‘के घर के डेरा: घर नं २’को मर्मस्पर्शी टिजर सार्वजनिक

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा घर नं २’को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने लगायत मुख्य कलाकारले स्पेश पाएका छन् ।
टिजरमा आम नेपाली निम्न बर्गीय परिवारले भोग्ने समस्यालाई समेटिएको छ । आफ्नो दुःख अरूलाई सुनाएर मन हलुंगो बनाएको दृश्य टिजरमा छ ।
काठमाडौंमा गाउँबाट आएर संघर्ष गर्ने आम नेपालीको संघर्षलाई टिजरले प्रतिनिधित्व गरेको छ । पशुपतिको किनारमा रहेका दुई दुखी पात्रको कथा साटेको देखाएको टिजरले सामनजिक कथावस्तु सिनेमाले उठाउने प्रष्ट पारेको छ । पारिवारिक प्रेम, वियोग र त्यसले दिने मानसिक यातना टिजरमा समेटिएको छ ।
पृथ्वी एक डेराको रुपमा रहेको र हरेक मान्छेले भाडा तिरिरहेकाले तेरो र मेरो भन्नुको कुनै अर्थ नरहेको सन्देश टिजरमा उल्लेख छ । टिजरमार्फत सिनेमाले गम्भीर कथा भन्ने प्रष्ट पारेको छ ।
यसअघि निर्माणपक्षले गत बिहीबार चलचित्रका मुख्य कलाकारलाई स्पेश दिँदै तीनवटा पोस्टर सार्वजनिक गरेको थियो ।
‘के घर के डेरा : घर नं २’ जेठ २ मा रिलिज हुँदैछ । चलचित्रमा खगेन्द्रसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ ।
चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका छन् । उनको यो पहिलो सिनेमा हो । कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा स् घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।
ताजा

एमालेको भोलिको युथ सेलिब्रेशनलक्षित प्रभु साहको टिप्पणीः ‘लाशमाथि हत्याराको उत्सव’
२०८२ बैशाख १० गते, बुधबार
एमालेको भोलिको युथ सेलिब्रेशनलक्षित प्रभु साहको टिप्पणीः ‘लाशमाथि हत्याराको उत्सव’
२०८२ बैशाख १० गते, बुधबार
वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १७ देखि १९ गतेसम्म हुने
२०८२ बैशाख १० गते, बुधबार
सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन
२०८२ बैशाख १० गते, बुधबार
“च्यारिटी रनवे २०२५ भोल्युम २” भव्य रूपमा सम्पन्नः अदृश्य प्रतिभाले पाए मञ्च
२०८२ बैशाख १० गते, बुधबार
सरकार नडराए हुन्छः राप्रपा अध्यक्ष लिङ्देन
२०८२ बैशाख ७ गते, आईतवार
राप्रपाले आज निषेधित क्षेत्र तोड्ने, अराजक गतिविधिमा सहभागी नहुन गृहको चेतावनी
२०८२ बैशाख ७ गते, आईतवार
सर्यो भोलिको शिक्षक आन्दोलन
२०८२ बैशाख ६ गते, शनिबार
सरकारको गलत क्रियाकलापका कारण प्रतिगामीहरु सल्बलाएः प्रचण्ड
२०८२ बैशाख ६ गते, शनिबार
जगमान गुरुङको दाबीः यही जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छ
२०८२ बैशाख ६ गते, शनिबार
प्रेम अस्वीकारको प्रतिशोध: गोली प्रहार गरी युवती गम्भीर घाइते
२०८२ बैशाख ६ गते, शनिबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार