देशव्यापी उत्साहका साथ प्रदर्शनमा आयो ड्रामा, सस्पेन्स र एक्सन रहेको ‘कर्मा’

२०८१ चैत्र २९ गते, शुक्रबार

काठमाडौं । आज शुक्रबारबाट चलचित्र ‘कर्मा’ प्रदर्शनमा आएको छ । ‘अगस्त्यः च्याप्टर १’ निर्देशन गरेर चर्चा कमाएका निर्देशक सौरभ चौधरीद्वारा निर्देशित एक्सन जनराको ‘कर्मा’ एकसाथ देशव्यापी रुपमा प्रदर्शनमा आएको हो ।

नयाँ वर्ष २०८२ को छेको पारेर प्रदर्शनमा आएको चलचित्र ‘कर्मा’ काठमाडौं र मोफसलका हल गरेर करिब १ सय ५० शोमा प्रदर्शन भइरहेको छ । यो चलचित्रले एक्सन, ड्रामा र सस्पेन्सको सम्मिश्रणमार्फत दर्शकलाई मनोरञ्जन दिने प्रयास गरेको छ । जसले दर्शकलाई प्रारम्भदेखि अन्त्यसम्म बाँधेर राख्न सफल हुने विश्वास निर्माणपक्षको रहेको छ ।

‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।

‘कर्मा’ को कथा निर्देशक चौधरी आफैँले लेखेका छन् । चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी छ । दर्शक र समीक्षकको सकारात्मक प्रतिक्रिया बटुल्ने अपेक्षासहित हलमा आएको ‘कर्मा’ नेपाली एक्सन सिनेमामा नयाँ स्वाद दिन सक्ने विश्वास गरिएको छ।

107 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

२०८३ श्रावण ११ गते, सोमबार

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

२०८३ श्रावण ११ गते, सोमबार

मःमभित्र कपाल, कारवाही होला त ?

२०८३ श्रावण ११ गते, सोमबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal