माघ १६ गते चलचित्र ‘द ब्ल्यू लाइट’ रिलिज
काठमाडौं । आगामी माघ १६ गते चलचित्र ‘द ब्ल्यू लाइट’ रिलिज हुँदा अनुभवी कलाकारहरूको सिनेमा दर्शकसामु आउनेछ । आफूलाई दर्शकसामु प्रमाणित गरिसकेका कलाकारहरूको यो चलचित्रमा अभिनय रहेको छ ।
अभिनयको क्षेत्रमा आफूलाई अब्बल प्रमाणित गरेका चलचित्रकर्मीको चलचित्र हो, ‘द ब्ल्यू लाइट’ । यो चलचित्रमा अभिनेत्री बेनिशा हमाल छिन्, जसले ‘ब्लाइन्ड रक्स’मार्फत नै आफूलाई प्रमाणित गरिसकेकी थिइन् । यो चलचित्रमा अर्का मुख्य कलाकार हुन्, महेश त्रिपाठी । जसले ‘हल्कारा’मार्फत नै उनले आफूलाई अब्बल दर्जाको अभिनेता प्रमाणित गसिकेका थिए । अहिले हलमा रहेको चलचित्र ‘परान’मा पनि महेश छन् ।
अर्पण थापा, जो नेपाली चलचित्र उद्योगमा सीमित अब्बल कलाकारमध्ये उनी एक हुन् । जसको एटिच्युड निकै लोभलाग्दो हुने गरेको छ ।
आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठजस्ता लोकप्रिय कलाकार यो सिनेमामा छन् । सुरक्षा इटानी, ग्रिस्मा कटुवाल र सहारा शर्माको पनि यो चलचित्रमा अभिनयमा रहनेछन् ।
‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानको निर्देशन गरेका छन् । यो उनको पहिलो निर्देशन हो । तर, चिफ एडीको रुपमा भने उनले थुप्रै चलचित्रमा काम गरेको अनुभव छ । गएको दसैँमा रिलिज भएको ‘बलिदान’को निर्देशकीय टिममा पनि बलिराम थिए ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको चलचित्रलाई स्काइफल पिक्चर्सले प्रस्तुत गर्दैछ । हालै युट्युबमा ट्रेलर सार्वजनिक भएसँगै दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया आइरहेका छन् । धेरै दर्शकले नेपाली चलचित्रमा नयाँ स्वाद र फरक विधाको आगमन भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
गत शुक्रबार रिलिज गरिएको यो ट्रेलर सार्वजनिक भएसँगै दर्शकमाझ कौतुहलता र चर्चा पैदा गरेको छ । धेरैले चलचित्रको सस्पेन्स र कलाकारहरूको ‘पावरफुल’ अभिनयको तारिफ गरेका छन् । विशेष गरी गम्भीर र जटिल विषयवस्तुमा आधारित चलचित्र रुचाउने दर्शकहरूका लागि ‘द ब्ल्यू लाइट’ विशेष हुन सक्ने देखिन्छ ।
ट्रेलरको सुरुवातदेखि नै रहस्यमयी र अँध्यारो परिवेश देखाइएको छ । अभिनेत्री बेनिशाले ‘माया’ नामक युवतीको भूमिका निर्वाह गरेकी छिन्, जो एक्लोपन र कुलतमा फसेकी देखिन्छिन् । ट्रेलरमा देखाइएका दृश्यहरूले मायाको जीवनमा घटेका रहस्यमय घटनाहरू, प्रेम, धोका र बदलाको कथालाई संकेत गर्छन् । विशेष गरी अर्पण थापाको रहस्यमयी भूमिका र प्रहरी सोधपुछका दृश्यहरूले चलचित्रको सस्पेन्सलाई अझ थप उचाइ दिएको छ । ‘विक्रम’ भन्ने पात्रको वरिपरि घुमेको रहस्य र ‘द ब्ल्यू लाइट’ को अर्थ के हो भन्ने कुराले ट्रेलरलाई थप रोचक बनाएको छ ।
निर्देशक चौहानका अनुसार चलचित्रको विषयवस्तु नयाँ नभए पनि यसलाई प्रस्तुत गर्ने शैली फरक छ । “हामीले देखाउन खोजेको विषयवस्तु नयाँ पक्कै पनि छैन । तर हामीले त्यही कुरालाई नयाँ शैलीमा देखाएका छौ,” निर्देशक चौहान भन्छन्, “यस भित्र रहेका पात्रका संवेग र भावनाहरू उच्च संवेदनशील छन् जसले दर्शकलाई एक खालको अनुभव दिन्छ भने आशा गर्दछौ ।”
चलचित्र ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने यस चलचित्रका छायाकार समेत रहेका नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





