चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौं । भदौ २६ गतेबाट प्रदर्शन हुने चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरेको हो ।

गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत छ । स्वर प्रशान्त शिवाकोटी र विज्ञानी पराजुलीको छ । एकै नजरमा बसेको प्रेम र त्यसपछिको परिकल्पना गीतमा समेटिएको छ ।

सुन्दर युवती देखेपछि युवकको मनमा उठ्ने भवना र उसले गर्ने जीवनको कल्पनामा गीत केन्द्रित छ । प्रेमिल गीतले सिनेमा पूर्णतः प्रेम कथामा आधारित रहेको संकेत गरेको छ । गीतले त्रिकोणात्मक प्रेम देखाइएको छ । एक युवकको तीन युवतीसँग प्रेम गीतमै देखाइएको छ ।

गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा दील श्रेष्ठ, सृष्ठि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहलगायत छन् ।

यो चलचित्रलाई रेखा थापाले निर्देशन गरेकी छन् । ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय सिनेमा हो ।

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारहरू छन् ।

चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिकामा छन् । लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायतको पनि अभिनय रहेको छ ।

ध्रुव लम्सालको स्क्रिप्ट रहेको चलचित्रले प्रेम कथाका माध्यमबाट सामाजिक भावनालाई उठान गर्नेछ । चलचित्रमा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन् ।

सुदीप बराल डिओपी रहेको यस चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक छन् । संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन सुमन तिवारी रहेका छन् । यो चलचित्रलाई देशभरका प्रमुख वितरक कम्पनीहरू रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् ।

47 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal