‘मिरमिरे’मा सिर्जना, ‘किन लाग्छ माया’मा मिस पवी

२०८२ असार १ गते, आईतवार

काठमाडौं । चलचित्र ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखु अनुबन्धित भएकी छन् । दयाहाङ राई र प्रकाश सपूतपछि ‘मिरमिरे’मा सिर्जनाको प्रवेश भएको हो । सिर्जनाले यसअघि ‘कार्साङ’मा मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन् ।

“मिरमिरेमा अनुबन्धित हुन पाउँदा खुसी छु । महत्वपूर्ण भूमिकाका लागि अनुबन्धित भएकी छु,” मिरमिरेमा अनुबन्धित भएपछि उनले भनिन् । ‘मिरमिरे’लाई यम शेर्पाले निर्देशन गर्दैछन् । चलचित्रको निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

यसैबीच, चलचित्र ‘किन लाग्छ माया’ निर्माण हुने भएको छ । मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशनमा तयार हुन लागेको चलचित्रमा मिस पवी अनुबन्ध भएकी छन् । यो चलचित्रको छायांको अब केही दिनमै सुरु हुँदै छ । यो चलचित्रमा धिरेन शाक्य, मिस पबी, राजेन्द्र खड्की, मेघ सुवेदी, हिउवाला गौतम, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाललगायत कलाकारहरुको अभिनय रहने छ ।

यो चलचित्रले दाजुभाइको सम्बन्ध, एकअर्काप्रतिको जिम्मेवारी र त्यागको कथा भन्नेछ ।

88 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal