प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

रूपन्देही/ प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा लुम्बिनी साँस्कृतिक नगरपालिका-१० महिलावारस्थित लुम्बिनी विकास कोष परिसर, विश्व शान्ति दीप अगाडि सोमबार आयोजित शान्ति पदयात्रा तथा आत्महत्या, लागूऔषध दुर्व्यसन, सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित शान्ति पदयात्रा लिटल बुद्धदेखि सुरू भई अन्तर्राष्ट्रिय सभाहलमा पुगेर सम्पन्न भएको थियो । पदयात्रामा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्की, मध्यपश्चिम पृतना बुटवलका प्रमुख उपरथी हिक्मत बहादुर विष्ट, रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधि तथा पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, संचारकार्मीहरू, विद्यार्थीहरू लगायतको सहभागिता रहेको थियो ।

शान्ति पदयात्रा पश्चात अन्तर्राष्ट्रिय सभाहलमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले जनचेतनामूलक कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले पदयात्राले सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज एवम् सरोकारवाला सबै पक्षहरू एकआपसमा समन्वय गर्दै एकअर्काको सारथीको रूपमा काम गर्न सकिन्छ भन्ने सामुहिक प्रतिबद्धताको उदाहरण प्रस्तुत गरेको बताउनुभयो । समाजमा देखा परेका लागूऔषध दुर्व्यसनी, आत्महत्या, सडक दुर्घटना लगायतका अन्य गम्भीर चुनौतीहरूलाई सम्बोधन गर्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नभएको उल्लेख गर्दै शान्तिपूर्ण समाज सिर्जना गर्नको लागि सबै सरोकारवाला पक्षहरूको सामुहिक प्रतिबद्धता अपरिहार्य रहेको उहाँले बताउनुभयो । साथै सबैको सामुहिक प्रतिबद्धताको माध्यमले सुरक्षाका चुनौतीहरू, शान्तिका चुनौतीहरू एवम् विकासका चुनौतीहरूलाई परास्त गर्दै आगामी दिनमा सुनौलो भविष्य कोर्न सक्षम एवम् सामर्थ्य हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले आफ्नो शुभकामना सहितको मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भुपेन्द्र बहादुर खत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुका साथै जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल प्रहरी केन्द्रीय संगित विद्यालयबाट ब्याण्ड डिस्प्ले प्रस्तुत गरिएको उक्त कार्यक्रममा एसिड आक्रमण तथा जलन सम्बन्धी जनचेतनामूलक प्रस्तुती एवम् लागूऔषध दुर्व्यसनी, सडक दुर्घटना, आत्महत्या तथा बालबिवाह सम्बन्धमा नाटक प्रस्तुतीका साथै लागूऔषध दुर्व्यसनबाट पीडित भई समाजमा पुन:स्थापित भएका व्यक्तिबाट अनुभव सहितको प्रस्तुती गरिएको थियो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जेठ ३० गतेदेखि असार १ गतेसम्म तीन दिने विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । जस अन्तर्गत बुटवलस्थित प्रहरी तालिम केन्द्रमा Hack4Safety र लुम्बिनीमा Peace Walk (शान्ति पदयात्रा) सञ्चालन गरेको थियो भने बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (BICC) मा Community Awareness Program (जनचेतना कार्यक्रम) आयोजना हुँदैछ ।

Hack4Safety मार्फत प्रविधिमा रूचि राख्ने युवा, विद्यार्थी, डेभलपर, इन्जिनियर तथा नवप्रवर्तनकर्ताहरूसँग जोडिन खोजिएको छ । आजको सुरक्षा चुनौतीसँग जुध्न केवल परम्परागत उपाय पर्याप्त छैनन् । त्यसैलै युवाहरूलाई प्रविधिको माध्यमबाट सार्वजनिक सुरक्षा, साइबर अपराध नियन्त्रण, अनुसन्धान सहयोग तथा प्रहरी सेवामा योगदान दिन आह्वान गरिएको छ ।

Peace Walk मार्फत बुद्ध जन्मस्थल लुम्बिनीबाट शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र सामूहिक जिम्मेवारीको सन्देश प्रवाह गर्न खोजिएको छ । यस कार्यक्रममा सहभागी विद्यार्थी, अभिभावक, नागरिक समाज, स्थानीय समुदाय तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूसँग प्रत्यक्ष अन्तरक्रिया र जनचेतनामूलक सन्देश प्रवाह गरिएको छ । शान्ति केवल प्रहरीको जिम्मेवारी होइन, सम्पूर्ण समाजको साझा दायित्व हो भन्ने सन्देशप्रवाह गर्नु यस कार्यक्रमको उद्देश्य रहेको छ ।

त्यस्तै BICC मा आयोजना हुने Community Awareness Program मार्फत विशेषगरी युवा पुस्ता, विद्यार्थी, अभिभावक तथा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै बढ्‌दो साइबर अपराध, लागूऔषध दुर्व्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण, डिजिटल सुरक्षा लगायतका विषयमा सचेतना अभिवृद्धि गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।

33 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

१० करोडको नजिक ‘गौंथली’

२०८३ श्रावण १२ गते, मंगलवार

सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’

२०८३ श्रावण १२ गते, मंगलवार

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न

२०८३ श्रावण १२ गते, मंगलवार

एमबीएसको प्रश्नपत्र आउट प्रकरणः थप २ जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

२०८३ श्रावण १२ गते, मंगलवार

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त

२०८३ श्रावण १२ गते, मंगलवार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal