अफ्रिका, दुबईका सुरक्षाकर्मीले फेला पार्न नसकेको ८ करोडको ‘माल’ र मान्छे काठमाडौंमा प,क्राउ

२०७९ श्रावण २ गते, सोमबार

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले चार किलो ला,गुऔषध हेरोईनसहित ३ जनालाई प,क्राउ गरेको छ ।

ब्यूरोबाट गरिएको निरन्तर निग्रानीका क्रममा असार ३२ गते शनिबार ४ किलो ला,गुऔषध हेरोईन जस्तो देखिने धुलो पदार्थसहित २ जना विदेशी र १ नेपालीसहित ३ जनालाई प,क्राउ गरिएको ब्यूरोका कार्यालय प्रमुख (एसएसपी) विकासराज खनालले जानकारी दिएका छन् ।

प,क्राउ परेका तीन जनाउपर लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम लागुऔषध हेरोईन मु,द्दामा म्याद थप गरी थप अनुसन्धान गर्ने कार्य भइरहेको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली बजारमा ४ किलो हेरोईनको मूल्य अन्दाजी ८ करोड पर्छ । अफ्रिका, दुबईसहितका देशको विमानस्थलका सुरक्षाकर्मीहरूको जाँच र सुरक्षा छलेर ल्याइएको चार किलो हेरोईनलाई काठमाडौंमा प्रहरीले पक्राउ गरेर ठूलो उपलब्धी हातपारेको छ ।

ब्यूरोको जिम्मेवारी सम्हाल्नेवित्तिकै एसएसपी खनालको कमाण्डमा ४ किलो ला,गुऔषध हेरोईन काठमाडौंमा बरादम भएको छ ।

यसरी काठमाडौं छिरेकि थिईन हेरोईन

साउथ अफ्रिकाको जोहनेसबर्गबाट दुबई हुँदै काठमाडौंमा असार ३१ गते बिहान साढे ८ बजे अवतरण भएका साउथ अफ्रिकन नागरिक पासपोर्ट नम्वर ए०९८७९५७२ बाहक ६१ वर्षीय जस्क्युस एन्टोन एन्जलब्रेष्टको गतिविधि शं,कास्पद देखिएपछि ब्यूरोको टोलीले निग्रानी गर्दै जाने क्रममा दिउँसो १ बजे ठमेलस्थित एक होटेलबाट ती व्यक्तिले सुटकेसभित्र पिँधको भागमा रहेको फल्सबटमबाट लागुऔषध हेरोईन जस्तो देखिने धुलो पदार्थ ४ किलोसहित प,क्राउ गरिएको एसएसपी खनालले जानकारी दिए ।

ला,गुऔषध भारत लैजाने कार्यमा सहयोगी भूमिकामा देखिएका नुवाकोटको गर्साङ गाउँपालिका– ७ ठेगाना भई हाल बनस्थली बस्दै आएका ट्याक्सी चालक ५० वर्षीय सुकेश तामाङलाई बा २ ज ५६५५ नम्बरको ट्याक्सीसहित ठमेलबाटै प,क्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भारतको दिल्लीबाट ला,गुऔषध लिन काठमाडौं आएको अवस्थामा शनिबार तिलगंगाबाट भारतको मिजोरम राज्य ठेगाना भई जनकपुरी दिल्ली बस्दै आएकी ३२ वर्षीया जोथनतुलङ्गीलाई प,क्राउ गरिएको ब्यूरोका कार्यालय प्रमुख खनालले बताएका छन् ।

206 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal