जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

काठमाडौं । राष्ट्रिय जेनजी–नागरिक अभियानले आफ्ना सहसंयोजक अजय सोडारी र प्रवक्ता विर्जन विश्वकर्मालाई गृहमन्त्री सुदन गुरुङले प्रतिशोध साँधेको आरोप लगाएका छन् । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानले राष्ट्रियताको विषयमा बोल्दा पक्राउ गरिएको भन्दै आक्रोश व्यक्त गरेको छ ।

अभियानका सचिव प्रकाश बमले आफ्ना सहकर्मीहरुलाई वर्तमान सरकारले विना कारण पक्राउ गरेको आरोप लगाएका छन् । नेपालको सीमा सुरक्षा, भौगोलिक अखण्डताको रक्षा र राष्ट्रिय हितको पक्षमा आवाज उठाउँदा गिरफ्तार गरिएको आरोप लगाउँदै बमले भने,“संवैधानीक अधिकारमा टेकेर गरिएको शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्दै राष्ट्रभक्ति आवाजको हत्या गर्ने निरङ्कुशता तर्फ सरकार जाँदै छ ।” बमले आफ्ना साथिहरुलाई तत्काल रिहा गर्न मागसमेत गरे ।

जेनजी अगुवा सुजन पौडेलले सोडारी र विश्वकर्मालाई गत शुक्रबार राति कार्यक्रम सम्पन्न गरेर घर फर्किने क्रममा लखेटी–लखेटी पक्राउ गरिएको भन्दै आक्रोश व्यक्त गरे । गृहमन्त्री बहाली हुनुपूर्व यस अघि नै आफ्नो टोलिलाई प्रहरी हिरासतमा गई धम्काएको विषयलाई स्मरण गर्दै पौडेलले भने,“हामीमाथि गृहमन्त्री सुदन गुरुङले बारम्बार प्रतिशोध लिनुपर्ने कारण के छ ।” उनले आफ्ना साथिहरुलाई विनासर्त रिहाई गर्न माग गरे ।

जेनजी उमेश चन्दले राष्ट्र हितका पक्षमा उठेका आवाजलाई दबाएर भन्दा सम्बोधन गरेरमात्रै समस्याको हल हुने बताए । उनले राष्ट्रभक्त युवाहरुलाई राज्यले हिरासतमा राखेर दुःख दिने कार्य गरिरहे थप संघर्षमा उत्रने चतावनी दिए ।

50 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal