गुल्मीकी ‘जम्दार्नी आँबै’ : आफ्नै छोराको चौरासी हेर्न पाउने ‘भाग्यमानी “आमा”

२०७९ असार ३० गते, बिहीबार

रुरुक्षेत्र गाउँपालिका वडा नं. १ च्युरेक ठाडाबाटकाे जम्दार टाेलमा बुधबार बिहानै देखि चहल पहल छ । भएभरका छाेरा बुहारी नातिनातिना पलाँति-खलाँति जम्मा भएका छन । गाउँभरीकाे ध्यान जम्दार्नी आँबैकाे घरतर्फ केन्द्रित छ ।

घरभरी परिवार जम्मा हुँदा जम्दार्नी आमा खुसीले गदगद छन र कहिले नाति नातिनासँग कुरा गर्छिन । कहिले साना पलाँतिनि खेलाउँछिन ।

एउटा दुर्लभ दिन, एउटी आमा  छाेराका चौरासीपुजामा सरिक हुने याे संयाेग सम्भवत अहिले सम्म सुनिएकाे छैन जुन संयाेग जम्दार्नी आँबैकाे घरमा जुटेकाे छ ।

“यस्ताे कर्म सबैकाे कहाँ हुन्छ र आमाले छाेराकाे चौरासी गरेकाे याे संयाेग हजारौं वर्षमा सुन्न पाईन्छ र हामीले याे अवसर देख्न पायौंँ । हामी धन्य छौँ” च्यूरेकका पण्डित पशुपति घिमिरेले भने ।

जम्दार्नी आँबैका जेठा छाेरा धन बहादुर  सुवेदी क्षेत्रीकाे चौरासी पुजामा एकसय दस वर्ष पूरा गरेकी आमा ईन्द्र कुमारी सुवेदी क्षेत्रीले छाेराकाे दिर्घ जीवनका लागि आशिर्वाद दिईरहेकाे नजारा देख्न लायक थियाे ।

बिक्रम सम्वत १९६९ मा च्यूरेक ठाडाबाटाका वीर बहादुर क्षेत्रीकी जेठि छाेरिकाे रुपमा जन्मेकि इन्द्र कुमारी क्षेत्रीकाे विवाह पनि ठाडाबाटाकै पदम बहादुर सुवेदीसँग भएकाे थियाे ।

भारतकाे ९ जिआरमा भर्ति भएका जमदार्नी आँबैका बुढा फौजमा जमदारकाे दर्जा पाएपछि बुढा जमदार बा बने र इन्द्र कुमारीकाे नाम जम्दार्नी आँबै बन्याे । जम्दार्नी आँबैकाे तिनभाई छाेरा बुहारी नाति नातिना पलाँति खलाँति गरि चारदर्जन परिवार छन ।

जेठा छाेरा धन बहादुरसंग बस्दै आएकी जम्दार्नी आंबैकाे रेखदेख जेठि बुहारी तुल्सा सुवेदीले गर्दै आईरहेकी छन तर आमा प्रतिकाे जिम्मेवारी सबै छाेरा बुहारी नाति नातिनाले उत्तिकै लिएका छन ।

छाेराकाे चौरासीमा आँखाबाट खुसिका आँसु झार्दै जम्दार्नी आँबैले छाेरालाई आशिर्वाद दिईन र भाग्यमानि छाेराले एक सय दस वर्षकी आमाबाट शिर निहुर्याएर आशिर्वाद लिए ।

248 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal