MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

काठमाडौँ / MDR Team ले आफ्नो आधिकारिक लोगो सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको उक्त लोगो अबदेखि MDR Team को आधिकारिक पहिचानका रूपमा प्रयोग गरिने जानकारी दिइएको छ ।

MDR Team का संयोजक तथा लिडर केदार तिमिल्सिना पेशाले आईटी इन्जिनियर हुन्। ओखलढुङ्गामा जन्मिएका तिमिल्सिना हाल अमेरिकामा बसोबास गर्दै आएका छन्। उनी Nepal Viral Monetization Group तथा MDR Group का एडमिन समेत हुन्। नेपालमा फेसबुक मोनिटाइजेसन सुविधा सुरु भएपछि नेपाली सर्जकहरूलाई संगठित, सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यले उनले MDR Team स्थापना गरेका हुन्। टिमका अनुसार MDR Team मा नेपालका ७६ जिल्ला तथा विश्वका करिब २३ देशमा बसोबास गर्ने नेपालीहरूको सक्रिय सहभागिता रहेको छ। यसले टिमको पहुँच अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार भएको देखाउँछ।

MDR Team ले “I Am With MDR”, “#MDR Live With MDR Leader” लगायत विभिन्न सचेतनामूलक तथा डिजिटल सर्जक केन्द्रित अभियानहरू सञ्चालन गरिसकेको छ। ती अभियानहरूले समुदायलाई जोड्ने, सर्जकहरूलाई प्रोत्साहन गर्ने तथा डिजिटल प्लेटफर्महरूको सही उपयोगबारे जागरूकता फैलाउने कार्य गरेको टिमले जनाएको छ। टिमले अबदेखि अझ परिमार्जित, परिष्कृत तथा व्यवस्थित ढंगले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सर्जकहरूको हित, पारस्परिक सहयोग तथा डिजिटल क्षेत्रको समग्र विकासका लागि MDR Team अझ प्रभावकारी रूपमा क्रियाशील रहने बताइएको छ। MDR Team का लिडर केदार तिमिल्सिना ले सम्पूर्ण सदस्य, सर्जक तथा शुभेच्छुकहरूलाई निरन्तर साथ, सहयोग र विश्वासका लागि हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

87 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal