जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

काठमाडौं । राष्ट्रिय जेनजी–नागरिक अभियानले आफ्ना सहसंयोजक अजय सोडारी र प्रवक्ता विर्जन विश्वकर्मालाई गृहमन्त्री सुदन गुरुङले प्रतिशोध साँधेको आरोप लगाएका छन् । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानले राष्ट्रियताको विषयमा बोल्दा पक्राउ गरिएको भन्दै आक्रोश व्यक्त गरेको छ ।

अभियानका सचिव प्रकाश बमले आफ्ना सहकर्मीहरुलाई वर्तमान सरकारले विना कारण पक्राउ गरेको आरोप लगाएका छन् । नेपालको सीमा सुरक्षा, भौगोलिक अखण्डताको रक्षा र राष्ट्रिय हितको पक्षमा आवाज उठाउँदा गिरफ्तार गरिएको आरोप लगाउँदै बमले भने,“संवैधानीक अधिकारमा टेकेर गरिएको शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्दै राष्ट्रभक्ति आवाजको हत्या गर्ने निरङ्कुशता तर्फ सरकार जाँदै छ ।” बमले आफ्ना साथिहरुलाई तत्काल रिहा गर्न मागसमेत गरे ।

जेनजी अगुवा सुजन पौडेलले सोडारी र विश्वकर्मालाई गत शुक्रबार राति कार्यक्रम सम्पन्न गरेर घर फर्किने क्रममा लखेटी–लखेटी पक्राउ गरिएको भन्दै आक्रोश व्यक्त गरे । गृहमन्त्री बहाली हुनुपूर्व यस अघि नै आफ्नो टोलिलाई प्रहरी हिरासतमा गई धम्काएको विषयलाई स्मरण गर्दै पौडेलले भने,“हामीमाथि गृहमन्त्री सुदन गुरुङले बारम्बार प्रतिशोध लिनुपर्ने कारण के छ ।” उनले आफ्ना साथिहरुलाई विनासर्त रिहाई गर्न माग गरे ।

जेनजी उमेश चन्दले राष्ट्र हितका पक्षमा उठेका आवाजलाई दबाएर भन्दा सम्बोधन गरेरमात्रै समस्याको हल हुने बताए । उनले राष्ट्रभक्त युवाहरुलाई राज्यले हिरासतमा राखेर दुःख दिने कार्य गरिरहे थप संघर्षमा उत्रने चतावनी दिए ।

71 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal