नेपाली कम्युनिस्ट पार्टीले प्रष्ट बहुमत ल्याए किसान र कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउँछौंः बामदेव गौतम
ललितपुर । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता बामदेव गौतमले किसान र कृषि क्षेत्रलाई प्राथमिकता दिनसके देशको अर्थतन्त्र माथि उठ्ने ठोकुवा गरे । सोमबार ललितपुरमा राष्ट्रिय किसान सञ्जालद्वारा आयोजित कार्यक्रममा किसानहरुको लामो संघर्षबाट समाजवाद उन्मूख संविधान लेख्न सफल भएको समेत दावि गरे ।
राष्ट्रिय किसान सञ्जालका संस्थापक अध्यक्षसमेत रहेका गौतमले कृषकहरुको हक, हित र अधिकार प्राप्त गर्न संविधानमा लिपिवद्ध गरिए पनि त्यसलाई व्यवहारमा लागु गर्न नसक्दा थप संघर्ष गर्नु पर्ने जोडदिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गौतमले आयोजक किसान सञ्जालले गाउँ–गाउँमा गएर कृषिलाई समयानुकुल प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु गरेकोमा धन्यवाद दिदै त्यसलाई निरन्तरता दिने विश्वास गरे ।
गौतमले नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनमा प्रष्ट बहुमत ल्याए किसान र कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउँने प्रतिवद्धता व्यक्त गर्दै भने, “हाम्रो पार्टीले कृषि प्रधान देशको नामलाई वास्तविकतामा परिणत गर्ने छ ।”
अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी केन्द्र०का अध्यक्ष चित्रबहादुर श्रेष्ठले राष्ट्रिय किसान सञ्जाललाई एक ढिक्का बनाउँदै किसानका मुद्दाहरु सशक्तरुपमा उठाउदै अघि बढ्ने धारणा व्यक्त गरे ।
अखिल नेपाल किसान महासंघका इन्चार्ज बलराम बास्कोटाले सैद्धान्तिकरुपमा पुँजीवादी देशहरुसँग विचार नमिले पनि किसान साझा कार्यक्रमहरुमा सबैसँग सहकार्य गर्दै आएको र त्यसलाई निरन्तरता दिन पति बताए ।
अखिल नेपाल किसान महासंघका अध्यक्ष बलदेव चौधरीले देशको प्राकृतिक स्रोत र साधनलाई उचित व्यवस्थापन गर्न सके ३ करोड नेपाली जनतालाई सजिलैसित खाद्यान्न खुवाउन सकिने बताए ।
अखिल नेपाल किसान महासंघ ९अप्फा०का अध्यक्ष भैरव रेग्मीले नेपालको कृषि उत्पादनलाई बजारीकरण गर्नसके किसान आत्मनिर्भर मात्रै नभई देशको आर्थतन्त्रमा टेवा पुग्ने जनाए ।
अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी केन्द्र०का उपाध्यक्ष मिना तामाङले व्यवसायी कृषिमा महिलाहरुको महत्वपूर्ण सहभागिता रहेको धारणा व्यक्त गरिन् ।
अन्तर्राष्ट्रिय कृषि विकास कोषका नेपाल प्रतिनिधी कमल गैरेले नेपाली किसानहरुले संविधान प्रद्धत्त अधिकारलाई कार्यान्वयन गर्न सशक्त रुपमा अगाडि बढ्नुपर्ने धारणा राखे ।
पर्माकल्चर समूहका अध्यक्ष प्रेम थापाले किसानका कार्यक्रमहरु सोचेजसरी अगाडि बढाउन नसक्दा किसानहरु पछाडि परेको बताए ।
केन्द्रीय चिया सहकारी संघका केन्द्रीय सदस्य सोम आचार्यले सञ्जालले गरेका कार्यक्रम अन्तर्राष्ट्रियरुपमा पनि परिचित हुँदै गएको बताए ।
युवा किसान सञ्जालका अध्यक्ष निर्दोष तिमिल्सिनाले नेपाली कृषिलाई सार्थकरुपमा अगाडि बढाउन सके खाद्यन्नमा परनिर्भर हुन नपर्ने बताए ।
कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव गोविन्द शर्माले सञ्जालको कार्यक्रमले किसानलाई जागरुक र सरकारलाई समेत प्रेरित गरेको बताए ।
यूरोपियन यूनियनका वरिष्ठ कार्यक्रम अधिकृत मिन हमालले आफूले नेपालको कृषिलाई नजिकबाट निहालिरहेको बताउँदै आयोजकलाई धन्यवाद दिए ।
राष्ट्रिय कृषि सहकारी संघका प्रबन्धक रुद्रबहादुर श्रेष्ठले किसानलाई मुल्य श्रृङखलामा आवद्ध हुन अनुरोध गरे ।
राष्ट्रिय कृषि सहकारी संघका कार्यक्रम संयोजक काजल बज्राचार्यले कार्यक्रमको समग्र परियोजनाको विषयवस्तु प्रस्तुत गरेकी थिइन् ।
अखिल नेपाल किसान महासंघ )क्रान्तिकारी केन्द्र) का महासचिव नहेन्द्र खड्काले सन् २०२१ देखि सञ्जालमार्फत सञ्चालित एसिया प्रसान्त किसान कार्यक्रम र एसियाका लागि किसान संगठनहरु विषयक कार्यपत्र प्रस्तुत गरे । राष्ट्रिय किसान सञ्जालका संयोजक समेत रहेका खड्काले राष्ट्रिय किसान सञ्जाललाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





