घुमिफिरी रुम्जाटार

२०७९ भाद्र २ गते, बिहीबार

काठमाडौं । नयाँ शक्ति निर्माणको सपना तुहिएपछि डा. बाबुराम भट्टराई फेरि चोरबाटोबाट नेकपा माओवादी केन्द्रको शरणमा परेका छन् । संविधान जारी भएसँगै २०७२ असोज ९ मा तत्कालिन एकीकृत माओवादी परित्याग गरी नयाँ शक्ति नेपाल गठन गरेका उनी ७ वर्ष नपुग्दै सोही पार्टीमा फर्कने तयारीमा जुटेका हुन् । आशालाग्दो नारासहित गठन भएको नयाँ शक्ति भताभुङ्ग भएपछि मधेशवादी दल संघीय समाजवादी फोरमसँग पार्टी एकीकरण गरेर समाजवादी पार्टी गठन गरेका भट्टराई पछि समाजवादी पार्टी र राजपावीच एकता भएपछि बनेको जसपाका नेताका रुपमा रुपान्तरित भए । त्यसमा पनि अट्न नसके पनि नेपाल समाजवादी पार्टी गठन गर्न बाध्य भए । तर, सो पार्टीबाट आगामी निर्वाचनमा आफ्नो फलिफाप हुने नदेखेपछि उनी घुमिफिरी रुम्जाटारको अवस्थामा पुगेका हुन् । अहिलेलाई माओवादीको चुनाव चिन्ह हँसिया हथौडा प्रयोग गर्ने र निर्वाचन पछि पार्टी एकीकरण गर्ने उनको तयारी छ ।


भट्टराईको यही प्रस्ताव पछि माओवादी केन्द्रले आफ्नो निर्वाचन चिन्ह प्रयोग गर्न बाबुराम भट्टराईलाई दिने निर्णय समेत गरिसकेको छ । उनीसँगै नेकपा एकीकरण अभियान नामक पार्टी गठन गरेका पूर्व एमाले नेता बामदेव गौतमले पनि आगामी निर्वाचनमा माओवादीकै चुनाव चिन्ह हँसिया हथौडा प्रयोग गर्दैछन् । उता माओवादी केन्द्र भने नेपाली काँग्रेस लगायतका पाँच वटा दलसँग गठबन्धन गरेर आगामी निर्वाचनमा सहभागी हुँदैछ ।

218 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal