परम्परा तोड्दै जनक भण्डारीको टिम, चुनावी एजेण्डाका लागि पहिले पत्रकारसँगै छलफल
कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार जनक भण्डारीले आफू निर्वाचित भएमा एनएसटीको गरिमालाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाली समाज विश्व मानचित्रमा एक गौरवमय संस्था भएको बताउँदै यसले विगतमा एनसीएससी, हिमालयन हेल्थ क्लिनिक, नेपाली चेम्बर अफ कमर्स जस्ता महत्त्वपूर्ण संस्थाहरूलाई जन्म दिएको स्मरण गराए। उनले आफ्नो टिमका मुख्य एजेन्डाहरू प्रस्तुत गर्दै मन्दिर निर्माणमा जनसहभागिता बढाउने, ज्येष्ठ नागरिकका लागि यातायातको व्यवस्था गर्ने, एनएसटीलाई छाता संगठनको रूपमा स्थापित गर्ने, अन्तर्राष्ट्रिय विद्यार्थी सहायता कोषलाई प्रभावकारी बनाउने र अमेरिकी सरकारी निकायसँग समन्वय बढाउने जस्ता योजना रहेको बताए ।
बरिष्ठ उपाध्यक्ष पदका उम्मेद्धवार डा. चण्डी भण्डारीले आफु समाजले दिएका एजेण्डालाई आफ्नो टिमको एजेण्डा बनाउदै कार्यान्वयन गर्ने बताए । टिममा देशलाई सेवा गरेका कर्मठ साथीहरु हुनुहुन्छ, जस्ले अब समाजलाई सेवा गर्न तयार रहेको बताए ।
कार्यक्रममा महासचिव पदका उम्मेदवार रामकृष्ण यादवले आफू सामाजिक सञ्जालमा प्रचारप्रसारमा भन्दा काममा विश्वास गर्ने बताए। विगतमा समाजसेवा गर्दा ‘प्रचार गरेको’ भन्ने आरोप लागेपछि आफूले सामाजिक सञ्जालमा व्यक्तिगत प्रचार नगर्ने प्रण गरेको उनले खुलासा गरे। “निर्वाचित भएमा हरेक निर्णय र कामको जानकारी प्रेस विज्ञप्तिमार्फत पारदर्शी रूपमा सार्वजनिक गरिनेछ,” यादवले भने, “मेरो व्यक्तिगत एजेण्डा छैन, टिमको एजेण्डा नै मेरो एजेण्डा हो। हामी हरेक तीन महिनामा पत्रकार भेटघाट गरेर सुझाव लिनेछौं।” उनले समाजको कामलाई विकेन्द्रीकरण गर्न टोल-फ्री नम्बरको व्यवस्था गर्ने योजना पनि सुनाए।
त्यस्तै उपाध्यक्ष पदकी उम्मेदवार गुञ्जन भण्डारीले नेपालदेखि नै आफू सामाजिक कार्यमा सक्रिय रहेको बताइन्। “समाज सेवा मनदेखि आउने भावना हो, प्रचार गर्नकै लागि गरिने विषय होइन,” उनले भनिन्, “पदमा नरहँदा अझै केही गर्न नसकेको महसुस भएर पुनः कार्यसमितिमा फर्कने निर्णय गरेको हुँ।” उनले विशेषगरी विद्यार्थी र महिलाहरूका समस्यामा समाजले अझ बढी सहकार्य गर्नुपर्नेमा जोड दिइन्।
अन्तरक्रियामा सहभागी पत्रकारहरूले विभिन्न विषयमा सुझाव दिएका थिए। यूएस खबरका प्रधान सम्पादक ओम आचार्यले टेक्सासमा बढ्दो आत्महत्याको घटनालाई गम्भीर रूपमा लिन, परामर्शदाताको व्यवस्था गर्न, मिडिया र एनएसटीबीचको सम्बन्ध सुधार्न तथा क्रिकेट स्टेडियमको समस्या समाधान गर्न सुझाव दिए।
त्यस्तै, यूएस खबरका पत्रकार मनोज जोशीले समाजमा रहेको गुट-उपगुटको अन्त्य गर्न र असन्तुष्ट पक्षलाई मिलाएर लैजान आग्रह गरे।नेजाका पूर्व क्षेत्रिय संयोजक किसन रेग्मीले उम्मेदवारका एजेण्डा महत्त्वपूर्ण हुने र निर्वाचित भएपछि पनि यस्ता सुझाव संकलन कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए। कार्यक्रमको अन्त्यमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चण्डी भण्डारीले उठेका प्रश्नहरूको जवाफ दिँदै आफ्नो टिमले समाजले दिएका एजेण्डालाई आफ्नो टिमको एजेण्डा बनाउदै कार्यान्वयन गर्ने बताए । टिममा देशलाई सेवा गरेका कर्मठ साथीहरु हुनुहुन्छ, जस्ले अब समाजलाई सेवा गर्न तयार रहेको बताए । “जीवन सिद्धान्तका लागि होइन, सिद्धान्त जीवनका लागि हो’ भन्ने मान्यतामा हामी चल्छौं,” उनले भने, “समाजले हामीलाई एजेण्डा दिन्छ, हामी त्यसलाई कार्यान्वयन गर्ने पात्र मात्र हौं। टिम जनक केवल सेवाका लागि आएको हो।”
कार्यक्रमको सहजिकरण नेपाली समाज टेक्ससका पूर्व महासचिब सन्देश उप्रेतीले गरेका थिए भने कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चण्डी भण्डारी, उपाध्यक्ष पदका उम्मेदवार गुन्जन भण्डारी, महिला उपाध्यक्ष पदका उम्मेदवार राधिका खराल, सचिव पदका उम्मेदवार सुशिल बर्तौला, कोषाध्यक्ष पदका उम्मेदवार भोला मैनाली, सह कोषाध्यक्ष पदका उम्मेदवार रिनजिङ्ग लामा, युवा तथा विद्यार्थी संयोजक आदर्श भण्डारी, खेलकुद संयोजक उजित अधिकारी, र महिला संयोजक पदका उम्मेदवार यमुना थापा, कार्यकारी सदस्य पदका उम्मेदवारहरूमा प्रकाश नेपाल, रमेश थापा, अर्जुन बम, कृष्ण प्रसाई र उत्पल खड्का लगायतका सदस्यहरूको उपस्थिति थियो ।
ताजा
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबार
कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२०८३ श्रावण २ गते, शनिबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





