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको भन्दै अब भागवण्डा खोज्नुपर्ने अवस्था आएको उनीहरुको निष्कर्ष छ । संस्थापनमाथि अहिलबाट नै दबाव बढाउन नसके कोइराला समूहका नेताहरुले निर्वाचन लड्नबाट वञ्चित हुनुपर्ने अवस्था आउन सक्ने निष्कर्ष समेत उनीहरुले निकालेका छन् । यसको अन्त्यका लागि पार्टीभित्र चल्दै आएको ६०–४० को भागवण्डा कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ । पार्टीको १४औं महाधिवेशनमा निकटतम प्रतिद्वन्दी कोइरालालाई मर्यादाक्रममा समेत निकै तल राखेका देउवाले भातृ संस्थाको अध्यक्ष मनोनयन गर्दा समेत आफ्नै पक्षलाई प्राथमिकतामा राखेका छन् । कुनै पनि भातृ संस्थाको नेतृत्व आफूले पाउन नसके पछि देउवाको निर्णय विरुद्ध आक्रोशित कोइराला समूहले आफू पक्षीय नेताहरुको भेला समेत आयोजना समेत गरिसकेको छ । न्यायोचित निर्णय नहुने भए भागवण्डामा जानुपर्ने उनले बताए । ‘न्यायोचित निर्णय गर्नुुहुन भने ४० प्लस चाहियो’ घिमिरेले भने, ‘सभापतिको अभिभावकीय ठाउँबाट सोचेर अगाडि बढाउनुभएको भए यो विवाद आउने थिएन नि । अब अस्तित्वको लडाइ लड्नुपर्ने भयो ।’

202 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal