अर्पण थापाको निर्देशनमा बन्ने चलचित्र ‘फ्रेन्च किस’ निर्माण हुने

२०८२ माघ ११ गते, आईतवार

काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’ ( French Kiss) निर्माण हुने भएको छ । ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको शुक्रबार सरस्वतीको पूजा (वसन्तपञ्चमी)को अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा घोषणासँगै शुभमुहूर्त गरिएको छ ।

नेपाली चलचित्र क्षेत्रमा फरक शैली र धारका चलचित्र निर्देशनका लागि चिनिने अभिनेता अर्पण थापाले आफ्नो नयाँ प्रोजेक्ट ‘फ्रेन्च किस’को औपचारिक रुपमा घोषणा गरेका हुन् । यस चलचित्रलाई थापा स्वयंले निर्देशन गर्दैछन् ।

सोमबारबाट चितवनका विभिन्न स्थानमा छायांकन सुरु हुनेछ । चलचित्रमा अर्पण थापा मुख्य भूमिकामा देखिनेछन् । उनीसँगै अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएको चलचित्र ‘शाम्बाला’बाट चर्चामा आएकी अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा रहनेछिन् ।

अभिनेत्री थिन्लेले यसअघि स्वीट्जरल्यान्डको विश्वप्रसिद्ध ७७औँ लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि प्रतिष्ठित ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी थिइन् । यो चलचित्रमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम चम्काएकी थिन्ले र भर्सटायल अभिनेता अर्पण थापाको अनस्क्रिन जोडी देखिनेछ । चलचित्रको मुख्य भूमिकामा अभिनेत्री गौरी मल्ल र आयशा तामाङ पनि रहनेछन् ।

चलचित्रको कार्यकारी निर्मातामा सौगात बस्नेत र सह–निर्मातामा सुभाष बी. शाही छन् । चलचित्रलाई अनुभवी सिनेमेटोग्राफर सुदीप बरालले खिच्नेछन् । चलचित्रमा संगीत चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यको रहनेछ । रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले पब्लिसिटी डिजाइनको जिम्मा लिएको यो चलचित्र सन् २०२६ भित्रमा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ ।

शीर्षकले नै युवा पुस्ता र प्रेमकथामा आधारित हुनसक्ने अनुमान लगाउन सकिन्छ । अभिनय र निर्देशनमा आफ्नै बेग्लै छाप छाड्न सफल अर्पण थापाको यो नयाँ चलचित्रले केही फरक टेस्ट नेपाली दर्शकलाई दिने अपेक्षा गर्न सकिन्छ ।

79 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal