बागमतीका मुख्यमन्त्री झनै संकटमा, खानेपानी मन्त्रीले पनि दिए राजीनामा

२०८२ श्रावण १३ गते, मंगलवार

काठमाडौं । बागमती प्रदेशका खानेपानी खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनमा दिएका छन् । उनले आज मुख्यमन्त्री बहादुरसिंह लामा तामाङसमक्ष राजीनामा बुझाएका हुन् । खानेपानीमन्त्री खड्काले पनि राजीनामा गरेपछि मुख्यमन्त्री तामाङ झनै संकटमा परेका छन् ।

बागमती कांग्रेस संसदीय दलका नेता तामाङविरुद्ध दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । केही दिनअघि ईन्द्र बानियाँ समर्थक २१ सांसदहरुले दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । खड्काले पनि राजीनामा दिएसँगै बानियाँको पक्षमा खुल्ने सांसदको संख्या २२ पुगेको छ ।

पार्टी संसदीय दलमा अल्पमतमा परेका मुख्यमन्त्री तामाङलाई राजीनामाको दवाब बढिरहेको छ । तामाङ दलभित्र अविश्वासको प्रस्ताव फेस गर्ने तयारीमा छन् । उनले बानियाँ पक्षधर केही सांसदहरुलाई फकाइरहेको समेत बताइएको छ ।

यसअघि बागमतीका सहकारी मन्त्री मदुकुमार श्रेष्ठ, पर्यटन मन्त्री विमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले राजीनामा दिइसकेका छन् । राजीनामा दिएका पाँचै जना निवर्तमान मन्त्रीहरु बानियाँको पक्षमा खुलेका छन् ।
कूल ११० सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ सांसद रहेका छन् । संसदीय दलका बहुमतको लागि १९ सांसदको समर्थन आवश्यक पर्छ । अहिले १५ जना सांसदहरुले मात्रै आफूलाई मुख्यमन्त्री तामाङको पक्षमा उभ्याएका छन् । यो संख्या अझै घट्नसक्ने आँकलन गरिएको छ ।

120 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal