घुमिफिरी रुम्जाटार
काठमाडौं । नयाँ शक्ति निर्माणको सपना तुहिएपछि डा. बाबुराम भट्टराई फेरि चोरबाटोबाट नेकपा माओवादी केन्द्रको शरणमा परेका छन् । संविधान जारी भएसँगै २०७२ असोज ९ मा तत्कालिन एकीकृत माओवादी परित्याग गरी नयाँ शक्ति नेपाल गठन गरेका उनी ७ वर्ष नपुग्दै सोही पार्टीमा फर्कने तयारीमा जुटेका हुन् । आशालाग्दो नारासहित गठन भएको नयाँ शक्ति भताभुङ्ग भएपछि मधेशवादी दल संघीय समाजवादी फोरमसँग पार्टी एकीकरण गरेर समाजवादी पार्टी गठन गरेका भट्टराई पछि समाजवादी पार्टी र राजपावीच एकता भएपछि बनेको जसपाका नेताका रुपमा रुपान्तरित भए । त्यसमा पनि अट्न नसके पनि नेपाल समाजवादी पार्टी गठन गर्न बाध्य भए । तर, सो पार्टीबाट आगामी निर्वाचनमा आफ्नो फलिफाप हुने नदेखेपछि उनी घुमिफिरी रुम्जाटारको अवस्थामा पुगेका हुन् । अहिलेलाई माओवादीको चुनाव चिन्ह हँसिया हथौडा प्रयोग गर्ने र निर्वाचन पछि पार्टी एकीकरण गर्ने उनको तयारी छ ।
भट्टराईको यही प्रस्ताव पछि माओवादी केन्द्रले आफ्नो निर्वाचन चिन्ह प्रयोग गर्न बाबुराम भट्टराईलाई दिने निर्णय समेत गरिसकेको छ । उनीसँगै नेकपा एकीकरण अभियान नामक पार्टी गठन गरेका पूर्व एमाले नेता बामदेव गौतमले पनि आगामी निर्वाचनमा माओवादीकै चुनाव चिन्ह हँसिया हथौडा प्रयोग गर्दैछन् । उता माओवादी केन्द्र भने नेपाली काँग्रेस लगायतका पाँच वटा दलसँग गठबन्धन गरेर आगामी निर्वाचनमा सहभागी हुँदैछ ।
ताजा
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबार
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
२०८२ चैत्र २७ गते, शुक्रबार
महराविरुद्ध भ्रष्टाचार मुद्दा
२०८२ चैत्र २६ गते, बिहीबार
श्रममन्त्री साह बर्खास्त
२०८२ चैत्र २६ गते, बिहीबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





