नरसिंहाको रिलिज डेटसँगै बक्स अफिसमा चुनौती उत्तिकै बढ्दै

२०८१ चैत्र २२ गते, शुक्रबार

काठमाडौ । नेपाली चलचित्रको लामो रेसको घोडा राजेश हमाल दिवाकर भट्टराईको निर्देशनमा बनेको एक्सन चलचित्र नरसिंहाबाट लामो समयपछि ठुलो पर्दाको चलचित्रमा कमब्याक भएका छन् । उनको कमब्याक चलचित्र नरसिंहाको फस्टलुक सार्वजनिकले फिल्म बजारमा थुप्रै अर्थ राखेपनी यो चलचित्र मुलरुपमा दर्शकको प्रिय अभिनेता कसरी र कुन तरिकाले पुन चलचित्रमा फर्केका छन् भन्ने मुख्य चासो रहन्छ । जेष्ठ ९ गते अलनेपाल रिलिज डेटसहित फस्टलुक पोस्टर सार्वजनिक गरेको नरसिंहाको सार्वजनिक समारोह अन्य चलचित्र भन्दा नितान्त फरक रह्यो ।

यो चलचित्रले भोलिको भजिष्य बिद्यार्थीमाझ बिशाल पोस्टर सार्वजनिक गर्दै प्रचारप्रसारमा उत्रेका छ । चलचित्रको पोहिलो पोस्टर हेर्नेहरुले तारिफ गरेका छन् भन्ने राजेश हमालको साथमा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकाररुको आफू अभिनित चलचित्रको बडेमानको पोस्टर सार्बजनिक भएपछि चलचित्रप्रती आशा रहेको बताए ।

राजु विक्रम थापाले खिचेको नरसिंहा चलचित्रमा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । पोस्टरको डिजाइन राकेश दाहालले गरेका हुन् । चलचित्रमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र नेम महर्जनको लगानी छ । करण सिंह प्रोडक्सन डिजाइनर रहेको यो चलचित्रका एसोसियट निर्देशक वसन्त अधिकारी हुन् ।
प्रेममय चलचित्र बनाउदै आएका युवा निर्देशक दिवाकर भट्टराईको यो चलचित्र एक्सन फर्मेटको चलचित्र हो । एक्सन चलचित्रमा केन्द्रीत निर्देशक भट्टराई बक्स अफिसमा के कति सफल हुन्छन् अथवा उनले लामो समयपछि राजेश हमाललाई एक्सन अवतारमा कमब्याकले तहल्का पिटछ कि पिट्दैन मुख्य इसु यो रहेकोले पनि चलचित्र नरसिंहाको छिटै सार्बजनिक हुने टिजर, टेलर र चलचित्र रिलिज डेट बजारमा प्रतीक्षा बन्दै गैरहेको छ ।

163 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal