काठमाण्डौमै तराईको झल्को दिने गर्मी, तराईको जनजीवन अस्तव्यस्त

२०७९ श्रावण १ गते, आईतवार

एक हप्तायता देशभर गर्मी बढ्दो क्रममा रहेको छ । राम्ररी हावा नचल्दा र पानी नपरेकाले गर्मी बढेको हो ।

पानी पार्ने न्यून चापीय रेखा नेपालबाट टाढा रहेकाले एक हप्तायता देशभर गर्मी बढ्दा नागरिकको जनजीवन प्रभावित भएको छ ।

तराई क्षेत्रको जनजीवन गर्मीले अझ अस्तव्यस्त भएको छ । अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष काठमाण्डौ उपत्यकासहितका पहाडी क्षेत्रमा अत्यधिक गर्मी महसुस भएको छ ।

काठमाण्डौका बासिन्दाले तराईको झल्को दिने गरी गर्मी बढेको बताएका छन् । गर्मीका कारण दैनिक कामका लागि घरबाहिर निस्कन पनि स,मस्या भएको छ । बजारमा मानिसको चहलपहल कम हुन थालेको छ ।  

काठमाण्डौमा आज आइतवार दिउँसोको तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको छ । यस्तै आज विराटनगरको तापक्रम ३४ दशमलव ९, भैरहवा र वीरेन्द्रनगरको ३७ तथा दिपायलको ३६ डिग्री सेल्सियस मापन गरिएको छ । 

मङ्गलवार राति देखिमात्रै पानी पर्ने भएकाले अझै दुई/तीन दिन गर्मी बढ्ने सम्भावना भएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनयता बाहिरबाट कुनै पनि मौसमी प्रणाली नआएको र स्थानीय बादल पनि राम्रोसँग विकसित नभएकाले गर्मी बढेको हो ।

केही दिनयता बिहानैदेखि दिनभरि चर्को घाम लाग्दा धेरै स,मस्या भएको छ । गर्मीका कारण बालबालिका र वृद्धवृद्धा धेरै समस्यामा परेका छन् । तराईका कतिपय जिल्लामा गर्मीका कारण झाडापखाला, घमौरा र अन्य छालासम्बन्धी स,मस्याका बि,रामी बढ्न थालेका डाक्टरहरूले बताएका छन् । 

194 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal