किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ । ‘बाः एक योद्धा’ले नेपाली समाजको वास्तविक पक्षलाई आफ्नो कथा बनाएको छ ।

नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा हो । कथाले यो सिनेमाको केन्द्रमा बुवा हुने संकेत गर्छ ।

त्यसो भए यो चलचित्रको हिरो अथवा ‘बा’ को हो त ? सिंगो सिनेमा आफ्नो काँधमा बोकेर हिँड्ने ‘बा’ को हो ?

‘बा एक योद्धा’ले विस्तारै आफ्ना कलाकार रिबिल गर्दै गएको छ । त्यसैक्रममा केही दिनअगाडि मात्रै सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापाको नाम निर्माण टिमले सार्वजनिक गरेको थियो । त्यसअघि झरना थापा, सुहाना थापा र अभिनेता दिव्यदेव पन्तको नाम बाहिर ल्याइएका थियो ।

चलचित्रको छायांकन सकिसक्यो । पोस्टको काम समेत सुरु भइसक्यो । तर, यो चलचित्रको मुख्य पात्र र अथवा ‘बा’को हो भन्ने निर्माण टिमले हालसम्म जानकारी दिएको छैन ।

“हामी विस्तारै यो सिनेमाबारे थप जानकारी दिँदै जाने छौँ । हाम्रा कलाकार र अन्य जानकारी पनि विस्तारै आउँदै जानेछ,” निर्देशक हरि लम्सालले भने, “हामी हाम्रो चलचित्रको बा को हो भनेर पनि केही समयमा जानकारी दिने नै छौँ ।”

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउनेछ । सिनेमाको कथासँग रिलिज डेट म्याच गराउँदै यो सिनेमा कुसे औंसीमा प्रदर्शनमा आउन लागेको हो ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । फिचर फिल्ममा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जकसमेत रहेका लम्सालले यसअघि अभिनेता विपीन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए ।

शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा :  एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

45 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal