चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा

२०८२ माघ ११ गते, आईतवार

काठमाडौं । चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले शुक्रबार विद्याकी देवी सरस्वतीको पूजा (वसन्तपञ्चमी) को शुभ अवसर पारेर चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रले आगामी वर्षको २०८३ जेठ १५ गते (गणतन्त्र दिवस) लाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । निर्माण टोलीले विशेष शैलीमा चलचित्रको मिति घोषणा गरेको छ । चलचित्रका मुख्य बाल-कलाकारहरू अध्ययन गर्ने विद्यालय ‘पाथिक ज्ञ्यान निकेतन’ मै पुगेर सरस्वती पूजाको अवसरमा निर्माण टिमले रिलिज मिति सार्वजनिक गरेको हो ।

निर्माता विनोद पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइने छ । चलचित्रको मुख्य हिस्सा हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा खिचिएको छ । जोन योञ्जनको निर्देशनमा तयार भइरहेको ‘रोल नं. १’ पूर्ण रूपमा ‘बाल मनोविज्ञान’ मा आधारित चलचित्र हो । गत वर्ष सार्वजनिक गरिएको चलचित्रको ‘फर्स्टलुक’ पोस्टरमा एउटा बालकले कक्षाकोठामा हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको दृश्यले धेरैको ध्यान खिचेको थियो, जसले शिक्षा क्षेत्रको एउटा गहन पाटोलाई उजागर गर्ने अपेक्षा गरिएको छ ।

महेश दवाडीको लेखन रहेको यस चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा रहेका छन् । चलचित्रको बाल-कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं हुन् । शिवराम श्रेष्ठको डीओपी रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् । यो चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने भएको छ ।

73 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

१० करोडको नजिक ‘गौंथली’

२०८३ श्रावण १२ गते, मंगलवार

सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’

२०८३ श्रावण १२ गते, मंगलवार

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न

२०८३ श्रावण १२ गते, मंगलवार

एमबीएसको प्रश्नपत्र आउट प्रकरणः थप २ जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

२०८३ श्रावण १२ गते, मंगलवार

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त

२०८३ श्रावण १२ गते, मंगलवार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal