नरसिंहाको रिलिज डेटसँगै बक्स अफिसमा चुनौती उत्तिकै बढ्दै

२०८१ चैत्र २२ गते, शुक्रबार

काठमाडौ । नेपाली चलचित्रको लामो रेसको घोडा राजेश हमाल दिवाकर भट्टराईको निर्देशनमा बनेको एक्सन चलचित्र नरसिंहाबाट लामो समयपछि ठुलो पर्दाको चलचित्रमा कमब्याक भएका छन् । उनको कमब्याक चलचित्र नरसिंहाको फस्टलुक सार्वजनिकले फिल्म बजारमा थुप्रै अर्थ राखेपनी यो चलचित्र मुलरुपमा दर्शकको प्रिय अभिनेता कसरी र कुन तरिकाले पुन चलचित्रमा फर्केका छन् भन्ने मुख्य चासो रहन्छ । जेष्ठ ९ गते अलनेपाल रिलिज डेटसहित फस्टलुक पोस्टर सार्वजनिक गरेको नरसिंहाको सार्वजनिक समारोह अन्य चलचित्र भन्दा नितान्त फरक रह्यो ।

यो चलचित्रले भोलिको भजिष्य बिद्यार्थीमाझ बिशाल पोस्टर सार्वजनिक गर्दै प्रचारप्रसारमा उत्रेका छ । चलचित्रको पोहिलो पोस्टर हेर्नेहरुले तारिफ गरेका छन् भन्ने राजेश हमालको साथमा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकाररुको आफू अभिनित चलचित्रको बडेमानको पोस्टर सार्बजनिक भएपछि चलचित्रप्रती आशा रहेको बताए ।

राजु विक्रम थापाले खिचेको नरसिंहा चलचित्रमा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । पोस्टरको डिजाइन राकेश दाहालले गरेका हुन् । चलचित्रमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र नेम महर्जनको लगानी छ । करण सिंह प्रोडक्सन डिजाइनर रहेको यो चलचित्रका एसोसियट निर्देशक वसन्त अधिकारी हुन् ।
प्रेममय चलचित्र बनाउदै आएका युवा निर्देशक दिवाकर भट्टराईको यो चलचित्र एक्सन फर्मेटको चलचित्र हो । एक्सन चलचित्रमा केन्द्रीत निर्देशक भट्टराई बक्स अफिसमा के कति सफल हुन्छन् अथवा उनले लामो समयपछि राजेश हमाललाई एक्सन अवतारमा कमब्याकले तहल्का पिटछ कि पिट्दैन मुख्य इसु यो रहेकोले पनि चलचित्र नरसिंहाको छिटै सार्बजनिक हुने टिजर, टेलर र चलचित्र रिलिज डेट बजारमा प्रतीक्षा बन्दै गैरहेको छ ।

157 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal