भव्यताकासाथ सम्पन्न भयो जनआकाश साप्ताहिकको १५औं वार्षिकोत्सव

२०७९ भाद्र २ गते, बिहीबार

काठमाडौ । जनआकाश साप्ताहिकको १५औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । गत मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतित्थ्यमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम सम्पन्न भएको हो । जनआकाशका प्रधान सम्पादक मोहन कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमको विशेष अतिथिमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महसंघका अध्यक्ष विपुल पोखरेल रहेका थिए । अतिथिहरुमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम विडारी, नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका अध्यक्ष सुर्य सुवेदी, नेपाल व्यापार संघका अध्यक्ष हरी गौतम लगायतका रहेका थिए । समारोहमा मन्त्री कार्कीले पत्रिकाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै भने ‘स्वस्थ, तथ्य, प्रतिस्पर्धाले नै प्रजातन्त्रलाई बलियो बनाउछ भन्ने तपाईहरुलाई पनि लागेको होला म पनि त्यसैमा विश्वास गर्छु ।’ उनले थपे ‘यस कार्यक्रमका वक्ताहरुले महत्वपुर्ण विषय राख्नुभएकोे छ । म एउटा साधारण नागरिक र हाल नेपाल सरकारको सञ्चार तथा सुचना प्रविधि मन्त्रीको हैशियतले यहाँ उठेका विषयहरुको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । सुशासन र दिगो विकासकालागि सिर्जनशील पत्रकारीता आजको आवश्यकता हो ।’

कार्यक्रममा स्वगत मन्तव्य राख्दै जनआकाशका स्तम्भकार दामोदर ढकालले मोहन कार्कीको नेतृत्वमा काम गर्दै आएको र दुःख गरेर सफलता हाँशिल गर्न सकिन्छ भन्ने उदाहरण मोहन कार्की हुन् भनेर प्रशंसा गरेका थिए । कार्यक्रमको विशेष अतिथिमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेतले जनआकाशको प्रगति र उन्नतिका लागि शुभकामना व्यक्त गरेका थिए । शुभकामनाकै क्रममा नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका अध्यक्ष सुर्य सुवेदीले विभिन्न कालखण्डमा भएका परिवर्तनको लागि अग्रमोर्चामा लडेका साना लगानीका स्वरोजगारमुखि पत्रिकाहरु जीवन मरणको दोसाँधमा पुगेकाले त्यसलाई बचाउन नेपास सरकारले विशेष ध्यान दिनुपर्ने बताए । त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम विडारीले बिज्ञापन वोर्ड स्थापना हँुदा हामी खुशी भएका थियौ तर आज विज्ञापन बोर्ड पत्रकारहरुको रक्षकभन्दा भक्षक भएको यसप्रति मन्त्रीज्यूको ध्यानाकर्षण गराएका थिए । साथै उनले सञ्चार मन्त्री कार्कीले नै जेष्ठ पत्रकार जीवनवृत्ति कोषको लागि पत्रकारहरुले उठाएका माग सम्बोधन गरेकोमा भने उनको प्रसंशा गरेका थिए ।

कार्यक्रममा जनआकास साप्ताहिकका प्रधान सम्पादकसमेत रहेका मोहन कार्कीद्वारा रचना गरिएको स्वदेश गान “आउ न साथी आउ” को लोकार्पण, राष्ट्रका लागि योगदान दिने विभिन्न व्यक्तित्वहरुलाई सम्मान एवं रामेछाप जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचित प्रमुख र उप प्रमुखहरुलाई बधाई तथा शुभकामनासमेत गरिएको थियो । कार्यक्रमको सञ्चालन जनआकाशका कानुनी सल्लाहकार कुमार अधिकारीले गरेका थिए ।

203 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal