राजापुर महोत्सव पुस ३० गतेदेखि माघ १० गते सम्म हुने
बर्दिया । प्रत्येक वर्षझै यसपटक पनि “समृद्ध बर्दियाको प्रमुख आधार– कृषि, पर्यटन, व्यापार, संस्कृति र पूर्वाधार” भन्ने मूल नारासहित बर्दिया राजापुर महोत्सव २०८२ आगामी पुस ३० गतेदेखि माघ १० गतेसम्म सञ्चालन हुने भएको छ। महोत्सव आयोजनाका लागि बर्दिया उद्योग वाणिज्य संघ राजापुरले पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी दिएको हो ।
उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार रेग्मीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा महोत्सवलाई सभ्य, सुरक्षीत, सु–व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको बताइएको हो। स्थानीय तह, सरोकारवाला संघ–संस्था, व्यापारी, सामाजिक अभियन्ता तथा सर्वसाधारण सबैको सहकार्य महत्त्वपूर्ण रहने उल्लेख गर्दै “हातेमालो र सहभागितामार्फत राजापुरको पहिचान विस्तार गरौँ” भन्दै सबैमा अपिल गर्नु भएको छ।
महोत्सवमा थारु गाउँ, मनोरञ्जन पार्क (झुला), ऐतिहासिक तथा सांस्कृतिक झल्किने स्टलहरू, व्यावसायिक प्रदर्शनी लगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजन समितिले जानकारी दिएको छ। विभिन्न कला–संस्कृतिको जगेर्ना, स्थानीय उत्पादनको प्रवर्द्धन तथा व्यापारिक अवसर विस्तारमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
महोत्सवबाट स्थानीय पर्यटन प्रवर्द्धन, संस्कृति संरक्षण, व्यापारिक गतिविधि सक्रिय बनाउने लक्ष्य राखिएको छ। पत्रकार सम्मेलन संघका महासचिव पुनित गुप्ताले सञ्चालन गरेका थिए भने कार्यक्रममा संघका पदाधिकारी तथा स्थानीय पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





