काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौं — फिनिक्स एजुकेशन नेटवर्कको आयोजनामा ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी) २०२६’ भव्यताका साथ सम्पन्न भएको छ । ‘उत्प्रेरित युवा, नेतृत्वदायी राष्ट्र’ भन्ने नारासहित आयोजित कार्यक्रममा देशभरका हजारौं युवाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कार्यत्रक्रमको कार्यक्रमको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षा प्रणालीलाई समयानुकूल रूपान्तरण गर्दै युवा शक्तिलाई राष्ट्र निर्माणमा प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
कन्क्लेभका संयोजक राजु टण्डनले प्रतिभाशाली युवाको विदेश पलायन मुलुकका लागि चुनौती भएकाले स्वदेशमै अवसर सिर्जना गर्न निजी तथा सार्वजनिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कन्क्लेभमा यस वर्षको ‘केवाईसी युथ आइकन अवार्ड २०२६’ विश्वप्रसिद्ध पर्वतारोही मिमा डेभिड शेर्पालाई प्रदान गरिएको थियो । उहाँलाई नगद एक लाख रुपियाँसहित सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
त्यसैगरी, इन्जिनियर सुलभ राज श्रेष्ठसहित ‘जेन्जी’ शहीद तथा नायकहरूको योगदानको कदर गर्दै उनीहरूका परिवारलाई पचास हजार रुपियाँ नगद सहयोगसहित विशेष सम्मान गरिएको थियो । सो अवसरमा सुलभ राज श्रेष्ठका पिता नरेन्द्र श्रेष्ठले युवाहरूलाई गुरु र अभिभावकप्रति सम्मानभाव राख्न तथा भ्रष्टाचारविरुद्ध सचेत भएर उभिन आग्रह गर्नुभयो ।
कार्यक्रमका क्रममा पाकिस्तानको हिमाल क्षेत्रमा हिमपहिरोमा परी पर्वतारोही निर्मल (निम्स) पुर्जा र उहाँको टोलीको निधन भएको खबर पुष्टि भएपछि उपस्थित सबैले एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कन्क्लेभमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आफ्नो संघर्ष र सफलताको अनुभव सुनाउँदै युवालाई लक्ष्यप्रति दृढ रहँदै देशको भविष्य निर्माणमा सक्रिय हुन प्रेरित गर्नुभयो ।
यस्तै, पर्वतारोही कविता नेपाली, हास्य कलाकार मेक्सम गौडेल, सामग्री सर्जक साई ग्रेस, गायिका अस्मिता अधिकारी, गायक महेश काफ्ले, गायक बृजेश श्रेष्ठ, पारस वम ठकुरी (कुल ब्वाइ), कन्टेन्ट क्रियटर कुशुम नेपाल, गायक तथा संगीतकार एसटी म्यान, एक्सपर्ट डाइरेक्टर खेम संग्रौलालगायतले आफ्ना अनुभव र प्रस्तुति प्रस्तुत गरेका थिए ।
एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेस मुख्य प्रायोजक रहेको कार्यक्रममा एनसेल फाउन्डेसनसहित विभिन्न संस्थाको सहयोग रहेको थियो । कार्यक्रममा शिक्षा, खेलकुद, प्रविधि तथा नेतृत्व विकासका क्षेत्रमा युवाको सक्रिय सहभागिता आवश्यक रहेकोमा वक्ताहरूले जोड दिएका थिए ।

47 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal