‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौं । सम्राट बस्नेतले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । निर्देशक बस्नेतले चलचित्र ‘दुर्गा’ निर्देशन गर्न लागेका हुन् ।

थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्र निर्माणको घोषणा गरेका हुन् । थिम पोस्टरमा दुर्गा मन्दिर अगाडि उभिएकी एक युवती छिन् । मन्दिरको ढोका अगाडि उनी एक्लै उभिएकी छन् ।

मन्दिरको ढोका अगाडि त्रिशूल छ । सिनेमाको नाम ‘दुर्गा’ हुनु र त्रिशूलअगाडि बच्चा उभिएको देखिनुले यी दुईबीच केही सम्बन्ध रहेको अनुमान लगाउन सकिन्छ ।

नामले यो सिनेमाको मुख्य पात्र दुर्गा रहेको प्रस्ट संकेत गरेको छ । सिनेमा महिलाप्रधान रहेको पनि अनुमान लगाउन सकिन्छ । मन्दिरमा रातो कलरको अधिकता र युवतीले पनि रातो नै कलरको लुगा लगाएको देखाइनुले सिनेमामा हत्या वा हिंसा प्रचुरमात्रामा रहेको बुझ्न सकिन्छ ।

तर, सिनेमाको दुर्गाको हो भनेर जानकारी दिइएको छैन । कलाकार र प्राविधिक टिमबारे निर्माण टोली मौन रहेको छ । “चाँडै नै हामी चलचित्रका मुख्य कलाकारबारे जानकारी दिने छौँ । केही कलाकार अडिसनबाट छान्ने हाम्रो तयारी  छ,” निर्देशक बस्नेतले भने, “सिनेमा मिथोलोजिकल हुनेछ ।”

कुस्मंडा र ग्लोबल रिल मोसन पिक्चर्सको ब्यानरमा बन्ने चलचित्रको कथा निश्चल ढुंगानाले लेखेका छन् ।

९० दिन छायांकन सेड्युल रहेको चलचित्र काठमाडौं, पोखरा र चितवनमा खिचिनेछ । असोजको पहिलो साताबाट चलचित्र छायांकनमा जानेछ ।

पछिल्लो समय निर्देशक बस्नेतको निर्देशन रहेको चलचित्र ‘लाखे’ रिलिज भएको थियो । यो चलचित्रको केही दिन अगाडि मात्रै युट्युब रिलिज गरिएको थियो ।

41 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal