’सिन्दुरे जात्रा’ मा विजय-अञ्जनाको इन्ट्री

२०८२ माघ ११ गते, आईतवार

काठमाडौं । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’को निर्माणपक्षले कलाकार अनुबन्ध गर्न सुरु गरेको छ । सरस्वती पूजाको अवसर पारेर निर्माणपक्षले आज मुख्य दुई कलाकार अनुबन्ध गरेको हो ।

अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएका छन् । ब्लकबस्टर निर्देशक सरोज पौडेलसँग यी दुवै कलाकारको यो दोस्रो सहकार्य हो । यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ मा काम गरेका थिए । जुन नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने चलचित्र बनेको छ । यो चलचित्रले नेपाली बक्स अफिसमा झण्डै ५० करोड भन्दा बढीको व्यापार गरेर इतिहास रचेको छ ।

निर्देशक पौडेलले ‘पूर्णबहादुरको सारङ्गी’ मार्फत आफूलाई नेपालको ‘ब्लकबस्टर निर्देशक’ को रूपमा स्थापित गरे । उनले एउटा सामान्य गन्धर्व परिवारको कथा, बुबा-छोराको सम्बन्ध र शैक्षिक संघर्षलाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरे, जसले देशभरका दर्शकलाई रुवायो र हलसम्म तान्यो ।

यो चलचित्र विजय बरालको करियरको ‘टर्निङ पोइन्ट’ बन्यो । उनले ‘पूर्णबहादुर’ को केन्द्रीय भूमिका निर्वाह गरेका थिए । अञ्जनाले यस चलचित्रमा विजय बरालको श्रीमतीको भूमिका निर्वाह गरेकी थिइन् । अहिले निर्देशक पौडेलले त्यही ‘लक्की’ टिम (विजय र अञ्जना) लाई लिएर ‘सिन्दुरे जात्रा’ सुरु गर्न लागेसँगै पुनः एकपटक पर्दामा जादु चलाउने अपेक्षा गरिएको छ ।

अन्य कलाकार विस्तारै अनुबन्ध गर्दै जाने निर्देशक पौडेलले बताए । “सिन्दुरे जात्रामा अब हामी चरित्र सुहाउँदो कलाकार अनुबन्ध गराउँदै जानेछौँ,” निर्देशक सरोजले भने, “अबको केही समयमा हामी कलाकार फाइनल गरेर अरु काम सुरु गर्नेछौँ ।” चलचित्रलाई राम्रो बनाउन कुनै पनि कसर बाँकी नराख्ने उनले बताए । कलाकार छनोटमा कुनै सम्झौता नगर्ने उनको भनाइ छ ।

“विजय र अञ्जना अहिलेका रुचाइएका कलाकार हुन् । तर, हामीले बजारले रुचाएका कलाकार भनेर लिएका हैनौँ,” सरोज प्रष्ट पार्छन्, “कथाले नै उहाँहरूलाई मागेपछि अनुबन्ध गराएका हौँ ।”

कथा सुहाउँदो कलाकार अनुबन्ध गर्ने भन्दै उनले भने, “यदि, चलचित्र राम्रो बनाउने हो भने कथा सुहाउँदो चरित्र बनाउनु र त्यसलाई न्याय गर्ने कलाकार लिनुको विकल्प हामी सामु छैन ।” सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा कथा पनि निर्देशक पौडेल स्वयंको छ । आरआर फिल्मसले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । चलचित्रको रिलिज मितिबारे निर्देशक पौडेलले केही जानकारी दिएका छैनन् । ५० करोडको रेकर्ड राख्ने टिम फेरि एकसाथ आउँदा चलचित्र क्षेत्र र दर्शकमाझ ‘सिन्दुरे जात्रा’लाई लिएर अहिलेदेखि नै ठूलो उत्साह र अपेक्षा सिर्जना भएको छ ।

84 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal