बिनिताको नयाँ तीज गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक
काठमाडौं । हिन्दू नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरेर नयाँ तीज गीत सार्वजनिक गरिएको छ । नेपमेलोको आधिकारिक युट्युब च्यानलबाट ‘दर बनाइराछिन् आमा’ बोलको नयाँ तीज गीत सार्वजनिक गरिएको हो ।
सांगीतिक तथा सांस्कृतिक स्वाद बोकेको यस गीतमा बिनिता खनालको शब्द रहेको छ भने संगीत संयोजन चर्चित संगीतकार तारा प्रकाश लिम्बुले गरेका छन् । गीतमा अहिलेका चर्चित तथा लोकप्रिय गायिकाहरू मेलिना राई र अनु चौधरीको स्वर रहेको छ ।
गीतको भिडियो पक्षमा पनि सशक्त टीम देखिएको छ । भिडियोमा लोकप्रिय मोडेल आश्मा विश्वकर्मा र अलिशा शर्मा फिचर्ड छन् । जहाँ उनीहरू छमछमी नाच्दै आमाले दर बनाएर तीज मनाइरहेको क्षण सम्झिरहेका छन् ।
शान थापाको कन्सेप्ट तथा निर्देशन रहेको भिडियोमा राजिव सम्मरको कोरियोग्राफी, अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको छ । रचनाकार बिनिता खनालको यसअघि पनि थुप्रै लोक–आधारित गीतहरू सार्वजनिक भइसकेका छन् । विशेषगरी उहाँको ‘पदमबिनी’ नामक एल्बमले दर्शक–स्रोतामाझ राम्रो लोकप्रियता बटुलिसकेको छ ।
यस वर्षको तीजमा हर्ष, उमंग र संस्कृतिमा रम्न सांस्कृतिक चाड तीजलाई अझ उल्लासमय बनाउन ‘दर बनाइराछिन् आमा’ तयार गरिएको निर्माणपक्षको भनाइ छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





