आज साउन महिनाको पहिलो सोमबार, पशुपतिमा थामी नसक्नु भक्तजनहरुको भीड

काठमाडौँ । आज साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।
साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भीड देखिन्छ । साउन महिना भगवान् शिवको महिना भएकाले यस बेलामा शुद्ध जल अर्पण मात्र गर्दा पनि भगवान् शिव खुसी हुने धार्मिक विश्वास पनि रहेको छ ।
रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले आज पशुपति क्षेत्र भरिभराउ छ । पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूको लाइन आज मन्दिरदेखि एयरपोर्टसम्म पुगेको छ ।
पहिलो पटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यता समेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ ।
ताजा

राष्ट्रियसभा सदस्यमा तीनजना भिड्दै
२०७९ माघ १२ गते, बिहीबार
राष्ट्रियसभा सदस्यमा तीनजना भिड्दै
२०७९ माघ १२ गते, बिहीबार
पाँचवटा पार्टी फेरेका बाबुराम भट्टराई पुनः आफ्नै घर भित्रिदै
२०७९ माघ १२ गते, बिहीबार
प्रेमप्रसादको भुक्तानी समयमा गरेका हौँः भाटभटेनी
२०७९ माघ १२ गते, बिहीबार
महानगरले ९ हजार होडिङ बोर्ड हटायो
२०७९ माघ १२ गते, बिहीबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच राष्ट्रपतिबारे छलफल
२०७९ माघ १२ गते, बिहीबार
आचार्यको निधन राज्यको चरम असफलताः मेयर बालेन
२०७९ माघ ११ गते, बुधबार
प्रेमप्रसादले आत्मदाह प्रकरणः ‘बोतल र जर्किनमा पेट्रोलियम पदार्थ नबेच्नू’, नेपाल प्रहरी
२०७९ माघ ११ गते, बुधबार
संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन
२०७९ माघ ११ गते, बुधबार
रविको सांसद पदको योग्यता सम्बन्धी रिटमा आजबाट अन्तिम सुनुवाइ
२०७९ माघ ११ गते, बुधबार
आजबाट ‘पठान’ हलमा
२०७९ माघ ११ गते, बुधबारलोकप्रिय

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार