प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
काठमाडौं । प्रधानमन्त्री बालेन साहकी स्वकीय उपसचिव प्रकृति ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
असार ७ गते देखि चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा सोमबार आफ्ना निकटस्थहरूसँग छलफल गर्दै ढकालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
“म पदका लागि होइन, सुशासन, पारदर्शिता र जवाफदेहिताको अभियानलाई संस्थागत गर्न उम्मेदवारी दिन लागेको हुँ । राम्रो मान्छे नेतृत्वमा पुग्नुपर्छ भन्ने मेरो विश्वास हो, ”ढकालले भनिन् ।
चितवनकी २८ वर्षीया ढकाल देश परिवर्तनका लागि संवाद यात्राु अभियानकी संयोजकसमेत हुन् । ‘नाता भन्दा क्षमता, परम्परा भन्दा पारदर्शिता र अहिले नै जवाफदेहिता’ भन्ने मूल मन्त्र सहित उनले देशका १४ भन्दा बढी जिल्लाको भ्रमण गरी नागरिक, युवा, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सरोकारवालासँग प्रत्यक्ष संवाद गरेकी छन् । उनले काठमाडौं केन्द्रित राजनीतिबाट बाहिर परेका आवाजलाई राष्ट्रिय बहसमा ल्याउनु र नयाँ पुस्तालाई राजनीतिक चेतनासँग जोड्नु अभियानको मुख्य उद्देश्य रहेको बताएकी छन ।
ढकालले बेलायत सरकारको प्रतिष्ठित चेभेनिङ पूर्ण छात्रवृत्ति अन्तर्गत लन्डन स्कूल अफ इकनमिक्सबाट ग्लोबल हेल्थ पोलिसीमा एमएस्सीमा स्नातकोत्तर उपाधि हासिल गरेकी छन् । उनले गण्डकी मेडिकल कलेजबाट चिकित्सकीय प्रतिचित्रण प्रविधि विषयमा स्नातकोत्तर तथा किङ्स कलेज, नेपालबाट गैरनाफामूलक व्यवस्थापन विषयमा स्नातकोत्तर व्यवस्थापन ९एमबीए ० अध्ययन पूरा गरेकी छन् । साथै उनले अक्सफोर्ड विश्वविद्यालयबाट प्रणालीगत सोचसम्बन्धी तालिम पनि लिएकी छन् ।
पोखरा अनुसन्धान केन्द्रमा झण्डै चार वर्ष कार्यक्रम अधिकृतका रूपमा काम गरेकी ढकाल हाल युनाइटेड फर इम्प्याक्टकी कार्यकारी निर्देशक तथा आईएन ल्याबमा विश्वव्यापी स्वास्थ्य
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





