जसपा नेपालले बार्गेनिङ गरेको छैनः राजकिशोर यादव

२०८१ माघ २९ गते, मंगलवार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ उपाध्यक्ष राजकिशोर यादवले आफूहरुले अध्यादेशको विषयलाई लिएर मधेश प्रदेशको मुख्यमन्त्री र संघीय सरकारमा मन्त्री नमागेको दाबी गरेका छन् ।

उपाध्यक्ष यादवले भूमिसम्बन्धी अध्यादेशको गम्भीरता र संवेदनशीलतालाई डाइभर्ट गर्न पद खोज्यो भनेर भ्रम फैलाइएको बताएका हुन् । अध्यादेशलाई देखाएर जसपाले बार्गेनिङ गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको उनले बताए ।

‘यो एक प्रकारको प्रोपोगाण्डा चलाइएको हो । यसमा कुनै सत्यता छैन । विषयको गम्भीरता, संवेदनशीलतालाई डाइभर्ट गर्नका लागि हामीलाई एक प्रकारको घेराबन्दी बनाइएको हो । त्यो भन्दा अरु केही पनि होईन,’– उनले भने ।

अध्यादेश ल्याउँदा सरकारले आफूहरुसँग कुनै छलफल र सल्लाह नगरेको उनले बताए । नेता यादवले सरकारले अध्यादेश कार्यसूचीमा राखेको खण्डमा अध्यादेशको पक्ष वा विपक्षमा उभिने निर्णय सार्वजनिक गरिने उनले बताए ।
‘अध्यादेश सरकारले ल्याएको हो, त्यो कसरी पास हुन्छ रु पहिलो दायित्व सरकारको हो । सरकारले कुनै सरसल्लाह गरे, छलफल गरेर अध्यादेश ल्याएको होईन । सरकारले जुन दिन कार्यसूचीमा राख्छ, त्यो दिन हामी आफ्नो निर्णयअनुसार अगाडि बढ्छौं । हामीसँग कुनै सरसल्लाह, छलफल गरेको होईन,’– उनले भने ।

142 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal