राजापुर महोत्सव पुस ३० गतेदेखि माघ १० गते सम्म हुने

२०८२ मंसिर २३ गते, मंगलवार

बर्दिया । प्रत्येक वर्षझै यसपटक पनि “समृद्ध बर्दियाको प्रमुख आधार– कृषि, पर्यटन, व्यापार, संस्कृति र पूर्वाधार” भन्ने मूल नारासहित बर्दिया राजापुर महोत्सव २०८२ आगामी पुस ३० गतेदेखि माघ १० गतेसम्म सञ्चालन हुने भएको छ। महोत्सव आयोजनाका लागि बर्दिया उद्योग वाणिज्य संघ राजापुरले पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी दिएको हो ।

उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार रेग्मीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा महोत्सवलाई सभ्य, सुरक्षीत, सु–व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको बताइएको हो। स्थानीय तह, सरोकारवाला संघ–संस्था, व्यापारी, सामाजिक अभियन्ता तथा सर्वसाधारण सबैको सहकार्य महत्त्वपूर्ण रहने उल्लेख गर्दै “हातेमालो र सहभागितामार्फत राजापुरको पहिचान विस्तार गरौँ” भन्दै सबैमा अपिल गर्नु भएको छ।

महोत्सवमा थारु गाउँ, मनोरञ्जन पार्क (झुला), ऐतिहासिक तथा सांस्कृतिक झल्किने स्टलहरू, व्यावसायिक प्रदर्शनी लगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजन समितिले जानकारी दिएको छ। विभिन्न कला–संस्कृतिको जगेर्ना, स्थानीय उत्पादनको प्रवर्द्धन तथा व्यापारिक अवसर विस्तारमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

महोत्सवबाट स्थानीय पर्यटन प्रवर्द्धन, संस्कृति संरक्षण, व्यापारिक गतिविधि सक्रिय बनाउने लक्ष्य राखिएको छ। पत्रकार सम्मेलन संघका महासचिव पुनित गुप्ताले सञ्चालन गरेका थिए भने कार्यक्रममा संघका पदाधिकारी तथा स्थानीय पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

104 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal