आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

शत्रु गुञ्जा
हिजोको फरक समाज अनि आजको फरक समाज, फरक सोच अनि फरक धारणा, सबै फरक हुँदै गर्दा फरक नै भैरहेको आधुनिकता र आजको एआइ समाज र आज फरक भैरहेको नारिहरुको फरक ढङ्ग र प्रस्तुति जुन हिजो कुनै राजा महाराजाको घरभित्र हुने गथ्र्यो आज समाजभरि छ्यापछ्याप्ति यस्ता नाच अनि व्यवहारहरु देख्न पाईन्छ । मानोेै आजको नग्न नाच नेपाली नारिहरुमा माता चढे जसरि शरिरमा आईसकेको छ ।

हिजो लाज भित्र लाज थियो माया थियो ममता थियो तर आज आज त्रास छ सोच र बिचार नै फरक छ । आधुनिक प्रबिधिले आजको नारि लाई धेरै नै आधुनिक बनाएको छ । हिजो घडि थिएन तर समय थियो मोबाइल थिएन समूह थियो हिजो फेसन थिएन मुस्कान थियो अनि डिस्को र क्लब थिएन रोधि र संस्कृति थियो । आधुनिक जमाना अनि आज घडि छ समय छैन मोबाइल छ उ माईग्रेन र ब्याईफ्रेण्डको समस्यामा छे न मुस्कान न लाज त्यो डिस्को र क्लबको बास उ आफै भन्छे समय अनुसार फरक हुनु पर्छ । हो म पनि भन्छु हुनुपर्छ तर नग्नता भएर कसरी फरक भइन्छ । हिजोको नारिले लजाउदा त्यो लजालुपनले धेरैको मनभरि मायाको आभाष हुन्थ्यो आज तिमी लजाउँदा त्यो कपडा भित्रको कपडा पनि छोपिएको छैन जस्तो आभाष हुन्छ । यो आजको नजर हो आजको समय हो आजको फेसन हो ।
के आजको नेपाल अनि नेपालिको मानसिकताले यो ठिक छ भनेर भन्न सक्छ के मान्छेको मनसपटल भन्दा कपडा छोटो भएको हो या त जमानालाई स्वागत गरिरहेको छ ? कुनै समय पहिरन भनेर व्याख्या गर्ने समय थियो आज के भनेर बुझ्ने अनि के आज प्रबिधिको सदुपयोग हुदैछ या त दुरुपयोग ।

पहिलो–ः पहिरन भनेको मानिसको शरिर ढाक्ने कपडा नै हो ।
दोस्रो–ः कत्ति र कहाँ कहाँ ढाक्ने कपडा चै पहिरन हो ।

नेपाल सांस्कृतिक सम्पदाले भरिपुर्ण देश हो तर आजको संस्कृति नेपालि नारिको निम्ति जत्ति नाग्गियो उत्तिनै आकर्षक हुँदै गैरहेको छ । जुन नेपाली जगतले अझै निल्न सकेको छैन । कारण सभ्यता, किन कि हामी नेपाली पोैरखमय छोै बाजे बराजुदेखि हामी र अबको आउने पिँढि पनि नेपालको परम्परागत भेषभुषा परम्परागत रहनसहन नै चाहन्छ तर केही नारिको चरम लापरबाहीले या उत्तेजक कपडाको कारण कुनै पुरुषको मनोबललाई उच्च बनाउछ यो सत्य हो ।

उत्तेजनशिल कपडा अनि हाउभाउ त्यो आधुनिक फेसबुक तथा अन्य कुनै सामजिक सन्जालमा आफुलाई यसरी प्रर्दशन गरिरहेकि हुन्छे जुन नेपाली युवालाई आत्मबल या कुनै अपराध नजिक पुर्याउन निकै मद्दत गरिरहेको हुन्छ । यो समस्या आखाले देखिदैन तर पुरुषहरुले भोगिरहेका हुन्छन् ।

क्षणभरको वाहिवाहीले केही पैसा र आफुलाई अरु भन्दा फरक देखाउने सोच नै आजको समस्या हो आजको आधुनिकताको समस्या हो । आजको नारि देखावटीको संसारमा रमाउन चाहन्छन् बिदेशि फेशन रुचाउने छोटो कपडा लगाउने छोप्ने भन्दा बाँकी खालि नै राख्न मन पराउने यो नेपालको समाजमा अपच्य छ जुन देखेर पुरुषको ध्यानाकर्षण हुन्छ उ आफुलाई समाल्न सक्दैन मनभित्रको कोैतुहलताले नै विभिन्न गतिबिधि हुने गर्छ ।

हो लगाउनु पर्छ समय अनुसार फरक हुन जरुरि छ तर हदै सम्मको कपडा लगाउन जरुरि छ के कुनै भिडियो बनाउन जरुरि छ यो समाज ले देखिरहेको छ बुझि रहेको छ तर मोैन छ यो पनि अपराध भन्दा कम छैन । छोरी चेलीलाई देविको दर्जा दिदै पुज्ने चलन छ अबको समाज ले यो आधुनिकतालाई कुन दर्जा दिएर पुजिरहेको छ ।

के पुरुष ले देवि नै मानेर आखा छोपेर बसेको छ, छैन कदापि छैन । यो भनिरहदा साएद लालछना लाग्छ तर सभ्य समाज बनाउनु छ या योैनजन्य अपराध तथा यस्ता गतिविधिबाट बच्न छ भने पक्कै यस्ता कुराहरुबाट हामी निस्कन जरुरि छ । फेसनको नाममा आफुलाई आर्कषित बनाउनबाट बाहिर निस्कन जरुरि छ, कपडा शरिरको निम्ति हो कपडा अरु चिजको निमित्त नै हो तर त्यहीँ कपडा आज फेसनको आडमा कुनै नारिलाई यसरी नङ्ग्याईरहेको छ जुन आधुनिकपनले आफु नाँगिन पनि तयार भैरहेकि छे । रङ्गिन पर्दा पछाडि भैरहेको दृश्यले आजको नारिलाई यसरी आफुतिर तानिरहेको छ अब उ भित्रि वस्त्रबाहेक अरु पनि कपडा हुन्छ र भन्ने पक्षमा उभिरहेकि छे ।

केही भिउजको लोभ लालचमा केहि पैसा र देखावटिको संसारमा आफुलाई नै बिर्सिसकेको नारिकोहरुको केही जमातहरुले आजको योैनजन्य जस्तो अपराधहरुलाई नजिक ल्याईरहेको छ । उ भिडियोमा आउँछे नाङ्गिएर जान्छे तर केहि सेकेन्ड र केही मिनटको भिडियोले समाजको युवालाई योैनजन्य कृयाकलाप माथि सोच्न बाध्य तुल्याउछ ।

नोट– केही सिमित महिलाको लागि हो, जो आफुलाई नङ्ग्याएर समाज माथि परिवारमाथि र सभ्य नारि माथि नै कलङ्कित बनिरहेकि छे र बलत्कार जस्तो जघन्य अपराधलाई देश र समाज भित्र स्वागत गरिरहेकि छे ।

56 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal