राजा, जेनजी र राजनीतिक दलहरूबीच त्रिपक्षीय सम्झौता हुनुपर्ने मागसहित राप्रपाले आज उपत्यकामा प्रदर्शन गर्दे

२०८२ मंसिर २३ गते, मंगलवार

काठमाडौं । राजा, जेनजी र राजनीतिक दलहरूबी त्रिपक्षीय सम्झौता हुनुपर्ने मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंको उपत्यकामा प्रदर्शन गर्ने भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मध्यान्ह १२ बजे प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– आम निर्वाचन अगावै–कसैले नजित्ने, कसैले नहार्ने देशले जित्ने नवीन समझदारीका लागि राजा, राजनीतिक दल र जेन्जी लगायतको सर्वपक्षीय सम्मेलन आह्वानको माग गरेका छन्।

यस्तै अन्तर जिल्ला तथा विदेशमा बस्ने नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने राप्रपाको माग छ। यसैगरी जेन्जी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग पूरा गराउन प्रदर्शन गर्न लागिएको लिङ्देनको भनाइ छ।

राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले जेन्जी युवाहरूले सडकमा युद्ध जिते पनि सम्झौतामा हारेको बताएका छन्। नेता शाहीले नेपालमा संवैधानिक राजसंस्था जरुरी रहेको बताएका छन्। उनले जापान, बेलायत, नेदरल्यान्ड, अष्ट्रेलिया र क्यानडाको जस्तो राजसंस्था नेपालमा आवश्यक रहेको उल्लेख गरे।

नेपालमा प्रदेश संरचना खारेज गर्न, हिन्दु, बुद्ध, किरातसहितको हिन्दु अधिराज्य बनाउन, संवैधानिक राजसंस्था कायम गर्न र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने मागका लागि आफूहरूले आन्दोलन गर्न लागेको उनको भनाइ छ।

133 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal