काठमाण्डौको नागार्जुनमा चितुवाको आ,क्रमणबाट पाँच जना घाइते,

२०७९ असार ३० गते, बिहीबार

काठमाण्डौको नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुङ्गा असिमुरे कुवामा चितुवाको आ,क्रमणबाट पाँच जना घा,इते भएका छन् ।

घा,इतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको वडा अध्यक्ष सुरजकुमार पोखरेलले  जानकारी दिनुभयो । उहाँका अनुसार गएराति १ बजेतिर घरसँगै रहेको कुखुरा पालेको छाप्रोमा चितुवा पसेको थियो ।

‘कुखुरा कुरेर त्यहीँ छाप्रोमा बसेका राम भट्टराईले खोरमा ठूलो बिरालो पसेको भन्दै आमाबुबालाई बोलाउन घरमा गएका रहेछन्, उहाँले भन्नुभयो– ‘आमाबुबा खोरमा आउँदा झ्यालमा राखेको जाली भत्किएको देखेपछि बाहिरबाट आमा सरस्वती भट्टराईले जाली बान्न लाग्दा खोरभित्र रहेको चितुवाले हात तानेको थियो ।

त्यसपछि खोरको ढोका खोल्दा बुबा कुमार भट्टराई र हजुरआमा कान्छी भट्टराईलाई समेत चितुवाले आ,क्रमण गरेछ ।’ ७७ वर्षकी हजुरआमा कान्छी भट्टराईको टाउको र शरीरभरि घा,उ चोट लागेको छ भने हात पनि भाँचिएको छ ।

यस्तै, चितुवालाई खोरबाट भगाउने क्रममा छिमेकी सुविन भट्टराई पनि घा,इते हुनुभएको छ । घा,इते पाँचमध्ये तीन जनालाई अस्पताल भर्ना गरिएको छ भने दुई जना डिस्चार्ज भएका छन् ।

७७ वर्षकी हजुरआमा कान्छी भट्टराई र उहाँका छोराबुहारीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको वडा अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । घा,इतेको सीतापाइलामा रहेको मनमोहन अस्पतालमा उपचार भइरहेको हो ।

‘चितुवा खोरबाट भागेको छ तर यहाँ पटक पटक चितुवाले आ,क्रमण गर्दै आएको छ’, वडाध्यक्ष पोखरेलले भन्नुभयो– ‘शिवपुरी राष्ट्रिय निकुञ्जको पर्खाल भत्किएपछि जङ्गलबाट आहाराको खोजीमा चितुवा बस्तीमा पस्न थालेको छ ।’

चितुवाको जोखिम बढेकाले यसको  रोकथामका लागि निकुञ्जका अधिकारीहरुसँग छलफल भइरहेको पनि वडा अध्यक्ष सुरजकुमार पोखरेलले जानकारी दिनुभयो ।

217 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक १० गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal