कुलिङ पिरियडमा एमालेको नियत खराब देखियोः कांग्रेस नेता खतिवडा

२०८२ श्रावण १३ गते, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा नेकपा (एमाले) का सांसदहरुको नियत खराब देखिएको बताएका छन् ।

उनले प्रतिनिधिसभामा सर्वसम्मत रुपमा पारित भएको विधेयक राष्ट्रिय सभामा पुगेर एमालेका सांसदहरुले आवश्यक छैन भनेर प्रस्ताव दर्ता गराएको बताएका हुन् ।

‘राष्ट्रिय सभामा गएर एमालेको समग्र पार्टीपंत्ति नै, प्रमुख सचेतक भनेको संसदको नेता पछाडिको ठूलो हो । राष्ट्रिय सभामा एमालेको सबै सांसदहरुले यो कुलिङ पिरियड आवश्यक छैन भनेर जुन प्रस्ताव दर्ता गर्नुभयो । त्यसबाट अलिकति नियत खराब भएको देखिन्छ । प्रतिनिधिसभामा सर्वसम्मत पास गर्ने, मास्तिर गएर चाहिँ हुँदैन भन्नु यो अलिकति मिलेन,’– उनले भने ।

साथै, कुलिङ अफ पिरियडको सन्दर्भमा प्रतिनिधिसभाबाट पारित कुनै क्रममा भएको छेडखानीमा निजामती कर्मचारीको बदमासी रहेको हुन सक्ने उनले आशंका व्यक्त गरे । मुख्यसचिव र सचिवहरु अझै पनि कुलिङ पिरियड राखिन हुँदैन भन्ने पक्षमै रहेको उनको भनाइ छ । ‘निजामति कर्मचारीहरु आफू कुलिङ पिरियड चाहने पक्षमा थिएनन् । अहिले पनि धेरै सचिवज्यूहरु राख्नै हुँदैन भन्ने पक्षमा हुनुहुन्छ,’– उनले भने ।

104 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal