२९ चैतमा कृषा चौलागाईको पिताम्बर आउँदै

२०८१ चैत्र २२ गते, शुक्रबार

काठमाडौ । आफ्नो टिनएजमै कृषा चौलागाईंले बक्स अफिसमा चल्तीका थुप्रै स्टारकास्ट लिएर पिहिलोपटक इन्साफ चलचित्र निर्माण गरेकी हुन् । इन्साफ बक्स अफिसमा हिट चलचित्र रह्यो । त्यो पछि कृषाले बक्स अफिसको चल्तीको कास्ट आर्यन सिग्देललाई लिएर कसम हजुर निर्माण गरेकी थिइन यी दुवै स्टारकास्ट चलचित्र निर्माण गर्दा उनको लगभग टिनएजनै थियो यो कारण बजार चकित थियो । कृषाको सुरुदेखिको फिल्म निर्माण नै स्टार कास्ट थियो ।

इन्साफदेखी पिताम्बरसम्म आउँदा उनले स्टार कास्ट छोडेकी छैनन् । उनले अहिले बनाएको चलचित्र बजारकै बेष्ट स्टार कास्ट बोकेको हेबी चलचित्र हो । स्टार कास्ट निर्देशक कृषा चौलागाईं निर्माण हुँदै पहिलोपटक निर्देशकीय फिल्म ‘एैचो पैचो’ हो । यो चलचित्र पनि बक्स अफिसमा फ्लप भएन  । गीत संगीतले राम्रो सफलता पायो फिल्म पनि मध्यम रह्यो  । पहिलो चलचित्रको निर्देशक पछि उनको दोश्रो फिल्म ‘पिताम्बर’ लिएर चैत २९ गतेबाट दर्शकमाझ आउँदैछिन् । कृषाले फिल्म ‘पिताम्बर’को कन्सेप्ट ‘एैचो पैचो’ भन्दा अगाडि नै बनाएकी हुन् । तर उनले पिताम्बर भास्ट चलचित्र भएकोले ‘एैचो पैचो’ पछि मात्र ‘पिताम्बर’ बनाउने योजनाकासाथ अहिले आएको हो । उनको पहिलो चलचित्र इन्साफ एक्सनले भरिपूर्ण थियो त्यसपछि कसम हजुर र ऐचो पैचो प्रेममय रह्यो अहिले पछिल्लो चलचित्र एक्सनले भरिपुर्ण छ त्यो पनि बजारमा सबैभन्दा महँगा अभिनेताहरुको जत्थाको ।


कृषाले एक्सनलाई किन प्राथमिकता दिइन् त ? यो सबैको चासोको विषय हो । कृषाले फिल्मको स्क्रिप्ट पुरा गर्न झण्डै एकदेखि डेढ वर्ष लगाएकी छिन  । ‘लामो समयदेखि फिल्महरु एउटा विशेष कुरामा मात्र केन्द्रित भइरहेका थिए । कतिपयले स्थानीय कथा देखाउनुपर्छ भन्दै हामी त्यता पनि लागिरहेका थियौं । एउटा यस्तो फिल्म बनाउनुपर्छ, जुन वियोण्ड द इमाजिन होस् । जसमा मेकर स्वतन्त्र होस् । म यस्तै फिल्म बनाउँन चाहन्थें । त्यस्तो फिल्म नआएको पनि धेरै समय भइसकेको थियो । त्यस्तो फिल्मले मासलाई हलसम्म तान्न सक्छ । मासलाई हलमा तान्न सक्नु नै एउटा फिम्म मेकरको सफलता हो त्यसकारण मासलाई हलमा ल्याउन एक्सनले भरिपूर्ण चलचित्र पिताम्बर बनाएँ’, उनी भन्छिन् ।

कृषा ‘पिताम्बर’लाई फरक कथाको फिल्म त भन्दिनन् तर फिल्म हेरेपछि भने दर्शकले सन्देश भन्दा पनि मजा बोकेर घर जाने उनको दाबी छ । ‘अहिले सिठी बज्ने, ताली बज्ने, हुटिङ आउने फिल्म छैन । सिनेमा हलमा पिताम्बर हेरेपछि दर्शकले पीडा भूलेर मजा बोकेर घर आउँछन् । पिताम्बरले दर्शकलाई भरपुर मजा दिन्छ यो कृषाको शतप्रतिशत ग्यारेन्टी हो ।

रिलिजको पुर्वसन्ध्या ‘पिताम्बर’ पूर्ण रुपमा इन्टरटेनिङ फिल्म भएकाले दर्शकले काटेको टिकट र छुट्याएको समय खेर नजाने उनी बिस्वस्नियता दर्साउछिन किन भन्ने अधिकांश झुर चलचित्रले यस्तै दाबी गरेर दर्शक झुक्याएर निरास बनाउदै आएको छन् त्यसैले पिताम्बरको अर्को अदभूत पक्ष भनेको ‘दर्शकले एउटा टिकटमा ३,४ जना हिरोले एउटै पर्दामा अभिनय गरेको फिल्म हेर्न पाउनु हो । नयाँ बर्ष रिलिज चलचित्र पिताम्बरमा नेपालमै पहिलोपटक तीनवटा क्यामराले खिचेका छौं । बाहिरबाट धेरै प्राविधिक सामान ल्याएका छौं । मेकिङका हिसाबले पनि यो फिल्म कस्तो बनेको रहेछ भन्ने दर्शकमा चासो भइरहेको छ । फिल्मले दर्शकलाई कनेक्ट नै गर्छ’ उनी भन्छिन् ।

बजार एउटा राम्रो र चलेको अभिनेता लिन निर्मातालाई हम्मे हम्मे भएको बेलामा कृषाले ‘पिताम्बर’को कथा दिमागमा खेलाइरहँदा उनले अभिनेता प्रदीप ,दया, सौगात र अनुप बिक्रमलाइनै सम्झिएकी थिइन् । उनलाई आफ्नो भास्ट चलचित्रको मेन कथाको लिडमा अलिकति आर्यन लुक्स, हल्का दाह्रीजुँगा भएको र राम्रो काम गर्न सक्ने कलाकार चाहिएको थियो । यो तिनवटै गुण उनले प्रदीपमा भेटिन् । ‘हाम्रो कथा नै स्टारबाट सुरु हुन्छ । त्यसकारण दर्शकको मन मुटुमा बसेको र राम्रो अभिनयका कारण चर्चामा आएका कलाकारलाई नै प्राथमिकता दियौं । कलाकारको परफर्मेन्स भन्दा पनि कोही भन्दा कोही कम नदेखिऊन् भनेर मल्टीस्टार लियौं । तीन प्रमुख कलाकार निश्चित थिए । फिल्म बन्दै गएपछि अन्य कलाकारहरु पनि जोडिनुभयो’, कृषा भन्छिन् ।

कृषाको दिमागमा सुरुमा नै प्रदीप नै मुख्य लिड रोलमा किन त प्रदीप पिताम्बरको मुख्य भुमिकामा आउनुको कारण छ । कृषा भन्छिन्, ‘प्रदीप अरु भन्दा फरक छ । उसकोे डेडिकेसन कतिसम्म छ भने धेरै समयसम्म पनि ऊ फिल्ममै भएर बसेको हुन्छ । मेकरले एउटा कलाकारको हेर्ने कुरा भनेको त्यही हो । परफर्मरका रुपमा प्रदीप धेरै जेन्टलमेन हो । उसको लुक्स पनि छुट्टै किसिमको छ । अलिक फ्रिली वातावरणमा राम्रो काम गर्छु भन्दा आफू अगाडिको मान्छे पनि त्यति नै फ्रेण्डली हुनु जरुरी छ । यो सबै कुराले प्रदीप उपयुक्त थिए ।’

कृषाले प्रदीपका लागि एक्सन कोचको व्यवस्था गराएकी रहिछन् । ‘एक्सन फिल्म भन्ने बित्तिकै सिक्स प्याक भन्ने हुन्छ । तर तपाईं हाम्रो घरमा कसैलाई केही पर्यो भने सिक्स प्याक छैन भन्दैमा बदला नलिने त हुँदैन नि । हाम्रो रगत नतातिने त हुँदैन नि । एउटा भुइँमान्छेलाई केही समस्या पर्यो भने त्यसलाई कसरी व्यक्त गर्छ भन्ने हो । मैले प्रदीपलाई एक्सनका लागि सिक्स प्याक बनाउनु पर्दैन । तर तिमीले फाइटमा आफूलाई एग्रेसिभ बनाउन फाइट तालिम लिनुपर्छ भनेर ट्रेनर राखेको थिएँ’, उनी भन्छिन् ।

संसारमा ‘ह्युमन इमोसन’को कथाले कहीँ न कहीँ छुने भएकाले ‘पिताम्बर’मा पनि ह्युमन इमोसनकै कथा प्रस्तुत गरिएको कृषा स्वीर्काछिन् । यो फिल्म तराईमा छायांकन गरिएको छ । कृषा ह्युमन इमोसनको कथा देखाउन लोकेसनले खासै फरक नपार्ने बताउँछिन् । ‘तराई भौगोलिक हिसाबले सहज छ । फिल्मका लागि चाहिने समानहरु भारतबाट ल्याएका छौं । बोर्डर नजिक काम गर्दा सहज हुन्छ भनेर नै तराई रोजेको हो’, कृषा भन्छिन् ।

कृषाको मनपर्ने चलचित्रको धार नै एक्सन हो । एक्सन फिल्मको जस्तो जोश र जाँगर अनि क्यानभास अन्य फिल्ममा कमै मात्र पाइने भएकाले पनि एक्सनप्रति कृषाको लगाब रहेछ ।

रिलिज आगाडी छोडिएको चलचित्रको टिजर र गीतबाट प्राप्त प्रतिक्रियाले उत्साहीत भएकी कृषा ट्रेलर सार्वजनिक बाट पनि झनै उत्साहीत भएको छिन । ‘दर्शकले ट्रेलर हेरेपछि यो फिल्म हेर्छु भन्ने निर्णय सतप्रतिसत लिनुहुन्छ भन्नेमा म ढुक्क छु’, उनी भन्छिन् ।
उनले सुटिङको समयमा प्रमुख तीन पात्रलाई एकै ठाउँमा राख्नु, सपोर्टिङ क्यारेक्टर, भिलेनलाई एकै समयमा एउटै फ्रेममा राख्नु सर्वाधिक गाह्रो काम बनेको बताइन् । ‘फिल्मको सबै एक्सन सिक्वेन्समा म आफैं उपस्थित थिएँ । कलाकारको समय मिलाउनु एकदमै गाह्रो भयो । मैले यति डिग्रीको किक हान्नुपर्छ, मेरो पात्रले हुन्छ भन्दैमा धेरै हान्न पाउँदैन भन्ने कुरा थियो’, उनले भनिन् ।

पिताम्बर अहिले बजारमा मोस्ट भ्यालुलेसन चलचित्र बन्दै जानुमा अर्को निर्माता बरिष्ठ छांयाकार पुरु प्रधानले अथक मेहेनत गरेको छन । उनले पिताम्बरमा आफ्नो दुई दशक लामो अनुभव, आर्थिक, भौतिक, नैतिक लगानी गरेको छन् । चलचित्रलाई आम दर्शकसम्म पुग्न्न अब्बल पक्ष भनेको मार्केटिङ व्यवस्थापन र चरम आर्थिक लगानी मुख्य रहन्छ । लगानी र मार्केटिङमा पिताम्बरका निर्माता विशाल चौलागाईं कही कतै चुकेको छैनन् । उनको प्रचारप्रसार डिजाइन नै अहिलेसम्मको भास्ट छ । पिताम्बरको मार्केटिङले अहिले बजार पिटेको छ जुन अरु निर्माता भुवन केसी र सन्तोष सेन बाहेकले सोच्न्न पनि सक्दैन । चलचित्र बन्नु भन्दा रिलिज गर्न अत्यन्तै ग्राहो कार्य हुन् । एउटा राम्रो चलचित्र सिनेमा हलसम्म पुर्याउन आर आर फिल्म बितरण कम्पनीले तदारुकता साथ लागेको छ ।

44 Views

ताजा

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

प्रतिनिधिसभा निर्वाचनस् बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

२०८२ पुष २९ गते, मंगलवार

‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’को भव्य लाइभ म्युजिक

२०८२ पुष २९ गते, मंगलवार

‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा धोका र पीडा सार्वजनिक

२०८२ पुष २९ गते, मंगलवार

रसिकको बालकथा कृति “बेलबहादुरसँग बिहे” तेस्रो संस्करण सार्वजनिक

२०८२ पुष २९ गते, मंगलवार

वार्तामा आउन गगन–विश्वलाई शेखरको आग्रह

२०८२ पुष २८ गते, सोमबार

बालेन केपी ओलीसँग भिड्ने लगभग निश्चित !

२०८२ पुष २८ गते, सोमबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

२०८२ पुष २८ गते, सोमबार

निर्वाचन आयोगले विशेष महाधिवेशन अवैध भएको संस्थापनको निष्कर्ष

२०८२ पुष २८ गते, सोमबार

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैनः गगन थापा

२०८२ पुष २८ गते, सोमबार

लोकप्रिय

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal