भव्यताकासाथ सम्पन्न भयो जनआकाश साप्ताहिकको १५औं वार्षिकोत्सव
काठमाडौ । जनआकाश साप्ताहिकको १५औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । गत मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतित्थ्यमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम सम्पन्न भएको हो । जनआकाशका प्रधान सम्पादक मोहन कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमको विशेष अतिथिमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महसंघका अध्यक्ष विपुल पोखरेल रहेका थिए । अतिथिहरुमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम विडारी, नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका अध्यक्ष सुर्य सुवेदी, नेपाल व्यापार संघका अध्यक्ष हरी गौतम लगायतका रहेका थिए । समारोहमा मन्त्री कार्कीले पत्रिकाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै भने ‘स्वस्थ, तथ्य, प्रतिस्पर्धाले नै प्रजातन्त्रलाई बलियो बनाउछ भन्ने तपाईहरुलाई पनि लागेको होला म पनि त्यसैमा विश्वास गर्छु ।’ उनले थपे ‘यस कार्यक्रमका वक्ताहरुले महत्वपुर्ण विषय राख्नुभएकोे छ । म एउटा साधारण नागरिक र हाल नेपाल सरकारको सञ्चार तथा सुचना प्रविधि मन्त्रीको हैशियतले यहाँ उठेका विषयहरुको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । सुशासन र दिगो विकासकालागि सिर्जनशील पत्रकारीता आजको आवश्यकता हो ।’
कार्यक्रममा स्वगत मन्तव्य राख्दै जनआकाशका स्तम्भकार दामोदर ढकालले मोहन कार्कीको नेतृत्वमा काम गर्दै आएको र दुःख गरेर सफलता हाँशिल गर्न सकिन्छ भन्ने उदाहरण मोहन कार्की हुन् भनेर प्रशंसा गरेका थिए । कार्यक्रमको विशेष अतिथिमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेतले जनआकाशको प्रगति र उन्नतिका लागि शुभकामना व्यक्त गरेका थिए । शुभकामनाकै क्रममा नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका अध्यक्ष सुर्य सुवेदीले विभिन्न कालखण्डमा भएका परिवर्तनको लागि अग्रमोर्चामा लडेका साना लगानीका स्वरोजगारमुखि पत्रिकाहरु जीवन मरणको दोसाँधमा पुगेकाले त्यसलाई बचाउन नेपास सरकारले विशेष ध्यान दिनुपर्ने बताए । त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम विडारीले बिज्ञापन वोर्ड स्थापना हँुदा हामी खुशी भएका थियौ तर आज विज्ञापन बोर्ड पत्रकारहरुको रक्षकभन्दा भक्षक भएको यसप्रति मन्त्रीज्यूको ध्यानाकर्षण गराएका थिए । साथै उनले सञ्चार मन्त्री कार्कीले नै जेष्ठ पत्रकार जीवनवृत्ति कोषको लागि पत्रकारहरुले उठाएका माग सम्बोधन गरेकोमा भने उनको प्रसंशा गरेका थिए ।
कार्यक्रममा जनआकास साप्ताहिकका प्रधान सम्पादकसमेत रहेका मोहन कार्कीद्वारा रचना गरिएको स्वदेश गान “आउ न साथी आउ” को लोकार्पण, राष्ट्रका लागि योगदान दिने विभिन्न व्यक्तित्वहरुलाई सम्मान एवं रामेछाप जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचित प्रमुख र उप प्रमुखहरुलाई बधाई तथा शुभकामनासमेत गरिएको थियो । कार्यक्रमको सञ्चालन जनआकाशका कानुनी सल्लाहकार कुमार अधिकारीले गरेका थिए ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





