काठमाण्डौमै तराईको झल्को दिने गर्मी, तराईको जनजीवन अस्तव्यस्त
एक हप्तायता देशभर गर्मी बढ्दो क्रममा रहेको छ । राम्ररी हावा नचल्दा र पानी नपरेकाले गर्मी बढेको हो ।
पानी पार्ने न्यून चापीय रेखा नेपालबाट टाढा रहेकाले एक हप्तायता देशभर गर्मी बढ्दा नागरिकको जनजीवन प्रभावित भएको छ ।
तराई क्षेत्रको जनजीवन गर्मीले अझ अस्तव्यस्त भएको छ । अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष काठमाण्डौ उपत्यकासहितका पहाडी क्षेत्रमा अत्यधिक गर्मी महसुस भएको छ ।
काठमाण्डौका बासिन्दाले तराईको झल्को दिने गरी गर्मी बढेको बताएका छन् । गर्मीका कारण दैनिक कामका लागि घरबाहिर निस्कन पनि स,मस्या भएको छ । बजारमा मानिसको चहलपहल कम हुन थालेको छ ।
काठमाण्डौमा आज आइतवार दिउँसोको तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको छ । यस्तै आज विराटनगरको तापक्रम ३४ दशमलव ९, भैरहवा र वीरेन्द्रनगरको ३७ तथा दिपायलको ३६ डिग्री सेल्सियस मापन गरिएको छ ।
मङ्गलवार राति देखिमात्रै पानी पर्ने भएकाले अझै दुई/तीन दिन गर्मी बढ्ने सम्भावना भएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनयता बाहिरबाट कुनै पनि मौसमी प्रणाली नआएको र स्थानीय बादल पनि राम्रोसँग विकसित नभएकाले गर्मी बढेको हो ।
केही दिनयता बिहानैदेखि दिनभरि चर्को घाम लाग्दा धेरै स,मस्या भएको छ । गर्मीका कारण बालबालिका र वृद्धवृद्धा धेरै समस्यामा परेका छन् । तराईका कतिपय जिल्लामा गर्मीका कारण झाडापखाला, घमौरा र अन्य छालासम्बन्धी स,मस्याका बि,रामी बढ्न थालेका डाक्टरहरूले बताएका छन् ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





