टेलिफिल्म पिरैपिर, सम्बन्ध र माइतीघर दर्शकमाझ
काठमाडौ । ठुलो पर्दाको चलचित्र मोस्ट वान्टेड,जस्ट फर यु, किँंङ, कालोबाज निर्माण रामभक्त श्रेष्ठको लेखन तथा निर्देशन रहेको दुइटा सिरियल ‘घर संसार’ र सम्बन्ध दर्शकमाझ आएको छ । ठुलो पर्दासँगै निर्माता निर्देशक रामभक्त श्रेष्ठ पछिल्लो डिजिटल दर्शकहरुलाइ टार्गेट गर्दै विभिन्न टिलिफिल्महरुको निर्माणमा जुटेका छन् । शहरमात्र होइन गाउँघर पाखा पखेराले चिनेको, हरेक दिन दुखियाहरूको आफ्नै कथा व्यथा बोलिदिने मनोरञ्जनसँगै सामाजिक सन्देशमूल सिरियल ‘घर संसार’ बिहीबारदेखि कान्ति भैरब मिडिया युट्युब च्यानलमार्फत प्रसारणमा आएको हो । यो सिरियल प्रत्येक बिहीबार साँझ प्रसारण हुनेछ ।
तीन दशकदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील निर्माता, निर्देशक श्रेष्ठको लेखन तथा निर्देशन रहेको यो सिरियलमा मञ्जु श्रेष्ठ, रामभक्त श्रेष्ठ, शिवन श्रेष्ठ, रवि खड्का, दीपक खड्गी, विक्रम दोङ, नियुक्ती शेर्पा, सुनिता थापा, सुश्मिता बुढाथाकी, सुपा खनाल, सत्य श्रेष्ठ, श्याम श्रेष्ठ, कुमार श्रेष्ठ, कृष्ण श्रेष्ठलगायतको अभिनय छ । प्रज्वल राउत ‘गोकुल’को छायांकन, विक्रम दोङको निर्माण, विवेक दोङको टाइटल गीत रहकोछ । उनको अर्को टेलिफिल्म सम्बन्ध पनि पारिवारिक सामाजिक टेलिफिल्म हो । यो सिरियल पनि कान्ति भैवरब युटुव च्यानलमा नियमित प्रशारण हुँदै आएको छ ।
त्यसैगरी बजारमा टेलिफिल्म माइतिघरले बिगत चार महिनादेखी आफ्नो निरन्तर प्रशारण जारी राखेको छ । सामाजिक नारी बेदनाको सेरोफेरोमा निर्देशक सुरेन्द्र सिंह थापाले निर्देशन गरेको यो सिरियल अहिले विशेष गरि महिला दर्शकमाझ लोकप्रिय बन्दै गइरहेको छ ।

आफ्नै कम्पनीको माइतिघर युटुव च्यानलमा हरेक शुक्रबार बेलुका ८ बजेदेखी प्रशारण भैरहेको माइतिघर टेलिफिल्मले अहिलेसम्म १३ भाग प्रशारण पार गर्दा दर्शकको सकारात्मक मायाले निर्माता नबराज अधिकारी र इस्वरी प्रसाद अधिकारीले खुसी प्रकट गरेका छन् । चल्तीको कलाकार सितल केसी, सपना श्रेष्ठले टाइटल लिड गरेको माइतीघरमा नवराज अधिकारी र इश्वरी प्रसाद अधिकारीले विशेष भुमिका निर्वाह गरेका छन् । बद्री पुडासैनी, जानुका बिश्वकर्मा, बिद्या भट्टराई , शिव शर्मा, करिश्मा खतिवडा, कमल शर्मा, शोभा चौलागाईं,कृष्ण कुमार थापा, कविता खड्का लगायतले अभिनय गरेका छन् । गाउँ घरको कथाबस्तुमा केन्द्रित माइतीघर सिन्धुपाल्चोक सानो इलाकामा छायाँकार मरुभूमि नारायणले निरन्तर खिचिरहेका छन् । माइतीघरको मेकअपमा श्रद्धा कँंडेल रहेकी छन् भने सम्पादन अर्जुन थापाले गरेका छन्। माइतीघरलाई अझै परिमार्जन गर्दै १०० भागसम्म लैजाने निर्माण युनिट्ले बताएको छ ।
यता मोडल निर्माता तथा कलाकार बिकास थापा मगरले टिलिफिल्म पिरै पिर निर्माण गरेको छ्न । लक्ष्य, हिडदा हिडदै जस्ता ठूलो पर्दाको निर्देशक मिलन आले मगरले टेलिफिल्म पिरै पिरलाई पनि श्रोतामाझ आइसकेको छ ।
धनेश्वर युटुव च्यानलमा हरेक मंगलबार बेलुकी साँझको प्राइम टाइम मा नियमित रुपमा प्रशारण भैरहेको पिरै पिरमा बिनोद श्रेष्ठ ,तारा केसी, मान महर्जन, देव महर्जन, दिपक सुनवार, सपना गदाल, बिकास थापा मगर, बिकल श्रेष्ठ, पबि अधिकारी लगायतले अभिनय गरेको छन् भने मेकअपमा रोजिना श्रेष्ठ रहिका छिन् ।

अहिले ११ भाग निरन्तर प्रशारण भएको पिरैपिरको लेखन कार्य झलक पंगेनी हुन भन्ने सम्पादक तथा छायाँकन रमेशले गरेको छन् । अहिले आम दर्शकमा लोकप्रिय बन्दै गइरहेको टिलिचलचित्र पिरैपिरलाई सबैको साथ र माया पाइरहेको खण्डमा भविष्यमा १ सय भागसम्म पु¥याउन्ने लक्ष्य रहेको निर्माता तथा कलाकार बिकास थापा मगरले बताएका छन् ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





