अफ्रिका, दुबईका सुरक्षाकर्मीले फेला पार्न नसकेको ८ करोडको ‘माल’ र मान्छे काठमाडौंमा प,क्राउ

२०७९ श्रावण २ गते, सोमबार

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले चार किलो ला,गुऔषध हेरोईनसहित ३ जनालाई प,क्राउ गरेको छ ।

ब्यूरोबाट गरिएको निरन्तर निग्रानीका क्रममा असार ३२ गते शनिबार ४ किलो ला,गुऔषध हेरोईन जस्तो देखिने धुलो पदार्थसहित २ जना विदेशी र १ नेपालीसहित ३ जनालाई प,क्राउ गरिएको ब्यूरोका कार्यालय प्रमुख (एसएसपी) विकासराज खनालले जानकारी दिएका छन् ।

प,क्राउ परेका तीन जनाउपर लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम लागुऔषध हेरोईन मु,द्दामा म्याद थप गरी थप अनुसन्धान गर्ने कार्य भइरहेको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली बजारमा ४ किलो हेरोईनको मूल्य अन्दाजी ८ करोड पर्छ । अफ्रिका, दुबईसहितका देशको विमानस्थलका सुरक्षाकर्मीहरूको जाँच र सुरक्षा छलेर ल्याइएको चार किलो हेरोईनलाई काठमाडौंमा प्रहरीले पक्राउ गरेर ठूलो उपलब्धी हातपारेको छ ।

ब्यूरोको जिम्मेवारी सम्हाल्नेवित्तिकै एसएसपी खनालको कमाण्डमा ४ किलो ला,गुऔषध हेरोईन काठमाडौंमा बरादम भएको छ ।

यसरी काठमाडौं छिरेकि थिईन हेरोईन

साउथ अफ्रिकाको जोहनेसबर्गबाट दुबई हुँदै काठमाडौंमा असार ३१ गते बिहान साढे ८ बजे अवतरण भएका साउथ अफ्रिकन नागरिक पासपोर्ट नम्वर ए०९८७९५७२ बाहक ६१ वर्षीय जस्क्युस एन्टोन एन्जलब्रेष्टको गतिविधि शं,कास्पद देखिएपछि ब्यूरोको टोलीले निग्रानी गर्दै जाने क्रममा दिउँसो १ बजे ठमेलस्थित एक होटेलबाट ती व्यक्तिले सुटकेसभित्र पिँधको भागमा रहेको फल्सबटमबाट लागुऔषध हेरोईन जस्तो देखिने धुलो पदार्थ ४ किलोसहित प,क्राउ गरिएको एसएसपी खनालले जानकारी दिए ।

ला,गुऔषध भारत लैजाने कार्यमा सहयोगी भूमिकामा देखिएका नुवाकोटको गर्साङ गाउँपालिका– ७ ठेगाना भई हाल बनस्थली बस्दै आएका ट्याक्सी चालक ५० वर्षीय सुकेश तामाङलाई बा २ ज ५६५५ नम्बरको ट्याक्सीसहित ठमेलबाटै प,क्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भारतको दिल्लीबाट ला,गुऔषध लिन काठमाडौं आएको अवस्थामा शनिबार तिलगंगाबाट भारतको मिजोरम राज्य ठेगाना भई जनकपुरी दिल्ली बस्दै आएकी ३२ वर्षीया जोथनतुलङ्गीलाई प,क्राउ गरिएको ब्यूरोका कार्यालय प्रमुख खनालले बताएका छन् ।

193 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal