झा र थापाले जिते ‘मिस्टर र मिस एसईई सुपर मोडल–२०२५’ को उपाधि

२०८२ असार २ गते, सोमबार
काठमाडौं । एभरेष्ट इभेन्ट्सको आयोजना र एन प्लस प्रोफेसनलको प्रस्तुतिमा भएको चौथो संस्करणको ‘मिस्टर र मिस एसईई सुपर मोडल–२०२५’ को उपाधि मिस्टरतर्फ श्याम झा र मिसतर्फ दिव्या थापाले जितेका छन्।
प्रतियोगितामा निर्वाणप्रसाद कर्माचार्य र सम्बृद्धि सिलवाल फस्ट रनरअप, स्पर्श तण्डुकार र भेनस राई सेकेण्ड रनरअप, छिरिङ लामा र प्रनिशा खड्का थर्ड रनरअप, भिजन तामाङ र मुस्कान थापा फोर्थ रनरअप तथा प्रतिज्ञा चौधरी फिफ्थ रनरअप घोषित भए।
त्यस्तै अभिव मल्ल ‘फेस अफ एसईई सुपर मोडल २०२५ (पुरुष(’, आरियाना खड्का ‘फेस अफ एसईई सुपर मोडल २०२५ ९महिला०’, कुशल तामाङ र रोज शाक्य ‘ब्रान्ड एम्बासडर’, रिदम सिलवाल र प्रतिक्षा श्रेष्ठ ‘अर्गनाइजर च्वाइस’, प्रनिशा शाह ‘ब्युटी विथ ब्रेन’, परिना श्रेष्ठ ‘पब्लिक च्वाइस’ र कृञ्जल क्षेत्री ‘भ्युवर च्वाइस’ घोषित भए। शीर्ष विजेता दुवैले जनही १ लाख रुपैंयाँ, स्मार्ट फोन र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाएका छन्।
त्यस्तै उनीहरूले एभरेष्ट फिल्म एकेडेमीमा १ लाख रुपैयाँ बराबरको छात्रवृत्ति, आशिका  एकेडेमीबाट मेकअप कोर्ष र फ्लाइटेक इन्टरनेशनलबाट एयर होस्टेस तालिमको छात्रवृत्ति पाएका छन्। सहभागीहरूले घुमघाम प्याकेज, सीजीजी खेलकुद केन्द्रबाट बक्सिङ र मुवाथाई फिटनेस तालिम, एन प्लस प्रोफेसनल, फ्रुट जेम्स, रुलेक्स ९, औरा ब्यूटी केयर र ओप्स नेपाल उपहार पाएका छन्।
संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कृष्ण श्रेष्ठ (रो बेन) ले एसईई परीक्षा दिइसकेका युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्दै उनीहरूको आत्मविश्वास, क्षमता र व्यक्तित्वलाई उजागर गर्न प्रतियोगिता आयोजना गरिएको बताए। प्रतियोगिताको कोरियोग्राफर सुगन्धा अधिकारी र अर्शु महर्जन थिए भने प्रतियोगीको पहिरन डिजाइन आईआईएफटी स्कुल अफ इन्टेरियर डिजाइनले गरेको थियो।
128 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal