जसपा नेपालले बार्गेनिङ गरेको छैनः राजकिशोर यादव
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ उपाध्यक्ष राजकिशोर यादवले आफूहरुले अध्यादेशको विषयलाई लिएर मधेश प्रदेशको मुख्यमन्त्री र संघीय सरकारमा मन्त्री नमागेको दाबी गरेका छन् ।
उपाध्यक्ष यादवले भूमिसम्बन्धी अध्यादेशको गम्भीरता र संवेदनशीलतालाई डाइभर्ट गर्न पद खोज्यो भनेर भ्रम फैलाइएको बताएका हुन् । अध्यादेशलाई देखाएर जसपाले बार्गेनिङ गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको उनले बताए ।
‘यो एक प्रकारको प्रोपोगाण्डा चलाइएको हो । यसमा कुनै सत्यता छैन । विषयको गम्भीरता, संवेदनशीलतालाई डाइभर्ट गर्नका लागि हामीलाई एक प्रकारको घेराबन्दी बनाइएको हो । त्यो भन्दा अरु केही पनि होईन,’– उनले भने ।
अध्यादेश ल्याउँदा सरकारले आफूहरुसँग कुनै छलफल र सल्लाह नगरेको उनले बताए । नेता यादवले सरकारले अध्यादेश कार्यसूचीमा राखेको खण्डमा अध्यादेशको पक्ष वा विपक्षमा उभिने निर्णय सार्वजनिक गरिने उनले बताए ।
‘अध्यादेश सरकारले ल्याएको हो, त्यो कसरी पास हुन्छ रु पहिलो दायित्व सरकारको हो । सरकारले कुनै सरसल्लाह गरे, छलफल गरेर अध्यादेश ल्याएको होईन । सरकारले जुन दिन कार्यसूचीमा राख्छ, त्यो दिन हामी आफ्नो निर्णयअनुसार अगाडि बढ्छौं । हामीसँग कुनै सरसल्लाह, छलफल गरेको होईन,’– उनले भने ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





